Powered by Blogger.
यस्ताे छ, शैक्षिक उन्नयनको लागि सिन्धुली प्रतिबद्‌धता

गुणस्तरिय शिक्षाका लागी सकारात्मक पहल 

सिन्धुली, १ चैत्र । जिल्लाको विद्यमान शैक्षिक अवस्थालाई गुणस्तर तर्फ केन्द्रित गर्न ढिला भईसकेको भन्दै जिल्लाको समग्र शैक्षिक विकासका लागी शिक्षाका सरोकारवाला सवैले साझाँ प्रतिबद्धता २०७२ घोषणा गरेका छन । 
जिल्लाका शिक्षकका पेशागत संस्थाहरु र राजनैतिक दलहरुसँगको छलफलबाट प्राप्त सुझाबका आधारमा सामुदायीक शिक्षाको सुधार, समग्र विकासको आधार भन्ने मुल मन्त्र बनाई सिन्धुलीको शिक्षालाई गुणस्तरिय बनाउन २८ बुँदे प्रतिबद्धता घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी बद्रि पाठकले बताए ।
सक्रिय अभिभावक, लगनशिल विद्यार्थी, उत्प्रेरक शिक्षक, समावेशी कक्षा, सवै आउन सधै पाउँन गुणस्तरिय शिक्षा भन्ने मुल नाराका साथ घोषणा गरिएको प्रतिबद्धताहरु यस्ता रहेका छन । 
१। विद्यालयको भौतिक पूर्वाधार र सुविधाहरुको व्यबस्था गर्ने क्रममा तल्लो कक्षा र तहका बालबालिकाहरुलाई सम्मानजनक किसिमले प्राथमिकता दिने साथै भुकम्पबाट क्षतिभएका विद्‌यालय पुनर्निमाणमा सरकारी लगायत गैरसरकारी संघसंस्थाको सहयोगमा स्रोतको दोहोरोपन नहुने गरी आवश्यक्ताको आधारमा निर्माण गर्दै लैजाने । 
२। आफ्नो विद्यालयका सेवाक्षेत्रका विद्यालय उमेरका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाइ अनिवार्य आधारभूत शिक्षाको सुनिश्चितता क्रमश गर्दै लैजाने  ।
३। शैक्षिक क्यालेण्डर बमोजिम तोकिएको समयावधि र कार्यघण्टामा नघटाई शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन गर्ने सवालमा विद्यालय र शिक्षाका सरोकारवालाहरुबाट उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्ने ,गराउने  ।
४। विद्यार्थीहरुको उपस्थिति जनाउँदा साङ्ख्यिक रुपमा जनाई बढि उपस्थित हुने विद्यार्थीहरुलाई मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा प्रोत्साहित गर्ने र कम उपस्थित हुने विद्यार्थीहरुको कारण पहिचान गरी समाधानका लागि पहल गर्ने ।
५। विद्यार्थीको नाममा निकासा हुने छात्रवृत्ति,, पाठ्यपुस्तक लगायतका अनुदानहरु विद्यालयहरुले सम्बन्धित शीर्षकमा तोकिएको प्रक्रिया अनुसार समयमै खर्च गर्ने विषयलाई निरीक्षण अनुगमन गरी व्यवस्थित गर्ने गराउने ।
६। विद्यार्थीहरुलाई शारीरिक दण्ड र डर त्रासको आधारमा नभई सकारात्मक सोचका आधारमा उनीहरुभित्र अन्तर्निहित सम्भावनाहरुको खोजी गरी शिक्षण( सिकाइमा सुधार गरेका सन्दर्भहरुलाई विषयगत शिक्षकहरुद्वारा घटनाबृत्त अभिलेखको रुपमा वार्षिक रुपमा प्रतिबेदन तयार गरी राखिने छ र सोको समीक्षा स्टाफ बैठक र अनुगमन कर्ताहरुको उपस्थितिमा गरिनेछ ।
७। विद्यालयहरुमा  बालकल्वहरुको गठन गरी गराई  त्यस्ता बालल्कवहरुलाई विद्यालयले गर्ने  विभिन्न निर्णयहरुमा सहभागी गराउने र माध्यमिक तहदेखि छात्रा सञ्जाल गठन गराई छात्राहरुको सिकाइमा सहज वातावरण बनाउने । 
८। विद्यालयमा जङ्कफूड र कक्षाकोठामा शिक्षण सिकाइको समयमा मोबाइल फोन प्रयोगलाई निषेध गर्ने ।
९। शिक्षण सिकाइको सिलसिलामा बालमैत्री क्रियाकलापहरुलाई प्रोत्साहित गर्दै विद्यालयमा हुने विविध हिंसाजन्य क्रियाकलापलाई पूर्ण रुपले अन्त्य गर्ने  ।
१०। विद्‌यालयमा शुक्रबार चौथो घण्टीपछि अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने गराउने र विद्‌यार्थीका अन्तरनिहित प्रतिभा प्रष्फुटनमा अतिरिक्त तथा सहक्रियाकलापलाई अभिन्न अङ्ग बनाइने । 
११। स्वच्छ खानेपानी, पानीको सुविधा सहितको शौचालय र कक्षाकोठा तथा विद्‌यालय हाताको सरसफाईलाई उच्च प्राथमिकता साथ व्यवहारमा ल्याउने ।
१२। विधुत सुविधा उपलव्ध भएका विध्यालयहरुमा सूचना तथा सञ्चार प्रविधिको उपयोगलाई बढावा दिइने ।
१३। हरेक शिक्षकले शिक्षण सिकाइ क्रियालकलापमा आधारित भएर एक शैक्षिक सत्रमा कम्तीमा एउटा कार्यमूलक अनुसन्धान गरी शिक्षण कार्यमा सुधारका लागि पहल गर्ने र सम्बन्धित पक्षहरुबाट त्यसको अनुगमन गरिने ।
१४। विद्यार्थीहरुको जन्म दर्ताका आधारमा मात्र  भर्ना गर्ने कार्यलाई उच्च प्राथमिकता दिई कार्यान्वयन गर्ने र कक्षा ८ मा  भर्ना भएको एक महिना भित्र विद्यार्थीहरुको विवरण कम्तीमा एक हप्तासम्म विद्यालयको सूचना पाटीमा सार्वजनिक गरी विद्यालयमै सच्याउनका लागि मौका प्रदान गर्ने ।
१५। विद्यार्थी सङ्ख्या र शैक्षिक उपलब्धिमा अभिबृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा हरेक विद्यालयले ठोस कार्यक्रम निर्माण गरेर विद्यालय सुधार योजनामा समाहित गरी कार्यान्वयन गर्ने गराउने ।
१६। विद्यालयहरुलाई धुमपान, मध्यपान, सुर्ती, खैनी, पान, गुट्का आदि निषेधित क्षेत्रको रुपमा घोषणा गरी सोको प्रभावकारी कार्यान्वयन गर्ने ।
१७। कक्षा ९(१२ लाई एउटै समयमा सञ्चालन गरी माध्यमिक तहको पठनपाठन व्यवस्थित बनाउन पहल गर्ने  ।
१८। सामुदायिक विद्‌यालयका शिक्षकहरुको तलव भत्ताको  बैङ्कमार्फत नै भुक्तानी गर्ने व्यवस्थालाई प्रोत्साहन गर्ने । 
१९। नेपाल सरकारको साक्षर नेपाल अभियान कार्यक्रम अन्तर्गत आफ्ना घरपरिवारका सदस्य र आफन्तहरु निरक्षर रहेको अवस्थामा त्यस्ता निरक्षर सदस्य र आफन्तहरुलाई आगामी  वर्षभित्रमा साक्षर बनाइ जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने गराउने । 
२०। विद्यालयलाई शान्ति क्षेत्र बनाउन निर्देशिका बमोजिम विद्‌यालयतहसम्म समिति निर्माण गरी शसक्त रुपमा कार्यान्वयन गर्ने गराउने  ।
२१। जिल्लाको शैक्षिक क्षेत्र एवम् विद्यालयको व्यवस्थापन एवम् सञ्चालनमा प्रचलित ऐन कानून तथा नीति निर्देशनको परिपालना गर्ने गराउने ।
२२। जिल्ला शिक्षा कार्यालय र विद्यालयमा आआफ्नो आचार संहिता निर्माण गरी  कार्यान्वयन गर्ने गराउने  ।
२३। स्रोत साधनको वितरण  आवश्यक्ता र सामाजिक न्यायका आधारमा गर्ने गराउनेमा दृढ सकल्पित रहने ।
२४। विद्‌यार्थी सङ्ख्याको आधारमा दरवन्दी मिलान, विद्‌यालय एकिकरण र समायोजन तथा निमावि देखि उमावि तहसम्म रहेको दरवन्दीमा शिक्षा नियमावलीमा तोकिएको  विषयगत दरवन्दी अनुसार शिक्षक व्यवस्थापन क्रमश कार्यान्वयन गर्ने गराउने ।
२५। बाल विकास केन्द्रको व्यवस्थापन सुधारमा जोड दिई बालमैत्री वातावरण निर्माणमा जोड दिने । 
२६। विद्‌यालयहरुले तोकिएको समयमा नै सामाजिक परीक्षण गरे नगरेको अनुगमन गर्ने साथै नियमानुसार लेखापरीक्षण गरी गराई सो को प्रतिवेदन कडाइका साथ कार्यान्वयन गराउने ।
२७। शिक्षण नोट र शैक्षिक सामग्री सहित शिक्षक कक्षाकोठामा जाने पद्‌धतिलाई प्रअ बैठक मार्फत स्थापित गर्ने ।
२८। सञ्चारकर्मी लगायत शिक्षाका सरोकारवालाहरुबाट प्रस्तुत प्रतिबद्धता लगायत शैक्षिक क्षेत्रको सुधारका लागि गरिएका प्रयासहरुलाई अनुगमन गरी सुधारात्मक कार्यहरुलाई प्रोत्साहित गर्ने ।



, ,

0 comments

Write Down Your Responses