Powered by Blogger.
यस वर्षको दशै पनि भुक्पले क्षतिग्रस्त बनाएको घरमै

पिडित भन्छन, ‘दशै तिहार आयो तर खुसी आएन ।’ 

बुद्धकुमार आछामी 
सिन्धुली, १९ असोज । बिनासकारी भुकम्प गएको १८ महिना बितिसक्दा पनि सरकारले भुकम्प पिडितहरुलाई नयाँ घर निर्माणमा सहयोग गर्न नसक्दा यस वर्षको दशै तिहार पनि पिडितहरुले भुकम्पले क्षतिग्रस्त बनाएको घरभित्रै मनाउनु पर्ने भएको छ । 
दशैको आगमन सँगै गाउँ–गाउँमा यतिवेला मनभरि पिडा बोकेर भुकम्प पिडितहरु त्यहि चर्किएका घरहरु सिर्गान जुटिरहेका छन । भुकम्पले घर क्षतिग्रस्त बनाएको १८ महिना बितिसक्दा समेत सरकारी राहतको आशामा नयाँ घर निर्माण नगरेका पिडितहरु त्यहि घरमा दशै मनाउने तयारी गरिरहेका छन । 
झागाँझोली रातमाटा गाविसका भुकम्प पिडित हरिबहादुर श्रेष्ठ भन्छन, ‘भुकम्पले घर भत्काएर टहरोमा बसेको १८ महिना बित्यो, सरकारले घर बनाउन रकम दिन्छ भनेर घर पनि बनाएको छैन ।’ ‘दशै तिहार त आयो तर खुसी आएको छैन ’ उनले भने । 
भुकम्पले घर भत्काएपछि टहरामा जीवन चलाईरहेका हरिबहादुर जस्तै जिल्लाका हजारौं पिडित परिवारको समस्या यस्तै छ । पिडितहरुलाई सरकारले दिएको ५० हजार अनुदानले घर बनाउन भन्दा पनि दशै तिहार मनाउनका लागी खर्च जुटेकोमा भने पिडितहरु खुसी देखिन्छन । उनीहरुले केहि हप्ता अगाडिबाट मात्र ५० हजार अनुदान बुझेका छन । 
नयाँ घर बनाउन पहिलो किस्ता लिएका पिडितहरु दशै तिहार आएकाले खाद्ययान जोहो गर्न र दशै राम्रोसँग मनाउने तयारीमा जुटेको स्थानीयहरु बताउछन । जिल्लाको भुवनेश्वरी गाविसका स्थानीय कृष्ण प्रसाद पोखरेलले भने, ‘नयाँ घर बनाउन सुरु भएको छैन, दशै तिहार आएकाले गाउँमा पुरानै घरमा रंगरोगन गर्ने काम सुरु भएको छ ।’ घर रंगाएर दशै मनाउन सुरु भएपनि भुकम्पले छियाछिया पारेको मन सरकारले अझै रंगाउन नसकेकोमा भने उनले दुःख व्यक्त गरे । 
उता दसैँको समयमा रातोमाटो र कमेरोले लिपपोत गरी घरलाई चिटिक्क पार्ने नेपाली ग्रामीण परम्परा भए पनि ग्रामीण क्षेत्रका भुकम्प पिडितहरुले चर्किएका घरहरु रंगाउन रातोमाटो र कमेरो समेत पाइन छाडेको बताएका छन । 
नाङ्गा पाखा र डाँडा खोल्सामा पाइने रातोमाटो र कमेरो वन तथा पर्ती जग्गा समुदायलाई हस्तान्तरण भएपछि जङ्गलमा परिणत हुँदा ती ठाउँमा रातोमाटो र कमेरो पनि पाइन छोडेको र पाइए पनि सामुदायिक वन उपभोक्ता समितिले निकाल्न नदिने हुँदा दसैँको समयमा ग्रामीण बासिन्दालाई घर लिपपोत गर्न समस्या भएको हो ।
झाँगाझोली रातमाटा गाविस–१ रातमाटे डाँडाबाट विभिन्न गाउँका व्यक्तिले रातोमाटो लगी घर पोत्ने गरेकामा अहिले आएर उक्त स्थानमा पनि पहिलेको जस्तो राम्रो रातमाटो पाइन छोडेको झा.रा.गाविस वडा नं.–२ कि अप्सरा आचार्यले बताईन । 


, ,

0 comments

Write Down Your Responses