Powered by Blogger.
सामाजिक सुरक्षा भक्ताको लागि निम्न लिखित बैंकहरुमा खाता खोल्ने बारे कमलामाई नगरपालिकाको सुचना


यस कमलामाई नगरपालिका क्षेत्र भित्रका सामाजिक सुरक्षा भक्ता परीचयपत्र प्राप्त गरेका सवै जेष्ठ नागरिक, एकल विधवा महिला, दलित जेष्ठ नागरीक लोपोन्मुख आदिवासी जनजाती, पूर्ण अपाङ्ग र आंशिक अपाङ्ग भत्ता लिनका लागि तपसिलका बैकहरुमा सुन्यमौज्दातमा व्यक्तिगत खाता खोल्नुपर्ने भएकोले तपशिल बमोजिमको प्रमाणहरु लिएर निम्न लिखित बैंकहरुमा गई मिति २०७३ साल बैशाख मसान्त भित्रमा खाता सञ्चालन गरी आ–आफ्नो सामाजिक सुरक्षा भक्ता लिनुहुन सम्बन्धीत सवैमा जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ । 
खाता खोल्नु पर्ने बैंकहरु 

१.वडा नं.१, २, ३ र १० का सवै लाभग्राहीहरुका लागीः अरनिको डेभलप्मेन्ट बैंक लिमिटेड, सिन्धुली
२. वडा नं.११, १२, १४ र १५ का सवै लाभग्राहीहरुको लागिः राष्ट्रिय वाणिज्य वैंक सिन्धुली
३. वडा नं.४ का सवै लाभग्राहीहरुका लागीः कन्ट्री डेभलप्मेन्ट वैंक लिमिटेड, सिन्धुली
४.वडा नं.५ र ८ का सवै लाभग्राहीका लागीः प्राइम कमर्सियल वैंक लिमिटेड, सिन्धुली
५. वडा नं.६ का सवै लाभग्राहीका लागीः सिद्धार्थ वैंक लिमिटेड, सिन्धुली
६.वडा नं.७ का सवै लाभग्राहीका लागीः सुप्रिम डेभलप्मेन्ट वैंक लिमिटेड, सिन्धुली
७. वडा नं.९, १३, १६, १७ र १८ का सवै लाभग्राहीका लागीः मातृभुमी विकास वैंक लिमिटेड, सिन्धुली 

सुन्य मौज्दातमा खाता खोलि सामाजिक सुरक्षा भक्ता लिनका लागि आवश्यक पर्ने कागजातहरु 
१.सामाजिक सुरक्षा भत्ता लिएको परिचय पत्र 
२.नागरिकता प्रमाणपत्रको प्रतिलिपी 
३.फोटो ३ वटा 
४.हकवालाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी 
५.हकवालाको फोटो २ वटा 
कमलामाइ नगरपालिकाकाे कार्यालय, सिन्धुली 
फाेन नं. ०४७५२०६०८
स्वच्छ, सफा र हरीयाली, कमलामाइ नगरपालिका ।



0 comments

Write Down Your Responses