Powered by Blogger.
रानीचुरीका किसान गाई भैंसीको मलमुत्र संकलनमा व्यस्त !

राजन गाउँले
रानिचुरी (सिन्धुली) ३१, असार । जिल्लाको रानीचुरी गाविस—५, धन्सारडाँडाका किसान चक्रबहादुर थिङ यतिवेला गाई गोरुको मलमुत्र संकलनमा व्यस्त छन् । 
उनी आफ्नै करेसा बारीमा लगाइएको झण्डै ६ कठ्ठा जमीनको तरकारी खेतीमा मलजलका लागि आफ्नो गोठमाबाट निस्कने गाई भैसीको मलमुत्र संकलनमा दैनिक व्यस्त हुने गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको सहयोगमा गाउँभरीनै सुधारीएको गोठ निर्माण र मलमुत्रसंकलन अभियान चलेपछि थिङपनि यस्तो व्यस्त हुन थालेका हुन् । 
गाई भंैसीको मलमुत्र तरकारी खेतीका लागि रासायनीक तथा जैविक दुवैमलको रुपमा काम गर्ने हुँदो रहेछ, थिङले भने, ‘गाउँमा सुरु भएको गोठसुधार कार्यक्रमबाट यस्तो जानकारी पाइयो । अहिले गोठ पनि सुधार गरेको छु । मलमुत्र पनि संकलन गर्दै बारीमा तरकारी खेतीपनि थालेको छु ।’
‘राम्रो आम्दानी हुने भएपछि हिजो आज दैनिक जसो खेतिपातीमै व्यस्त हुने गरेको छु,’ थिङले भने ।
थिङ जस्तै रानिचुरीका एक सय चालीस किसानको दैनिकी हिजोआज यस्तै हुने गरेको छ । दैनिक रुपमा संकलन हुने यस्तो मलमुत्र रसायनीक तथा जैविकमलको रुपमा तरकारी खेती तथा करेसाबारीमा प्रयोग गर्न सकिने नयाँ प्रविधि गाउँमा भित्रीएपछि यहाँका किसानहरु गाई भैसीको मलमुत्र संकलन र व्यवस्थापनमा लागेका हुन् । गाउँभरीका किसानहरु दैनिकरुपमा गोठसुधार तथा यसबाट फाईदा लिनका लागि गाई भैंसीको मलमुत्र संकलनमा व्यवस्त हुने गरेको अर्का किसान हेमलाल विक बताउँछन् ।
नेपाल सरकार कृषि विभागको सहयोगमा जिल्ला कृषि विकास कार्यालयले गाविसका दुई सय ५० किसानका लागि परम्परागत गोठलाई सुधार गर्न र मलमुत्र संकलनका लागि अनुदान सहयोग उपलब्ध गराएको थियो । गाविसमा एक सय ४० किसानले आफ्नो परम्परागत गोठलाई सुधार गरि सकेका छन् । गाविसमा अझै एक सय दश ओटा गोठ सुधारन बाँकी छ । 
यस्ता गोठहरु सुधार गर्नेकाम भइरहेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख होमराज विष्टले जानकारी दिए ।
विष्टले भने, ‘अहिले रानीचुरीका किसानहरु भकारो सुधार कार्यक्रम अन्तर्गत गोठ सुधार गरेपछि मल मात्रै हैन, चौपायाको सर–सफाइमा समेत वेस्त छन् । उनिहरु गाई भैसीको गोबर टिप्ने र मल दिने वित्तकै संकलन गर्ने गरेका छन् ।’
  यसरी संकलन गरिएको मलमुत्रबाट तरकारी तथा अन्यवालीमा प्रयोग गर्न सकिने कम्पोष्ट तथा  प्राङ्गारिक मल बनाउँन सकिने बालीसंरक्षण उनकोे भनाई छ । 
यस्तो मलको प्रयोगले कृषि बालीपनि सप्रदै जाने, किसानहरुलाई पनि गाई भैसीको कलमुत्र व्यवस्थापनमा सहज हुने र गाई भैसीको पनि सरसफाई हुने हुँदा गाविसका किसानहरु गोठ सुधार कार्यक्रमप्रति आकर्षीत भएको कार्यालयको बुझाई छ ।
कृषि विकास कार्यालयकाले दिएको जानकारी अनुसार एउटा गाई वा भैसीको गोबर, र मुत्रबाट १४ केजी पोटास, ९ केजी डिएपी र ७३ केजी यूरिया मल बराबर हुन्छ । गोठ सुधार योजनाबाट यस्तो मलको प्रयोग गर्दा रसायीनक मलको प्रयोगमा समेत कमी आई माटोको उर्वराशक्तिमा समेत कमी नआउँने कृषकहरुले बुझेका छन् ।
यस्तो मलमुत्रको प्रयोग गर्दा अन्य रसायनीक मलको आवश्यक पनि नपर्ने र कृषि बालीको उत्पादनमा समेत वृद्धि आउने कृषि प्राविधिकहरुको भनाई अनुसार यहाँका किसानहरु मलमुत्र संकलनसंगै तरकारी खेति तर्फ समेत लागि परेका छन् । 
गोठ सुधारका लागि कृषकलाइ पाँचहजार दुइसय अनुदान दिइने गरेको जनाइएको छ ।


, ,

0 comments

Write Down Your Responses