Powered by Blogger.
अब बन्ने भवन अपाङमैत्री बनाउन माग



नबिनबाबु अधिकारी
सिन्धुली, असार ७ । पुननिर्माण प्रक्रियामा बन्ने भवनहरु अपाङमैत्री बनाउनु पर्नेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जोड दिएको छ । सिन्धुलीमा सरोकारवाला निकायसंग गरेको एक कार्यक्रम मार्फत अपाङमैत्री भवन बनाउन जोड दिएको हो ।
भौतिक संरचना निर्देशिका २०६९ ले सवै जिल्लाका सरकारी कार्यालयहरुलाई अपाङ्गमैत्री बनाउन निर्देशन गरिसकेको र अवको पुननिर्माणमा बन्ने भवन अपाङ्गमैत्री बनाउने नीतिगत व्यवस्था भै सकेकाले अपाङ्गमैत्री भवन बनाउन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले जोड दिए । अहिलेको पुननिर्माण प्राधिकरणले लगत संकलन गरेपनि भुकम्प पछि कति ब्यक्ति अपाङ्ग भए भन्ने तथ्याङ्क संकलन नभएकाले तथ्याङक संकलन गर्नको लागि पहल गरिरहेको जानकारी दिए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले नीति निर्माण र वनेका नीति कार्यान्वयनकालागि लागिपरेको भन्दै अपाङ्गता भएका ब्यक्तिहरुको सवालमा काम गर्ने सरकारी, गैरसरकारी लगाएत अन्य सरोकारवाला निकाय जिम्मेवार र प्रतिबद्ध नभएको बताए । यदी अपाङ्गमैत्री भौतिक संरचना निमार्ण भएमा बालबालिका बृद्धबृद्धा, जेष्ठ नागरीक लगाएत सवैले दीर्घकालीन समय सम्म प्रयोग गर्न सक्ने भएकाले अहिलेको अवस्थामा अपाङ्गमैत्री विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालयसंगै आवास पनि अपाङ्गमैत्री हुनु पर्ने उनको भनाई थियो । 
यस्तै कार्यक्रममा जिल्ला विकास समिति सिन्धुलीका योजना अनुगमन तथा प्रशासकिय अधिकृत मदनबहादुर थिङले सरकारले कुल बजेटको १५ प्रतिशत रकम अपाङ्ग भएका ब्यक्तिहरुकालागि विभिन्न शीर्षकमा उपलब्ध गराउदै आएको भताए । यदि भवन आचार संहिता लागु गरिएमा अपाङ्गता भएका व्यक्तिहरुले पनि सहजताका साथ सेवा सुविधा पाउने उनको भनाई थियो । कतिपय ब्यक्तिहरु जन्मजातै अपाङ्ग हुने र अरु व्यक्तिहरु प्राकृतिक कारणले पनि अपाङ्गता हुने भएकाले अपाङ्गमैत्री भवन बन्नु पर्नेमा जोड दिए ।
पुननिमार्ण प्रक्रियामा अपाङ्गता समावेशीकरण सम्बन्धि भएको अन्तरक्रिया कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अपाङ्गताका सवालमा वनेका नीति नियमहरु पालना गर्न र गराउने कार्यमा लाग्ने प्रतिबद्धता ब्यक्त गरका थिए । 
 


0 comments

Write Down Your Responses