Powered by Blogger.
भारतिय नाकाबन्दीले देशैभर नश्लसुधार कार्यक्रम प्रभावित

हिँउदे घाँसको अनुदान समेत फ्रिज हुँदै

राजन गाउँले
सिन्धुली ९, माघ । मधेशी मोर्चाले गरेको लागतारको तराई आन्दोलन र भारतिय नाकाबन्दीका कारण पाँच महिनदेखी देशैभर पशुमा कृतिम गर्भदान (नश्लसुधार) कार्यक्रम प्रभावित भएको छ । 
झण्डै पाँच महिनादेखीको तराई आन्दोलन र नाका अबरुद्ध हुँदा गाई तथा भैसीमा प्रयोग गरीने साँढे तथा राँगाको विर्य (सिमेन)र लिकुइट ढुवानी गर्न नसक्दा नश्लसुधार कार्यक्रम देशैभरी प्रभावित भएको हो ।
दुध उत्पादनमा बृद्धी र उन्नत जातका पाढापाडी तथा बाच्छा बाच्छि उत्पादनका लागि गाई तथा भैसीमा कृतिम गर्भधान (नश्लसुधार) गरिँदै आएको थियो । तर, पाँच महिनदेखीको लागातारको तराई आन्दोलनका कारण भारतिय नाकाबाट सिमेन र लिकुइट आयात गर्न नसक्दा पाँच महिनादेखी कुनैपनि जिल्लामा नश्लसुधार हुन नसकेको जिल्ला पशु सेवा कार्यालय सिन्धुलीले जनायो ।
पशु सेवा विभागले गाई तथा भैसीमा नश्लसुधारका लागि सिमेन पोखरा तथा भारीतय बजारबाट आयात गर्ने र त्यसलाई सुरक्षित गर्न माइनस एक सय ९६ डिग्री तापक्रममा नाइट्रोजन लिकुइट भारतबाट आयात गर्ने गरेको थियो । 
पाँच महिनदेखी सिमेन र नाइट्रोजन लिकुइट दुबै आयात गर्न नसक्दा देशैभरी अभाव भएको बरिष्ठ पशु चिकित्सक डा. हरिकुमार रघु श्रेष्ठले जानकारी दिए । देशैभरका लागि सिमेन र नाइट्रोजन लिकुइट भारतबाट आयात गरिएको भएपनि भारतिय सिमानामा रोकिँदा नष्ट भएको थियो ।
एउटा जिल्लामा कम्तीमा महिनाको तिन सय लिटरसम्म लिकुइट खपत हुने गरेको तथ्याङ्क छ । तराई आन्दोलनले यस वर्ष लक्ष्य अनुसारको पुशमा कृतिम गर्भधान गराउँने लक्ष्यमा समेत प्रभाव पर्ने भएको छ ।  श्रेष्ठले भने, ‘देशैभर कम्तीमा पनि एक लाख विस हजार गाई भैसीमा नश्ल सुधार गर्ने  योजना बनाएका पशु सेवा कार्यालयहरुले यस वर्ष लक्ष्य पुरा नहुँने भएको छ ।’ 
सिन्धुलीमात्रा चालु आर्थिक वर्षमा पाँच हजार गाई भैसीमा नश्लसुधार गर्ने लक्ष्य राखिएको थियो । तर, पाँच महिनाबढी समय तराई बन्दको प्रभावले नश्ल सुधार हुन नसक्दा वार्षीक लक्ष्य हाँसिल गर्न कठिन हुने निश्चित भएको श्रेष्ठको भनाई छ । चालु आर्थिक वर्षको सुरुको दुई महिनामा मात्र ५ सय ८२ गाई र ३ सय ३१ भैसीमा नश्लसुधार गरिसकीएको थियो । महिनामा झण्डै पाँच सयको हाराहारीमा गाई भैसीलाई नश्ल सुधारका लागि कृषकहरुले ल्याउने गरेका थिए । ‘तर, तराई बन्दका कारण यस वर्ष उक्त कार्यक्रम प्रभावित हुँदै आएको छ । अझै कति समय तराई बन्द हुने हो निश्चित छैन् । यसले कार्यक्रम र कृषकलाईनै प्रभाव पारेको छ,’ उनले भने ।
दुधको उत्पादन वृद्धि र उन्नत जातको पाडापाढी तथा बाछाबाछीको उत्पादनका लागि सरकारले कृषकका गाई भैसीमा निशुल्क कृतिमगर्भधान गराउँन सहयोग गर्दै आएको छ । श्रेष्ठका अनुसार तराई बन्दले चालु आर्थिक वर्षको पोष्टिक युक्त हिउँदे घाँस उत्दान तथा विऊ वितरण कार्यक्रम समेत प्रभावित भएको छ । 
उनले भने, ‘विभिन्न जातका पौष्टियुक्त घाँस उत्पादनका लागि भारतीय बजारबाट विउ खरिद गरि कृषकहरुलाई अनुदानमा वितरण गरिने कार्यक्रम भएपनि बन्दका कारण सञ्चालन गर्न सकिएको छैन् । यो कार्यक्रम अब उपलब्धी मुलक नहुने पक्का भईसक्यो । यसले कृषकहरुमा मार पर्ने भयो ।’
हिउँदे घाँस उत्पादनका लागि असोज कात्तिक महिना भित्रै भारतबाट विउ खरिद गर्ने गरिएको थियो । तर, पाँच महिनादेखीको बन्दका कारण त्यस्ता घाँसका विउ खरिद गर्न सकिएको छैन् । अहिले घाँसको विउ खरिद गर्न नसक्दा कृषकहरुलाई वितरण गर्ने समयसमेत भड्की सकेको छ । सिन्धुलीमा मात्र यस वर्ष हिउँदे घाँस कार्यक्रमका लागि दश लाख रुपैयाँ अनुदान आएको थियो ।
अझै तराई बन्द नखुले वर्षाको समेय लाग्ने भएकाले यस वर्षको यो कार्यक्रमको अनुदान रकमनै कामै नगरी फ्रिज हुने अवस्था आएको भन्दै कार्यालय चिन्तीत छ । ‘कृषका लागि आएको रकम कामै नगरी फ्रिज गर्नु पर्ने अवस्था आइसक्यो, हिँउदको कार्यक्रम वर्षामा गर्नुको के अर्थ,’ श्रेष्ठले भने ।


0 comments

Write Down Your Responses