Powered by Blogger.
विद्यार्थीहरुमा अज्ञात रोगको महामारी



राजन गाउँले
सिन्धुली ३१, जेठ । यहाँको एक विद्यालयमा अध्ययनरत दुई दर्जनबढी विद्यार्थीमा  अज्ञात रोग देखापरेको छ ।  रोगका कारण विद्यालयमा पठन पाठन ठप्प भएको छ । 
जिल्लाको डाडिगुराँसे गाविस ८ जखनी स्थित शंखरेश्वर उच्च माविमा अध्ययनरत कक्षा ६ देखी दश सम्मका दुई  दर्जनबढी विद्यार्थीमा बरबराउने, विहोस हुने, काम्ने जस्ता समस्या देखा परेको हो । दुई हप्तादेखी छिटफुट रुपमा देखा परेको अज्ञात रोग दुई दिनदेखी भाइरल भएर फैलिएको शिक्षक मेघराज दाहालले बताए । 
उनका अनुसार अज्ञात रोग विद्यालयका विद्यार्थी धेरैमा देखा पर्न थालेपछि अहिले विद्यालय खुले पनि पठनपाठन अबरुद्ध भएको छ ।
 ‘विद्यालयका छात्र छात्रा दुबैमा अज्ञात रोग देखा परेको छ । विद्यार्थीहरु धमाधम विहोस हुने, कोही कराउने, चिच्चाउने भएपछि शिक्षक र विद्यार्थीमा त्रास फैलीएको छ । विद्यार्थी विरामी हुन्छन् । शिक्षक विद्यार्थीलाई सम्हालने र रुङ्ने काम गर्न बाध्य छन्,’ उनले भने ।
केही दिन देखी विरामी हुने विद्यार्थीको संख्या बढ्दै गएको उनको भनाई रहेको छ । झण्डै डेढ बर्ष देखी कहिलेकाही एक दुई जना विद्यार्थी विरामी हुने गरेपनि  दुई दिन देखी २०÷२५ जनाको संख्यामा दैनिक विरामी हुदा आफुहरुमा चिन्ता थपिएको शिक्षक दाहालको भनाई छ । पहिला कक्षा ९ र १० मा अध्ययन गर्ने एक दुई जना छात्राहरुमा यस्तो लक्षण देखा पर्ने गरेको भएपनि अहिले प्राय कक्षा ६ देखी माथिका छात्र, छात्राहरुमा यस्तो अनौठो रोगको लक्षण देखापरेको छ । रोग केहो भन्ने पहिचान नभएपनि विद्यार्थीका अभिभावकहरु प्रायले गाउँघरमै झारफुक गर्ने गरेका छन् ।
कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरु विद्यालयमा विरामी परेका समाचार अरु विद्यालय र जिल्लाको सुन्दा आफुहरुमा त्रास कम भएपनि अहिले कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने छात्र तथा छात्रामा यस्तो समस्या देखीएको छ । विद्यालयको ठुलो कक्षामा अध्ययन गर्नेहरु विमारी भएपछि त्रासले साना बालबालिकाहरु विद्यालय आउनै छाडेका छन् । उता विद्यार्थीहरु विमारी हुन थालेपछि अभिभावकहरुले समेत विद्यार्थी विद्यालय पठाउन छाडेका र अभिभावकले आक्रोस पोख्न थालेको बताइन्छ ।  
यता विद्यालयमा बालबालीका विरामी परेपछि धर्मको आस्थाको आधारमा उपचारको विधि अपनाइएको छ । हिन्दु धर्म मान्नेहरुले कुच्चोले फुकफाक गर्ने गरेका छन् भने, बैद्ध, क्रिस्चियन हरुले पनि उनीहरको धर्मको आधारमा पाठ गर्ने गरेका छन् । सवैले धार्मीक आस्ता पोखेपनि विद्यार्थी भने रोग र त्रास मुक्त भने हुन सकेका छैनन् । उक्त विद्यालयमा डेढ बर्ष देखीको रोग अझै अज्ञात रहेको छ । 


, ,

0 comments

Write Down Your Responses