Powered by Blogger.
छाप बुझाउँदै दोहोरो जिम्मेवारीबाट पन्छिए गाविस सचिबहरु

स्थानीय विकास अधिकारीलार्इ छाप सहित ज्ञापन पत्र बुझाउँदै । फाेटाेः फेसबुकबाट ।
सिन्धुली, २६ चैत्र । एक गाविस एक सचिबको व्यवस्था र पुर्ननिर्माण प्राधिकरणको कामका लागी थप सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका गाविस सचिबहरुले स्थानीय विकास अधिकारीलाई दोहोरो जिम्मेवारी लिएको गाविसको छाप बुझाउँदै जिम्मेवारीबाट पन्छिएका छन । 
गाविस सचिब हकहित संरक्षण केन्द्रको अगुवाईमा जिल्ला विकास समिति पुगेका गाविस सचिबहरुले झागााझोली रातमाटा, महादेवडाँडा, खोलागाउँ, भिमस्थान, जलकन्या, खाङसाङ्ग, बालाजोर, डुडभञ्ज्याङ्ग, अमले, कपिलाकोट सहित १० गाविसको छाप स्थानीय विकास अधिकारी इश्वर कुमार गीरीलाई जिम्मा लगाएका छन । 
उनीहरुले दोहोरो जिम्मेवारी लिन आफुहरु नसक्ने भन्दै छाप बुझाएका हुन । छाप बुझाउँदै आफुहरु पुर्ननिर्माण प्राधिकरण र एमसीपीएमका कार्यक्रममा सहभागी नहुने जानकारी समेत गराइएको गाविस सचिब हकहित संरक्षण केन्द्रका पुर्व केन्द्रिय सदस्य पदमसंकर गौतमले बताए । 
स्थानीय निकायको निर्वाचन, एक गाविस एक सचिब, प्रोत्साहन भक्ताको व्यवस्थाको माग गर्दै लामो समय देखी गाविस सचिबहरु आन्दोलनमा रहेका छन । सरकारले गाविस सचिबहरुलाई जिम्मेवारी मात्र थोपर्ने काम गरेको उनीहरुले आरोप लगाउँदै आउका छन । पछिल्लो समय भुकम्प प्रभावित १४ जिल्लालाई केन्द्रित गरेर थप सेवा सुविधा नपाए पुर्ननिर्माणको काममा असहयोग गर्ने भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन । 
स्थानीय विकास अधिकारी इश्वर कुमार गीरीले सचिबहरुको मागको बारेमा माथिल्लो निकायमा जानकारी गराइसकिएको र चाडै समस्याको समाधान हुने विश्वास व्यक्त गरे । विहिबार नेपाल सरकारका मुख्य सचिब र स्थानीय विकास मन्त्रालयका सह सचिब पनि सिन्धुलीमाढी आइपुगेका कारण उनीहरुलाई पनि सचिबहरुको आन्दोलनको बारेमा जानकारी गराइएको गीरीले बताए । 


0 comments

Write Down Your Responses