Powered by Blogger.
वोलेरोको ठक्करबाट स्कुले बालकको मृत्यू, अर्का एक घाइते



सिन्धुली ८, असार । विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालीका ९ ढुङग्रेवासमा
पिकअप वोलेरोले ठक्कर दिदा मंगलबार साँझ यहाँका एक बालकको मृत्यू भएको छ भने अर्का एक बालक घाईते भएका छन् ।
ना २ च ५९२७ नम्बरको पिकअप बोलेरोको ठक्करबाट सिन्धुलीको हत्पते गाविस ६ भलुवाईका १२ बर्षिय साहिभ घिमिरेको मृत्यू भएको हो । कमलामाई नगरपालिका ९ का आयुष थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो । बोलेरेको ठक्कर पछि उपचारका लागि काठमाण्डौं लैजाने क्रममा घिमिरेको बाटोमै मृत्यू भएको र थापाको धुलीखेल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरिक्षक उमासंकर पन्जियारले जानकारी दिए ।

दुवै बालक कमलामाई नगरपालिका ६ स्थित भगवती उमाविमा अध्ययन गरेर घर फर्कदै थिए । कमलामाई नगरपालिका ९ स्थित युनाईटेड ग्यारेजमा मर्मतको लागि राखिएको उक्त पिकअप भेन मिस्त्री बोहन थापले चलाउँदा अत्याधिक गतीमा अनेन्त्रीत भइ बालकहरुलाई ठक्कर दिन पुगेको थियो । दुर्घट्ना पछि मिस्त्री थापा र भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनायो । मृतक बालकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ । मृतकका आफन्तले लापरबाही गर्ने ग्यारेजका सञ्चालक र मिस्त्रीलाई कारबाहीको माग गर्दै शव बुझ्न अस्विकार गरेका छन् ।




0 comments

Write Down Your Responses