Powered by Blogger.
सिन्धुलीको सुनिता आयलमा ग्राहकलाई ठगी


स्थानीय प्रशासन मुक दर्शक

सिन्धुली ९, माघ । सिन्धुलीको एक प्रेटोल पम्प संचालकले कालोबजारी गर्ने गरेको पाइएको छ । जिल्लाको कमलामाई नगरपालिका ७ स्थित माझीटारमा रहेको सुनिता आयल स्टोर्स (पम्प) सञ्चालक कामेश्वर महतोले सरकारले निर्धारण गरेको पेट्रोलको मुल्यभन्दा बढी पैसा लिएर कालो बजारी गरेका हुन ।
सोमबार रातीबाटै लागु हुनेगरी सरकारले पेट्रोलको मुल्य घटाएर ९९ रुपैयाँ पचास पैसा कायम गरेको भएपनि महतोको पम्पमा शनिवार पेट्रोल वितरण गर्दा एक सय चार रुपैयाँसम्म लिएको पाइएको हो । 
महतोको पम्पबाट प्रति मोटरसाइकल पाँच लिटरका दरले पेट्रोल वितरण गर्दा केही ग्राहकसँग पाँच रुपैयाँ लिटर र अधिकांशसँग पाँच लिटरमा साँढे दुई रुपैयाँसम्म बढी मुल्य लिने गरेको पाइएको हो । 
मोटरसाइकलमा तेल हाल्न गएका एक मोटरसाइकल चालकका अनुसार महतो र उनका छोरा सुनिल महतोले पाँच लिटर तेल हाल्दै पाँच सय रुपैयाँ असुल्ने गरेका थिए ।  ‘उनिहरुले पाँच लिटरको पाँच सय रुपैयाँ लिएर तेल वितरण गर्दा एक व्यक्तिसंग पाँच लिटर तेलको साँढे दुई रुपैयाँ बढी लिएको प्रष्ट हुन्छ,’उनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने ।
ग्राहकहरुसँग पाँच सय रुपैयाँ लिएर साँढे दुई रुपैयाँ पैसा फिर्ता गर्नु पर्ने हुन्थ्यो । तर, उक्त पम्पमा तेल हाल्ने कुनै पनि ग्राहकले रकम फिर्ता नपाएको गुनासो गरेका छन् । हेर्दा थोरै रकममा महतोको पम्पमा मुल्य बढेको देखिएपनि सरकारले निर्धारण गरेको मुल्यको खिल्ली उडाउँदै बढी रकम असुल्ने महतोको नियत भने कालोबजारी भएको धेरैको गुनासो छ ।
सरकारले निर्धारण गरेको मुल्यभन्दा प्रतिलिटर पचास पैसाबढी लिएर उक्त पम्पबाट तेल वितरण हुँदा पनि स्थानीय प्रशासन कार्यालय भने मुकदर्शक भएको थियो । पालो सिस्टमले पेट्रोल वितरण गर्दै आएको महतोको पम्पमा प्रहरीका अधिकृतहरुकै आँखाअघि धमाधम महतोले बढी मुल्य लिएर ग्राहलाई ठगीरहँदा पनि कुनै कारबाही हुन नसकेको भन्दै ग्राहकले आश्चर्य समेत व्यक्त गरेका छन् ।
महतोले बढी मुल्य लिएर विल समेत नकाटी तेल वितरण गरिरहेको विषयमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक लगायतका सम्बन्धित नियमक निकायलाई खबर गर्दा समेत उनिहरु चुप लागेर बसेको पिडितहरुको भनाई छ । महतोको पम्प पुरानो ननडिजिटल पम्प हो । सरकारले तिन वर्ष अघिनै सबै ननडिजीटल पम्पहरुलाई डिजिटलमा परिणत गर्न निर्देशन दिएको थियो । तर, सरकारको निर्देशनलाई समेत अटेर गर्दै ननडिजिटल मेसीनमै तेल वितरण गर्दै आएका महतोले हरेक उपभोक्तालाई तेलको परिणाममै ठग्ने गरेको आरोप छ । 
उनको पम्पबाट प्रति लिटर तेलमा समेत ठगीने गरेको अर्का मोटर साइकल चालक सुवर्ण शाहले गुनासो गरे । उनले भने, ‘महत्तोको पम्पमा तेलहाल्नेहरुलाई ननडिजटल पम्पबाट तेल दिँदा एक लिटरमा झण्डै तिनसय मिलिलिटरसम्म कम हुने गरेको छ । नाप्ने हो भने सात साँढे सात सय मिलिलिटर मात्र हुन्छ । उनले तेल थोरै दिने, रकम भने पुरै असुल्ने प्रवृति पम्प राखेदेखीकै गर्दै आएका छन् ।’
महतोले डिजल तथा पेट्रोलमा मट्टितेल तथा तारपिनको तेल समेत मिसावट गरेर तेल वितरण गर्ने गरेको आरोप छ । उनले तेल मिसावट गरेको डिजिटल भिडीयो समेत भएको दावी गर्दै एक उपभोक्ताले भने तर, कसैले उनलाई कारबाही गर्दैनन्  मैले कराएर उसको विरोधमात्र के गर्नु आवश्यक परे उनको कर्तूत म सार्वजनीक गर्छु ।
भारतीय नाकाबन्दी र तराई आन्दोलन पछि महतोको कालोबाजारी बड्दै गएको आरोप छ । जिल्लाकै अर्का एक प्रेटोल पम्प संचालकका अनुसार महतोले आफ्नो पम्पमा आएको तेलमध्ये एक हजार लिटरबढी हरेक पटक एक सय पचास देखी दुई सय पचास रुपैयाँसम्म बढी मुल्य लिएर विक्री गर्दै कालोबजारी गर्ने गरेका छन् । ‘उनले भिमानपारी चुरे जंगलमै ट्याङ्करबाटै डिजेल तथा पेट्रोल अर्को ड्रममा खनाएर बढी मुल्य लिएर विक्री गर्ने गरेका छन्,’ उनले भने ।
यस विषयमा महतो विरुद्ध पटक पटक प्रहरी र जिल्ला प्रशासन कार्यालयमा लिखित र मौखिक उजुरी गर्दापनि उनिमाथी कुनै छानविन र कारबाही हुन नसकेको ब्यापक जनगुनासो छ । महतोलाई कारबाही गर्नुको साटो स्थानीय प्रशासनले झनै संरक्षण दिएर कालोबजारी गर्न हौसला दिएको आरोप छ । 
महतोले प्रति लिटर पचास पैसाका दरले बढी मुल्य लिएको विषयमा पम्पमानै रहेका सिन्धुली प्रहरीका एक हवल्दारले पैसा बढी लिएको भएपनि तेलसमेत पाँच लिटर दुई प्वाइन्ट दिएको दावी गरेका छन् । तर, उनको भनाईसंगै प्रत्यक्ष निगरानीमा रहेका अर्का एक व्यक्तिले झण्डै तिस मिनेटको भिडीयोमा पाँच लिटरभन्दा एक प्वाइन्टपनी बढी तेल कसैलाई नदिएको सार्वजनीक गरेका छन् ।
महतोको पम्पबाट शनिवार तिन हजार लिटर पेट्रोल वितरण गर्ने निर्णय भएको थियो तर, महतोले १६ सय ९० लिटर वितरण हुने वित्तीकै पम्पमा खरावी आएको भन्दै बाँकी तेलमा कालोबजारी गर्न रोकेर राखेको बताइन्छ । 
यस विषयमा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालसँग बुझ्दा प्रति लिटर पचास पैसासम्म बढी लिएका होलान् भन्दै सामान्य हिसावले लिएको पाइयो । पैसामा तुलना गर्दा थोरै रकम भएपनि धेरै व्यक्तिसँग यसरी लिने तेलको मुल्य वृद्धि या सरकारको निर्णयलाई ठाडो उलंघन गर्दै ठग्ने सञ्चालकलाई किन कारबाही नहुने भन्ने मुल प्रश्न बन्न गएको छ । 
उता सिन्धुलीका प्रहरी प्रमुख अनुराग कुमार द्धिवेदीले महतोको कर्तुतका विषयमा बुझने जानकारी दिएपनि उनिमाथी कुनै अनुसन्धान तथा कारबाही भएको जानकारी आएको छैन् । यस विषयमा शनिवारनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा जिल्लामा पेट्रोल वितरण गर्दा भएको ठगीका विषयमा उजुरी गरिएको छ ।  उजुरीमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत विपक्षी बनाइएको स्रोतको भनाई छ ।


, ,

2 comments

Yesto na hune news lekhnu bhanda pahila wo site ko man6e lai thaha hunu parne...sindhuli ko aaru pump haru pani nondigital 6a kina mahato matra...ra tel thorai diyeko khanda ma aayera pahila liter le napnus tespa6i matra yesto news lekhnus..aafno niji dushmani lai aadno thauma rakhnus ani kaam garnus...dherai tel magda tel na diye pa6i aaru mathi na hudo aarop na launus...sablai thaha 6a mahato ko pump ma thikka ko tel didin6a...kalobajari wo news lekhne ko mann ma 6a mahato ko hoina....wo buji rakhnu....😈

Yesto na hune news lekhnu bhanda pahila wo site ko man6e lai thaha hunu parne...sindhuli ko aaru pump haru pani nondigital 6a kina mahato matra...ra tel thorai diyeko khanda ma aayera pahila liter le napnus tespa6i matra yesto news lekhnus..aafno niji dushmani lai aadno thauma rakhnus ani kaam garnus...dherai tel magda tel na diye pa6i aaru mathi na hudo aarop na launus...sablai thaha 6a mahato ko pump ma thikka ko tel didin6a...kalobajari wo news lekhne ko mann ma 6a mahato ko hoina....wo buji rakhnu....😈

Write Down Your Responses