Powered by Blogger.
जिल्लैभरी धुमधामका साथ सरस्वतीको पुजाआराधाना


 जिल्लाको भगवती उच्च माविमा सरस्वतीको पुजा गर्दै विद्यार्थीहरु । 
राजन गाउँले
सिन्धुली १, फागुन । आज शनिवार तथा माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मानाइएको छ । संगति, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पुजा आराधाा गरी स्तोत्र पाठ गरेर पुजा गरीएको हो । 
जिल्लाका विभिन्न सरस्वती मन्दिर तथा विद्यालयहरुमा सरस्वतीको पुजा पाठ गरिएको हो । जिल्लाको निजी स्तरका बोर्डीङ स्कुलहरुमा खास गरेर सरस्वती पुजा धुमधामका साथ मनाइएको छ। 
जिल्लाको भगवती उच्च माविमा शनिवार बिहानैदेखि शिक्षक अभिभावक, विद्यार्थी, कर्मचारीको उपस्थितीमा सरस्वती पुजाआजा गरिएको उक्त विद्यालयका प्रिन्शिपल कृष्णकुमार उप्रेतीले जानकारी दिए । ‘विद्यालयमा सरस्वतीको प्रतिक सहितको मुर्ती बनाएर विद्यलय प्राङ्गणलाई सझाएर पुजा गरिएको छ,’ उनले भने । सरस्वती पुजाकै अवसर पारेर भगवतीका विद्यार्थीहरु सांस्कृतीक कार्यक्रमको समेत आयोजना गरेको उप्रेतीले जनाए । 
यस्तै जिल्लाको शिद्धबाबा बोर्डीङ स्कुलले पनि शनिवार सरस्वतीको धुमधामका साथ पुजा आराधाना गरिएको छ । विद्यालय प्राङ्गणमा धुमधामका साथ पुजा गरिएको प्रिन्सिपल राजेश मास्केले जनाए । 
यस्तै जिल्लाको साइनीङ मुन, शिद्धस्थली, सुर्यौदय, जनता लगायतका विद्यालयहरुमा समेत सरस्वती पुजाको आयोजना गरिएको साइनीङमुन एकेडेमी मधुटारका प्रिन्शिपल नानीबाबु घिमिरेले उल्लेख गरे । जिल्लाका सरकारी विद्यालयहरु समेत सरस्वतीको स्तुती गाउँदै पुजा गरेका छन् । धेरै जसो विद्यालयहरुमा दिनभर सांस्कृतीक कार्यक्रम गरेर पुजा आजा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सरस्वतीको पुजाआराधना गर्नाले पढ्न, लेख्न तथा सिप र कलाको कौशल्यता हुने विश्वास छ । शनिवारनै  दिन रघरमा ससाना बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको छ ।  सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक् शारदा, आर्या, ब्रामणी, कामधेनु, वेदगर्भा, धीश्वरी, नामले समेत सम्बोधन गरिन्छ ।  श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी सदा मुुस्कुराइ रहेकी, सर्वैतत्त रत्नद्धारा निर्मीत आभुषाले सुशोभित भएकी चर्तुभुजा भएकी जसमध्ये पहिलो हातमा विणा, दोस्रोमा पुस्तक, तेस्रो हातमा स्फटिकको माला र चौथौमा अभय मुद्रमा रहेकी राजहंसमा सवार भएकी सरस्वती हुन भनि शास्त्रमा उल्लेख छ । 
सरस्वतीको पुजा अर्चना हिन्दु धर्मालम्वीका अलव बौध धर्मालम्बीहरुले समेत गरेका छन् । बौद्ध धर्मावलम्बीले सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतिक मानेर पुजाआजा गरेका छन् । जिल्लामा विद्यार्र्थीहरुले शनिवार दिनभर सरस्वती कवच पाठ गरेरका छन् । विद्यार्थी शिक्षक, तथा अभिाभावकहरुले विहानै भक्तिपूर्वक कलश स्थापनागरी, पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदी देवताको पुजा गरी सरस्वतीको पुजा गरेका हुन् । ऋितुहरुको राजा बसन्तको सुरुवात हुने दिन भएकाले शनिवारको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्द्ध । वसन्त ऋतुको आगमनको उपलध्यमा जिल्लाको विभिन्न विद्यालय, सरस्वती मन्दिर तथा घरघरमा सरस्वतीको पुजाअर्चना गरी श्रीपञ्चमी तथा बसन्त ऋतु मनाइएको छ ।
वसन्त ऋतुको आगमनको उपलक्षमा आजै राष्ट्रध्यक्ष बसन्तपुर गइ वसन्त श्रवण गर्ने परम्परा छ । एक पटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको किम्व दन्ती छ । 


, ,

0 comments

Write Down Your Responses