Powered by Blogger.
सिन्धुलीको बजेट साँढे तिन अर्व, महत्वकांक्षी योजना सार्वजनीक

सिन्धुली ३०, फाल्गुण । जिल्ला विकास समिति सिन्धुलीले आफ्नो महत्वकांक्षी योजना सहित आगामी आर्थीक वर्षका लागि झण्डै साँढे तिन अर्व रुपैयाँको अनुमानीत बजेट सार्वजनीक गरेको छ । 
आइतबार सिन्धुलीमाढी स्थित शिद्धबाबा पार्टी प्यालेशमा आयोजित २१ औं जिल्ला परिषदबाट स्वीकृत निती, कार्यक्रम तथा बजेट सार्वजनीकिकरणका क्रममा स्थानीय विकास अधिकारी इश्वरकुमार गीरीले आगामी आर्थीक वर्ष ०७३÷०७४ का लागि तिन अर्ब एकतिस करोड दशलाख उनान्चालीस हजार एक सय पन्द्र रुपैयाँ बराबरको अनुमानीत बजेट प्रस्तुत गरेका हुन् ।
‘चालु तर्फ एक अर्ब ९० करोड ९७ लाख ५१ हजार र पुँजीगत तर्फ एक अर्ब चालिस करोड १२ लाख रुपैयाँ गरी उक्त बजेट आगामी आर्थीक वर्षमा परिचालन हुनेछ,’ उनले भने । चालु तर्फ त्रिचालीस करोड अन्ठाउन्न लाख चार हजार रुपैयाँ र पुँजीगत तर्फ चौउन्न करोड एकहत्तर लाख बहत्तर हजार एक सय पन्द्र रुपैयाँ जिल्ला विकास समिति कार्यालय तर्फको मात्र बजेट प्रस्तु गरीएको छ । 
जस मध्ये आन्तरीक आय बाट दुई करोड चौविस लाख, राज्स्वबाट पन्चानब्बे लाख र केन्द्रीय स्तरबाट पन्चानब्बे करोड रुपैयाँ बजेट संकलन हुने अपेच्छा गरिएको छ । 
‘यस्तै विषयगत कार्यालयहरु तर्फ चालु खर्च त्रिसठ्ठी करोड छब्बीस लाख सत्र हजार रुपैयाँ र पुँजिगत तर्फ एक अरब तिस करोड पचपन्न लाख रुपैयाँ गरी एक अर्ब त्रियान्ब्बे करोड एकासी लाख रुपैयाँ प्रस्तुत गरीएको छ,’ गिरी भने ।
आगामी आर्थिक वर्षमा जिल्लामा कार्यरत गैर सरकारी संघ संस्थाहरुले मात्र अठ्तीस करोड दश लाख रुपैयाँ बजेट परिचालन गर्ने अनुमान गरिएको छ । जस अन्तरगत चालु तर्फ आठ करोड एकचालिस लाख र पुँजीगत तर्फ तिस करोड सन्ताउन्न लाख रुपैयाँ प्रस्ताव गरिएको छ । 
उक्त बजेट आगामी आर्थिक वर्षमा जिल्लाको विद्युत, सडक, धार्मीक तथा ऐतिहासिक पर्यटन, कृषि शिक्षा, खानेपानी लगायतका महत्वपूर्ण योजनाहरुमा खर्च गरीने समेत बताइएको छ ।
आगामी आर्थीक वर्षका लागि स्विकृत निती तथा कार्यक्रमहरुमा जिल्लामा एयरपोर्ट निर्माणदेखि सुरुङमार्ग निर्माण, फो लेनको सडक विस्तार लगायतका अति महत्वकांक्षी योजनाहरु समेत अघि सारीएको छ । 
पारित नीती तथा कार्यक्रममा जिल्लाको उपयुक्त भुगोल हेरी एयरपोर्ट निर्माण गरीने, ऐतिहासिक सिन्धुलीगढी क्षेत्रमा संग्राहलय निर्माण गरीने, विपी राजमार्गको बर्दीवास–सिन्धुली–बनेपा खण्डलाई विस्तार गर्दै फो लेन बनाइने, चियाबारी खुर्कोट सुरुङ मार्ग निर्माण गरीने उल्लेख छ ।
जिल्लामा प्राविधिक विश्वविद्यालय, विपी राजमार्गमा ट्रमा सेन्टर निर्माणदेखि जिल्लााई पूर्ण खोप युक्त देखि खुल्ला दिशा मुक्त जिल्ला घोषणा कार्य समेत  आगामी आर्थीक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘यसका लागि पनि आवश्यक बजेट विनियोजन गरेको छु,’ गिरीले भने । 
तर, गत बैशाख १२ गतेको भुकम्पले थाङथिलो बनेको जिल्लालाई पुनर्निर्माणलाई भन्दा अन्य क्षेत्रलाई बढी महत्व दिइएको भन्दै त्यस्ता योजनाहरु कार्यान्वयन हुनेमा भने शंका व्यक्त गरिएको छ । निती तथा कार्यक्रम र बजेट जिल्लाबाट निर्वाचीत संसदद्धय मोहन प्रसाद बराल र गणेश प्रसाद पहाडीले एक साथ सार्वजनीकीकरण गरेका हुन् ।


,

0 comments

Write Down Your Responses