Powered by Blogger.
जनयुद्धः नेताको लागी गौरव, शहीद परीवारलाई पीडा

 १० वर्षे युदका मृतक धुर्व बयलकाेटीकाे परीवार  
सिन्धुली १, फागुन । ‘हरेक कम्युनिष्टहरुले यो सच्चाईलाई आत्मसात गर्नै पर्छ की राजनैतिक सक्ता बन्दुकको नालबाट जन्मन्छ, हाम्रो सिद्धान्त हो की पार्टीले बन्दुक चलाउछ, कुनै हालतमा बन्दुकले पार्टी चलाउन दिइने छैन ।’ तत्कालिन नेकपा(माओवादी)ले जनयुद्धको उदघोषको लागी तयार पारेको ऐतिहासीक जनयुद्धको पहिलो योजनाको राजनैतिक दस्तावेजको सुरुमै चिनीया कम्युनिष्ट पार्टीका नेता माओको यो भनाई उल्लेख गरेको थियो र नयाँ जनवादी क्रान्ति सफल नभए सम्म क्रान्ति निरन्तर जारी राख्ने लिखित प्रतिबद्धता नै गरेको थियो । उस्ले सिन्धुलीको ऐतिहासिक युद्ध किल्ला सिन्धुलीगढी, रोल्पाको होल्लेरी र रुकुमको आठविसचोक प्रहरीचौकी माथि एकसाथ आक्रमण गरेर आज भन्दा ठिक २१ वर्ष अगाडि चिनीया मोडलको नयाँ जनवादी क्रान्तिको उदघोष गरेको हो । 
२१ अाैं जनयुद दिवस मनाउँदै एकीकृत माअाेवादी सिन्धुली 
आज त्यहि जनयुद्धको धाराबाट अगाडि बढेर आएको माओवादी शक्ति पाँच टुक्रामा विभाजित भएको छ । प्रचण्ड, वैद्य, विप्लव र मातृका यादव नेतृत्वको माओवादीले विभिन्न् कार्यक्रम गरी २१ औं जनयुद्ध दिवस मनाइरहेका छन भने माओवादीबाट अलग भएको डा.बावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका नेता कार्यकर्ता भट्टराईको छोरी मानुषी यामीको विवाहमा रमाइरहेको छ । अर्कोतर्फ एमाओवादी र वैद्य माओवादीले जनयुद्ध दिवसलाई औपचारीकतामा मात्र मनाएका छन । 
तत्कालिन जनयुद्धमा सँगै लडेका नेताहरु कोहि सरकारमा मन्त्री बनेर बसेका छन भने कोही सडकमा बसेर सरकारको विरोध गर्दै नयाँ जनवादी क्रान्तिको नारा लगाईरहेका छन । जस्ले जे गरेपनि जनयुद्धमा आफ्न्तजन गुमाएका शहीदपरीवारका आफ्न्तजनहरु भने २१ औं जनयुद्ध दिवस मनाईरहदा निराशा र उत्कुन्ठामा जिवन विताइरहेका छन । 
२१ अाैं जनयुद दिवस मनाउँदै नेकपा(क्रान्तिकारी माअाेवादी) सिन्धुली 
पुर्वमा जनयुद्धको उदघोष गर्न आक्रमण गरिएको सिन्धुलीगढी प्रहरी चौकी आक्रमणका कमाण्डर तथा हाल एकीकृत माओवादीका कोषाध्यक्ष समेत रहेका हरिबोल गजुरेल त्यहि जनयुद्धको जगमा टेकेर राज्यसत्ताको बागडोर सम्हाल्न पुगेका छन् । हाल उनी कृषि मन्त्री छन भने त्यहि जनयुद्धमा सहभागी बनेका शेरमान कुँवर, मोहनचन्द्र गौतम, कमल प्रसाद देवकोटा लगायतका नेताले जनयुद्धमा ज्यान गुमाइसकेका छन । आक्रमणको मोर्चामै जिम्मेवारी सम्हालेका नेता गंगा श्रेष्ठ नयाँ शक्ति निर्माण अभियानमा सामेल छन भने अर्को नेता मणी थापा र रविन्द्र श्रेष्ठ नेकपा(क्रान्तिकारी माओवादी)मा छन । सहभागी अन्य कार्यकर्ताहरु पनि विभिन्न् टुक्रामा विभाजीत पार्टीमा क्रियाशिल छन । 
नेताहरुमा आएको आपसी द्धन्द्ध र विभाजनले कार्यकर्ताहरु निरासा पन छाएको छ । अधिकांस कार्यकर्ताहरु पार्टीबाट विचलीत भएका छन् । शहिद तथा वेपत्ता परिवार द्धन्द्धका क्रममा साँचीएका सपनाहरु अझै पुरा नभएको बताइरहेका छन् । 
तत्कालीन माओवादी युद्धका क्रममा लाग्दा श्रीमान गुमाएकी तथा शहिद परिवारी समाज सिन्धुलीकी अध्यक्ष समेत रहेकी अमले ३ की पूर्णकुमारी देवकोटा माओवादी आज पाँच टुक्रामा विभाजन भएकोमा चिन्तीत छिन् । उनि भन्छिन्, ‘जनताको मुक्ति र परिवर्तनका लागि भन्दै दश वर्षसम्म संगै लडेका माओवादी विभाजन हुँदा सहयौद्धा तथा कार्यकर्ताहरु भने नीरास छन् । जनयुद्धका बेल जे भने, सहयोद्धाले जसरी बलिदान गरे तर पार्टीले त्यसको कार्यभार पुरा गर्न त सकेन कार्यकर्ताको व्यवस्थापन समेत गर्न सकेन् ।’ उनि २१ वर्ष अघिको आजकै दिनलाई स्मरण गर्दै भक्कानीन् । त्यतिवेला आफ्ना सहपाठी गुमाएको २१ वर्ष हुँदासम्म पार्टीले बाडेको सपना पुरा हुन सकेन् । ‘पार्टीका नेतृत्वकर्ताहरुले गद्धारी गरे । हामी प्रचण्ड पथ भनेर लाग्यौ । तर, आज नेताहरुले पार्टीनै टुक्रा टुक्रा बनाउँदा कार्यकर्ताहरुको मन पनि त्यसै गरी विभाजीत भएको छ,’ उनले भनीन् । देवकोटा वैद्य माओवादीको सर्मथक बनेर बसेकी छिन । 
जनयुद्धमा ज्यान गुमाउनेहरुलाई सरकारले अहिलेसम्म शहिद भनेको छैन् । माओवादीले भने शहिदको दर्जा दिएपनि त्यसले सार्थकता पाउन नसकेको द्धन्द्धकै बेला आफ्नो पति गुमाएकी तिनकन्या ६ की गिता विक बताउँछिन् । उनि भन्छिन्, ‘ हामी शहीद परीवारहरुको लागी फागुन १ गते युद्धको घाउ बल्झाउने दिन सावित भयो । पार्टी भुटेर टुक्रटक्रा भयो । संविधान पनि सोचे जस्तो भएन् । पार्टीहरुले पनि फागुन १ लाई विगत झै मनाउन छाडी सकेका छन् ।’ आफ्नो श्रीमान नहुँदा भोग्नु परेको पीडा र परीवारमा आएको समस्यामा पार्टी र सरकार कसैले सहयोग नगरेको उनको गुनासो थियो । 
उता नयाँ जनवादी क्रान्तिलाई निरन्तर अगाडि बढाउने उदघोषका साथ लागीरहेको विप्लब माओवादीका जिल्ला नेताको दुखेसो पनि उस्तै छ । शोसित पिडितहरुको पार्टी आज हुनेखानेहरुको भएको नेता शशी राइले बताए । प्रचण्ड र वैद्य नेतृत्वको माओवादीले जनयुद्धलाई आफ्नो पद र सुविधासँग साटेको उनले आरोप लगाए । 
सक्तापक्ष माओवादीका जिल्ला नेता राजन दाहाल भने विगतको युद्धकै कारण लोकतान्त्रीक संविधान जारी भएको र यस्को संस्थागत विकासका लागी लाग्नु पर्ने आवश्यक्ता रहेको बताउछन । दाहाल भन्छन, ‘संविधानका अन्तरवस्तुहरु जनयुद्धकै जगबाट स्थापित भएका हुन, यस्लाई संस्थागत गर्न सकियो भने जनयुद्धका आधाभन्दा बढी योजना र सपना पुरा हुन्छन ।’
जिल्लामा दुई माओवादीले छुट्छुट्टै स्थानमा कार्यक्रमको आयोजना गरेर २१ र्औ वार्षिक उत्सव मनाएको भएपनि सयौं मृतकका परिवारहरुलाई खबर छैन र उपस्थिती पनि छैन । मृतक र वेपत्ता परिवारका धेरैजसो बैद्य माओवादीले आयोजना गरेको कार्यक्रममा सहभागि देखिन्थे । उनिहरुले आफ्ना आफन्तको स्मरण गरेर आँसु बगाए । अहिले सम्म आफन्तका लास सम्म पाउन नसकेको उनीहरुको गुनासो थियो ।
दश वर्षे माओवादी युद्धमा पुर्वको रोल्पाको रुपमा मानिने सिन्धुलीमा केन्द्रीय स्तरका नेता विशाल र कुमार सहित १६५ भन्दा बढी नेता तथा कार्यकर्ताले ज्यान गुमाएका छन भने पत्रकार चित्रनारायण श्रेष्ठ सहित १४ जना वेपक्ता छन । 
जनयुद्धको दश वर्षे कालखण्डमा देशभरि १४ हजारबढी नागरीकले ज्यान गुमाए । साँढे तिनहजारबढी वेपत्ता छन । हजारौं घाइते छन् । त्यस युद्धले केही नेता सत्तमा पुगेका छन् भने हजारौंका काख रित्तिएको छ । धेरैको सिउँदोका सिन्दुर पुछियो । कयौंका काख रित्तिए । हरेक वर्षको फागुन १ गते उनिहरुका लागि कालो दिनका रुपमा सावित भएको छ । जनयुद्ध दिवस नेताका लागी गौरवको दिन बनेको छ भने शहीद परीवारहरुको लागी पीडा र आक्रोशको दिन बनेको छ । 


, , ,

0 comments

Write Down Your Responses