Powered by Blogger.
सिन्धुलीमा द्धन्द्धकालीन घटनाका चार सय उजुरी


सिन्धुली ४, साउन । द्धन्द्धकालीन मानवीय कानुन विपरीतका घट्नामा जिल्लामा झण्डै चार सय उजुरी परेका छन् । सत्यनीरुपण तथा मेलामिलाप आयोग र वेपत्ता छानविन आयोगमा गरी जिल्लाका द्धन्द्धपीडितहरुले तिन सय ७९ वटा उजुरी दर्ता गराएका हुन् ।
सत्यनिरुपण तथा मेलामिलाप आयोगमा तिन सय ५५ र वेपत्ता छानविन आयोगमा २४ वटा गरी तिन सय ७९ वटा उजुरी परेको स्थानीय शान्ति समिति सिन्धुलीकी सचिव गिता घिमिरेले जनाकारी दिइन् । 
२०५२ फागुन १ गतेबाट तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र द्धन्द्ध २०६३ मंसिर ५ गते शान्ति सम्झौता नभएसम्मको समयअबधि भित्र भएका वेपत्ता, विस्थापीत, हत्या, कुटपिट, घाइते तथा अंगभंग, बलत्कार, अपहरण, शरिर बन्दक, घरजग्गा कब्जा, लुटपाट लगायतका घट्नामा संलग्न विरुद्ध उजुरी परेको छ ।
द्धन्द्धकालिन घट्नामा आयोगले बैशाख ५ गतेबाट स्थानीय शान्ति समिति मार्फत जिल्ला र आयोगमा उजुरी माग गरेको थियो । ‘आयोगले तोकेको अन्तिम समयावधिसम्ममा सत्यनिरुपण र वेपत्ता आयोगमा गरेर तिन सय ७९ वटा उजुरी परेको छ,’ सचिव घिमिरेले भनिन्, ‘उजुरी सबै संकलन गरी दुबै आयोगका कार्यालयमा बुझाई सकिएको छ ।’
घिमिरेका अनुसार उजुरीकर्ताहरुले तत्कालीन माओवादी, नेपाली सेना र प्रहरी तथा सशस्त्र प्रहरीका विरुद्ध उजुरी दर्ता गराएका छन् । सबभन्दाबढी सशस्त्र द्धन्द्धले उग्ररुप लिएका बेला २०५८ देखी ०६३ मंसिर ५ अघिसम्म जिल्लामा कार्यरत तत्कालीन प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा प्रहरीका प्रमुख विरुद्ध उजुरी परेको छ । जिल्लामा बलात्कार तथा बलात्कारगरी हत्याका उजुरी भने एउटामात्र परेको सचिव घिमिरेले बताइन् । 
सशस्त्र द्धन्द्धको समयमा पूर्व रोल्पाको रुपमा चिनिने सिन्धुलीमा पिडितहरुको संख्या धेरै भएपनि आयोगमा उजुरी भने न्यूनमात्रमा परेको शान्ति समिति सिन्धुलीले जनायो । कतिपयले दोशीको किटानी सहितको उजुरीपछिको सुरक्षा चुनौतीपूर्ण रहने भन्दै त्रासले उजुरी गर्न मानेका छैनन् भने कतिपयले प्रमाण पुरा गर्न नसक्दा उजुरी हाल्न मानेका छैनन् ।
जिल्लामा उजुरी दर्ता गर्नेहरुमा पनि वेपत्ताका आफन्तहरुले उनिहरुको खोजविन, दोशीमाथी कारबाही र क्षेतीपुर्तीको माग सहित उजुरी गरेका छन् भने घाइतेले उपचार र दोसीमाथी कारबाहीको माग गरेका छन् । यस्तै आफन्त गुमाएकाहरुले हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् । धेरै उजुरीकर्ताहरुले न्याय पाउने भन्दापनि क्षेतीपुर्ती र राहत पाउने आशमा उजुरी दर्ता गराएको पाइएको छ । 
द्धन्द्धका क्रममा जिल्लामा १५ जना वेपत्ता भएका छन भने दुई २७ जनाको हत्या भएको छ । यस्तै चारसयबढी घाइते, तिनसयबढी विस्थापीत र सयबढीको सम्पती कब्जा भएको बताइन्छ । 
शान्ति समिति मार्फत जिल्लामा संकलन भएका उजुरीहरुलाई आयोगमा पठाइएकोले आयोगले त्यसको छानविन गर्ने बताइएको छ । यसैविच आइतबारसम्ममा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा मात्र द्धन्द्धकालीन घट्नाका देशैभरबाट ५३ हजार उजुरी परेको बताइएको छ । परेका उजुरी उपर छानविन थालिएको पनि आयोगले जनाएको छ । जिल्ला तहबाट उजुरी संकलन गर्ने समयावधि सकिएपनि आयोगको कार्यालयमा आयर उजुरी सकिने बताइएको छ । आयोगको समय सकिन ६ महिना अघिसम्म उजुरी गर्न सकिने बताइएको छ । अव आयोगमा परेका उजुरी उपर छानविन थालिने र उजुरीको छानविनसंगै द्धन्द्धका घटनामा पीडितहरुले क्षमादान मागेर असोज १ गतेबाट निवेदन दिन सक्ने आयोगले जनायो । पीडितको सहमति विना क्षमादान भने हुने छैन् । निवेदनसंगै आयोगले सोही अवधिबाट मेलमिलाप, उद्धार, पुनःस्थापना, परिपुरण, क्षतिपुर्ती, उपचार सिफारिसको काम थाल्ने छ । 
आयोगले उजुरीको विस्तृत छानविन २०७३ पुस मसान्तभित्र सक्ने लक्ष्य लिएको आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले यस अघिनै जनाइसकेका छन् । २०७३ माघ २ गतेबाट पिडितलाई परिचयपत्र उपलब्ध गराउने आयोगले जनाएको छ भने आगामी २०७४ माघ २७ गते आयोगको कार्यकाल सकिन्छ ।


,

0 comments

Write Down Your Responses