Powered by Blogger.
उद्योग वाणिज्य संघद्धारा प्रजिअलाई स्वागत


सिन्धुली, १६ फाल्गुण । उद्योग वाणिज्य संघ सिन्धुलीले आज एक समारोह वीच सिन्धुलीको प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीलाई स्वागत गरेको छ ।
केहि दिन अघि सरुवा भई आएका प्रजिअ कार्कीलाई उद्योग वाणिज्य संघको सभाहलमा स्वागत कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो ।
उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष विनेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कार्कीले सिन्धुलीको विकासका लागी पहिला पनि सकेको सहयोग गरेको र आउँदा दिनमा पनि सहयोग गर्ने बताए । कार्कीले सिन्धुली जिल्लालाई आत्मनिर्भर बनाउन उद्योगको विकासमा जोड दिनका लागी समेत व्यवसायीहरुलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ सिन्धुलीका निवर्तमान अध्यक्ष सानुकाजी श्रेष्ठले प्रजिअलाई स्वागत गर्दै सिन्धुलीको औधोगीक विकासमा सहयोग पुयाउन आग्रह गरे ।
कार्यक्रममा पुर्व अध्यक्षहरु शिबजी शाह, मिन बहादुर श्रेष्ठ, निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष जयकुमार ढकाल, उद्योग वाणिज्य संघ सिन्धुलीका पदाधीकारी एव्म व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
प्रजिअ कार्की केहि वर्ष अघि सिन्धुलीको स्थानीय विकास अधिकारीको पदमा रहेर समेत काम गरिसकेको र सरकारले प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरेपछि सिन्धुली सरुवा भएर आएका हुन । सिन्धुलीसँग परीचित भएका कारण पनि सिन्धुलीको विकासका लागी महत्वपूर्ण सहयोग हुने स्थानीयहरुको अपेक्षा रहेको छ ।


,

0 comments

Write Down Your Responses