Powered by Blogger.
शहीद र वेपत्ताका आफ्न्त भन्छन् ‘बलिदानको सम्मान भएन’

सन्दर्भ  २१ औं जनयुद्ध दिवस 
राजन गाउँले
भुवनेश्वरी ९ स्थित मुर्कीबेशीमा त्रिपालमा जिवन निर्वाह गर्दै आएका शसस्त्र द्धन्द्धका मृतकका परिवार । 
सिन्धुली १, फाल्गुण । तत्कालीन माओवादीले शसस्त्र द्धन्द्धको सुरुवात गरेको आज २१ वर्ष पुरा भएको छ । आम नागरीकको मुक्तीका लागि भन्दै द्धन्द्धमा होमिएको माओवादी अहिले राज्य सक्ता सन्चालनमा छ । तर, द्धन्द्धका पिडित तथा वेपत्ता नागरीकका आफन्तहरु अझै आफन्तको पर्खाइमा छन । 
आम्बोटे–९, सिन्धुलीका दलबहादुर पुलामी आफ्नो छोरा पृथ्वीबहादुर पुलामी वेपत्ता भएको १३ वर्षसम्म मरे बाँचेको कुनै खबर नपाउँदा चिन्तित छन् । शसस्त्र प्रहरी तिलुवा भरतपुर चितवनमा कार्यरत २२ वर्षिय छोराको तत्कालीन माओवादीबाट १२ वर्ष अघि बेपत्ता बनाएको आरोप लगाउँछन् । तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको आज २१ वर्ष भएको छ । छोरो वेपत्ता भएको १२ वर्ष भइसक्यो । तर, न राज्यले छोारको बारेमा कुनै जानकारी दिन सकेको छ न माओवादीले मारी सक्यौं भनेको आश्चर्य मान्दै उनि भन्छन्, ‘सरकार मेरो छोरा जिउँदै भए सास सकेको भए लास देखाइदेऊ ।’ 
उनले दश वर्षे शसस्त्र द्धन्द्ध गरेको तत्कालीन माओवादी समेत सरकारमा पुगेका बेला आफ्नो छोराका बारेमा सत्य तथ्य पत्ता लगाइदिन अनुरोध गरेपनि कत्तैबाट जानकारी आउन नसक्दा १३ वर्षदेखि छोरोको खबरको पर्खाइमा रहेको जनाए । पुलामीका छोरा पृथ्वीबहादुर ०६१÷०६२ मा जागीरकै क्रममा वेपक्ता भएको बताइएको छ । 
‘तत्कालीन नेकपा माओवादीद्धारा सञ्चालीत शसस्त्र द्धन्द्धका क्रममा वेपक्ता भएको छोराको अहिलेसम्म के अवस्था छ भन्ने जानकारी पाउन सकिएनँ हजुर,’ पुलामीले हात जोड्दै भने, ‘छोरो हराएको आज १२ वर्ष भईसक्यो तर, अहिले सम्म उसको अवस्था के छ भन्ने जानकारी छैन् । मेरो छोराको की सास चाहीयो कि लास देखाइदिनु प¥यो ।’
उनले सरकारले वेपत्ता परिवारलाई राहत तथा क्षतीपुर्ती दिने भनिएपनि अहिलेसम्म कुनै साथ सहयोग नपाउँदा थप पिडा भएको बताए । 
उनले छोराको खोजिका लागि कार्यरत सशस्त्र पहरी कार्यालय तिलुवा, मानवअधिकार आयोग, सरकार, जिल्ला प्रसाशन कार्यालयमा निवेदन गरेपनि अहिलेसम्म निवेदन नै दर्ता नभएको गुनासो सुनाए । 
सिन्धुली क्यानेश्वर–४ का मानबहादुर विकलाई पनि अझै आफ्नी छोरी घर फर्केर आउँछीन जस्तै लाग्छ । छोरी वेपत्ता भएको ११ वर्ष भएपनि उनीमा छोरी घर फर्कने आसा मरेको छैन् । ०६१ मा भक्तपुरबाट तत्कालीन राज्यपक्षबाट गिरफ्तार गरी छोरी अम्वीकालाई वेपक्ता बनाइएको भन्ने सुनिएपनि त्यस यता उनको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको विक बताउँछन् । विकको छोरी तत्कालीन अवस्थामा माओवादी समर्थक थिइन् । 
‘छोरी हराएको दश वर्ष भयो तर खै सरकारले अहिलेसम्म कुनै जानकारी दिन सकेको छैन् । छोरीको अत्तोपत्तो नहुँदा न आसा गर्ने आधार बन्यो न काज किर्या गर्न पाइयो,’ विकले गुनासो गर्दै भने ।
उनले सरकारबाट ३ लाख रुपैयाँ राहतबाहेक केही नपाएको भन्दै थप राहतका लागि सहयोग गरिदिन अनुरोध गरे । कमलामाई नगरपालिका–१५ की यशोधा वुढाथोकी वेपत्ता छोरालाइ सम्झेर भक्कानिन् । ‘मेरो छोरो सोझो थियो, राम्रोसंग उसको दिमाख पनि चल्दैन थियो । उसले कसको के विगारेको थियो,’ बुढाथोकीले भनिन्, ‘मेरो छोराका अवस्था के छ, पत्ता लगाई दिनु प¥यो ।’
०६० सालमा घरबाटै सिविलमा आएका सुरक्षाकर्मीले पक्राउ गरीलगेको छोरो अहिलेसम्म घर नफर्केको उनको गुनासो छ ।
‘मेरो छोरा राजनलाई सिविलमा आएका सुरक्षाकर्मीले पक्रेर लगेका हुन् । उनिहरुले माओवादीको आरोपमा भिमान चौकी लागेका हुन्,’ उनले भनिन् ।
‘छोरालाई लगे, छुटाउन हारगुहार गरेऔं तर, हाम्रो कुरा कसले सुनिदिन्थ्यो र त्यो बेला, घर सामुन्य रहेको प्रहरी चौकीमा छोरालाई लगेकै राती धेरै पटक बन्दुक पड्क्यो, छोराको यादले पल पल छाती फुटे झै हुन्थो, लाग्छ त्यतिवेलै मेरो छोरालाई बाँकी राखेनन्,’ विगद सम्झदै उनले भनिन् ।
उनले माओवादी पार्टी पनि पटक पटक सरकारमा पुगे पनि सामान्य राहत र सान्त्वना समेत पाउन नसकेको सुनाइन् । 
२१ औं जनयुद्ध दिवसको पुर्व सन्ध्यामा भेट भएका भुवनेश्वरी ९ मुर्कीवेशीका गोपाल बयलकोटीले आफ्नो छोरा ध्रुव बयलकोटीले बलिदानी दिएको १३ वर्ष भइसकेपनि आफ्नो छोराको सपनालाई माओवादी नेताहरुले अपमान गरेको गुनासो गरे । 
वैशाख १२ को भुकम्पले आफ्नो बस्ने घर पूर्ण रुपमा क्षति भएपछि त्रिपाल मुनी बसेर जिवनको गुजारा चलाईरहेका बयलकोटीले जनयुद्धमा बलिदान गरेको परीवारलाई सरकार र माओवादी पार्टीले कुनै सम्मान र राहत उपलब्ध गराउन नसकेको बताए । उनले भने, ‘जनयुद्धमा मेरो कलिलो छोराले बलिदान गरयो तर त्यो बलिदानको सम्मान आज कसैले गरेन ।’ छोराले गरेको युद्ध ठिक भएपनि नेताहरुले धोका दिएको उनको गुनासो थियो । 
तत्कालीन माओवादीले जनयुद्धको उद्घोष गरेको शनिवार २१ औं वर्ष हुँदै छ । उसले शसस्त्र द्धन्द्ध गरेर शान्ति प्रक्रियामा आएको मात्र दश वर्ष भैइसक्यो । माओवादी फुटेर विभिन्न खण्डमा विभाजन भएका छन् । तर, सिनधुलीमा मात्र द्धनद्धका क्रममा एक सय ६५ जनाले बलिदान दिएको पार्टीले शान्ति प्रक्रिायमा गएपछि सम्झन छाडेको गुनासो छ । जिल्लाबाट १४ जना अझै बेपक्ता छन् । उनीहरुको आफन्त कि सास चाहियो कि लास चाहियो भनि रहेका छन् । 
दश वर्षे शसस्त्र द्धन्द्धका क्रममा देशभर तिन हजार सात सयबढी नागरीक वेपक्ता भएकोमा अहिलेसम्म २३ सय बढीको अवस्था पक्ता लागेको र अझै १३ सय नागरीकको अवस्था पत्ता नलागेको रेडक्रसको अन्तराष्ट्रिय संस्था आइसीआरसीको तथ्याङमा उल्लेख छ । 
तथयङ्क अनुसार १९ देखि २४ वर्ष उमेरका सबैभन्दाबढी नागरीक बेपक्ता भएका र त्यसमा पनि ९१ प्रतिशत युवा र ९ प्रतिशत महिला रहेको बताइएको छ । 


, ,

0 comments

Write Down Your Responses