Powered by Blogger.
वैतनिक कानुन व्यवसायी नुहदा सेवाग्राही समस्यामा

बुद्धकुमार आछामी 
सिन्धुली, १६ फाल्गुण । सिन्धुली जिल्ला अदालतले तीन महिना देखी वैतनीक कानुन व्यवसायी नियुक्त गर्न नसक्दा कानुनी सेवा लिन असमर्थ सेवाग्राहीहरु समस्यामा परेका छन । 
कानुन व्यवसायीहरुबाट कानुनी सेवा लिन असमर्थ पक्षलाई सहयोग पु¥याउने उदेश्यले सरकारले नै जिल्ला अदालतहरुमा वैतनीक कानुन व्यवसायीको व्यवस्था गरेको छ तर जिल्ला अदालत सिन्धुलीले विगत ३ महिना देखी उक्त कानुन व्यवसायी नियुक्त गर्न सकेको छैन । 
कानुनी सेवा लिन असमर्थ नागरीकहरुलाई सेवा प्रदान गर्न सरकारले व्यवस्था गरेको कानुन व्यवसायी अदालतले ३ महिना सम्म नियुक्त गर्न नसक्नु र सर्वसाधारण सेवाग्राहीहरुले सेवा नपाउँनु गम्भीर कमजोरी भएको एक स्थानीयले बताए । 
अगाडि नियुक्त गरिएका वैतनीक कानुन व्यवसायी लोकध्वज थापाले छाडे पछि अर्को वैतनीक कानुन व्यवसायी नियुक्ती गर्नका लागी कार्यालयले पौष अन्तीम साता विज्ञापन प्रकाशन गरेको थियो तर अहिले सम्म पनि कार्यालयले वैतनीक कानुन व्यवसायीको नियुक्ती गर्न सकेको छैन । 
अघिल्ला कार्यविधीहरुले १ वर्षको नियुक्ती गर्ने व्यवस्था गरेको भएपनि नयाँ कार्यविधीले २ वर्षका लागी वैतनीक कानुन व्यवसायी नियुक्त गर्ने व्यवस्था ल्याएको छ तर सिन्धुली वार एशोसीयसनले भने ६÷६ महिनाको नियुक्ती गर्ने व्यवस्था कायम गर्नुपर्ने अडान राखेको कारण वैतनीक कानुन व्यवसायी नियुक्तीमा ढिलाई भएको श्रोतले बताएको छ । सिन्धुली बार एशोसीयसनको सिफारीसमा वैतनीक कानुन व्यवसायीको नियुक्ती गर्दै आईरहेको जिल्ला अदालतले अहिले नियुक्ती गर्न नसक्नुका कारण कानुन व्यवसायीहरुहको खिचातानीले भुमीका खेलेको कानुन व्यवासायी विश्म्भर लामिछानेले बताए । 
जिल्ला अदालत सिन्धुलीका सुचना अधिकारी तथा श्रेस्तादार सम्मीकपुर शाहले भने वैतनीक वकील नियुक्तीका लागी अन्र्तवार्ता लिने काम सकिएको र यहि महिनाको अन्तीम सम्ममा नियुक्ती गर्न सहमतिको प्रयास भईरहेको बताए । सहमतिको प्रयास कोसँग भईरहेको भन्ने बारेमा उनले बताएनन् । 
अदालतले असमर्थ पक्षलाई कानुनी सेवा प्रदान गर्न चाडै वैतनीक कानुन व्यवसायीको नियुक्ती गर्ने र अदालत भित्रै कार्यकक्षको व्यवस्था नै गरेर १० देखी ४ बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाउने न्यायधीश भोलानाथ चौलागाईले बताए । 


,

0 comments

Write Down Your Responses