Powered by Blogger.
फडिल वेचेर पढाई खर्च जुटाउदै बालवालिका

नबिनबाबु अधिकारी
सिन्धुली, ६ साउन । अहिले सिन्धुलीका सवै विद्यालयहरु बन्द रहेका छन् । विद्यालय झण्डै एक महिना सम्म बन्द रहदा वालबालीकाले फुर्सदको समय धेरैले त्यतिकै विताई रहेका हुन्छन्, तर सिन्धुलीको रतनचुरा र भिमेश्वरका साना बालबालीकाहरु विपि राजमार्गमा विहान उज्यालो भएदेखि वेलुका सम्म विपि राजमार्ग मै बालबालिका फडिलका ग्राहक पर्खि रहन्छन् ।
साना बालबालीकाहरु खनियाखर्क देखी भिमेश्वरको बारा सम्मका विपि राजमार्गका हरेक घुम्तीहरुमा स्टीलको वाटी, प्लास्टिकका अन्य भाडा र डालामा फडिल बोकेर वेच्न बसेका भेटिन्छन् । कुनै पनि सवारीका साधन आउने वित्तिकै उनीहरुले फडिल लग्न आग्रह गर्दछन् । फुर्सदको समय र बारीमा फडिल पाकेकाले अभिभावकलाई फडिल टिप्न लगाई आफु फडिल बेच्न बसेको ति वालबालीकाहरुले बताए ।
आफुहरुले अहिले खेतमा धान रोपाई र अन्य काम गर्न नसक्ने भएकाले विदाको समयभरीमा फडिल बेचेर पढाई खर्च जोहो गर्न घाम पानी जे भएपनि फडिल बेच्न बसेको उनीहरु बताउछन् । एक दर्जन बालबालीका फडिल बेच्न बस्ने गरेको छन् । एकै घरका दुई, तीन जना देखी गाउभरीका बालबालीका छरीएर फडिल बेच्न भौतारीरहन्छन् ।
आफु गरीब परिवारमा जन्मेकाले आय स्रोत गतिलो केही नहुँदा पढाई खर्च र घर खर्च चलाउन फडिल बेचेर फैसा कमाउन केही दिन देखी विपि राजमार्गमा बसेको भिमेश्वर ७ वाराका किरण नेपालीले बताए । आफु श्री पुष्प निमावि बारामा कक्षा ४ मा अध्ययन गर्ने गरेको बताउदै उनले भने “असारको दोस्रो हप्ता देखी विद्यालय बन्द रहेको छ, घरमा काम गर्न सकिदैन राजमार्गमा बसेर फडिल बेच्छु, दैनिक ३ सय देखी ७ सय सम्म फडिल बेचेर कमाई हुने गरेको छ ।”
घरपरिवारमा आम्दानी हुदैन फडिल बेचेर आएको पैसाले केही रकमले आफुलाई चाहिने शैक्षिक सामाग्री किन्ने र बाँकी पैसा बुबालाई दिने उनको भनाई छ । बुबा सामान्य फनिचर सम्बन्धि काम गर्ने र खेतिवारी पनि प¥र्याप्त नहुँदा किनेर खानु पर्ने बाध्यता भएको भन्दै किरण नेपालीले भने “लालिगुराँसको समयमा लालिगुराँस र काफलको सिजनमा म काफल पनि बेच्छु, कहिलेका बर्ष त राम्रै कमाई हुन्छ एक सिजनमा १० देखी २० हजार सम्म कमाई हुने गरेको छ ।”
विपि राजमार्गमा साना बालबाल्किाहरु धेरै भेटिन्छन र उनीहरु सवारीका साधन रोकी दश रुपैँयाको फडिल लैजान आग्रह गर्ने गरेका छन् । यस्तै विपि राजमार्ग अन्तरगत वारको एक घुम्तिमा रहेका ९ बर्षका दिपक श्रेष्ठले भने “ विहान उज्यालो हुने वितिकै राजमार्गमा गाडीहरु कुद्न थाल्छन्, अनी बुवालाई फडिल टिप्न लगाई विहान ७ बजे म सडकमा आईपुगेको हुन्छु, र फडिल बेच्ने काम सुरु हुन्छ कतिले त लैजान मान्दैनन् कत्तिले त आफुले भनेको भन्दा पनि बढी पैसा दिएर जाने गर्दछन् ।”
दैनिक ६ सय कमाई हुने गरेको र अहिले सम्म झण्डै ८ हजार कमाई भएको उनले बताए ।  बारीमा दुई वटा फडिलका बोट रहेको र आफ्नै वारीमा रहेका वोटबाट फडिल टिपेर ल्याउने गरेको उनले बताए । जंगलमा पनि फडिलका बोट पाईने र ठुला रुख हुने भएकाले सजिलै टिप्न नसकिने गरेको दिपकको भनाई छ । आफुले फडिल १० रुपैँयाको ३ मुठ्ठी फडिल दिने गरेको उनको भनाई छ । आफुले ल्याएको फडिल ठुला गाडी भन्दा पनि साना गाडीका मान्छेले बढी पैसा तिरेरे फडिल किन्दा निक्कै खुसि लाग्ने गरेको भन्दै उनीहरुले कापि कलम किन्न भनेर १ सय देखी ४ सय सम्म छुट्टै पैसा दिने गरेको उनले बताए ।
सडकमा फडिल बेचिरहदा कतिपयले बढी पैसा तिरी लैजाने त कतिपयले वनको चोरेर ल्यायको भन्दै धम्क्याएर त्यतिकै खाने र लैजाने गरेको बालबालीकाहरुले बताएका छन् । आफ्नै बारीको बोट बाट ल्याएको भने पनि मोटरसाईकलमा हिड्ने केटाहरुले धम्क्याएर फडिल खाने र लैजादा आफुहरुलाई दुःख लाग्ने गरेको साना बालबालीकाहरुले दुःखेसो पोखे ।
फडिल एक जंगली फल भए पनि महाभारतका क्षेत्रका बारीहरुमा प्राय सवैको बारीमा फडिल भेट्न सकिन्छ । त्यतिकै बाँदरले खाएर खेर जाने फडिललाई बालबालीकाले सदुपयोग गरी पढाई खर्चसंगै घर खर्चको जोहो गरिरहेका छन् । त्यस क्षेत्रका बालबालीकाहरुले हरेक सिजनमा जंगली फल र फुल विक्रि गरेर राम्रो आम्दानी लिदै आएका छन् ।
विपि राजमार्गमा सवारीका साधनको चाँप बढेसंगै रतनचुरा र भिमेश्वरका बालबालिकाहरुले काफल, लालिगुराँस, अलचा, हलुवावेद लगाएतका जंगली फलफुल बेचेर आम्दानी लिदै आएका छन् ।


,

0 comments

Write Down Your Responses