Powered by Blogger.
सिन्धुली बहुमुखी क्याम्पसको ओरालो यात्रा

बुदकुमार अाछामी
कमजोर व्यवस्थापन र चर्को राजनीतिकरणको सिकार
पृष्ठभुमी 
सिन्धुली बहुमुखी क्याम्पस जिल्लाकै पुरानो शैक्षिक धरोहर हो । यस्को स्थापना २०४१ सालमा समाजसेवी मोहनविक्रम थापाको महत्वपूर्ण सहयोग र अगुवाईमा भएको हो । जिल्लाकै पहिलो र पुरानो उच्च शिक्षा प्रदान गर्ने यो शैक्षिक थलोले ३२ वर्षे यात्रामा थुप्रै घटना व्यहोरेको छ । २०४१ देखी २०७३ साल सम्म आइपुग्दा क्याम्पसले आधा दर्जन बढी सञ्चालक समितिका अध्यक्ष पाएको छ । यस वीचमा ७ जना क्याम्पस प्रमुखले क्याम्पसको प्रशासनीक नेतृत्व गर्ने अवसर पाएका छन । यो क्याम्पसले हजारौं शैक्षिक जनशक्तिको उत्पादन गरेको छ । यो ऐतिहासीक सिन्धुली बहुमुखी क्याम्पसमा पछिल्लो समय व्यवस्थापन पक्ष, क्याम्पस प्रशासन, प्राध्यापक, र विद्यार्थीहरु वीचको टकरावका कारण भद्रगोल बन्दै गएको छ । 
कमजोर व्यवस्थापन पक्ष 
समाजसेवी मोहन विक्रम थापाको सहयोगमा २०४१ सालमा स्थापना भएको क्याम्पस दिगो हिसाबले सञ्चालन गर्दै त्यसलाई व्यस्थित गर्ने महत्वपूर्ण काम व्यवस्थापन पक्ष अर्थात सञ्चालक समिति कै हो । जहाँ बलियो व्यवस्थापन हुन्छ त्यहाँ मात्र एउँटा संस्था फल्न, फुल्न र हुर्कन सक्छ । तर विडम्बना क्याम्पसको दिगोविकासको बारेमा कुनै पनि सञ्चालक समितिले गर्न सकेन । दिगो आर्थिक श्रोतको व्यवस्था गर्ने काम कुनै समितिले आफ्नो दायीत्वको रुपमा ग्रहण गरेन जसको कारण माशिक १० लाख खर्च हुने क्याम्पसको दिगो आम्दानीको श्रोत ३२ वर्ष पछि सम्म पनि ३० हजार भन्दा माथि छैन । 
प्राध्यापक र कर्मचारी सहित ३८ जनालाई त्रिभुवन विश्वविद्यालय नियमावली अनुसार तलब भक्ता खुवाउने क्याम्पससँग विद्यार्थीसँगको माशिक शुल्क बाहेक अन्य आर्थिक श्रोत नै छैन । नेपाली सेना ९ नं.बाहिनीले प्रयोग गरीरहेको जग्गा सेनासँग फिर्ता लिएर उपयोग गरी दिगो आर्थिक श्रोतको निर्माण गर्न सक्ने हैसीयत कुनैपनि सञ्चालक समितिले राख्न समेत सकेको छैन । सामाजिक छवि र आर्थिक प्रगति गर्नका लागी अध्यक्ष पदको उपयोग गर्ने सञ्चालक समिति भन्दा अरु क्याम्पसले पाउन सकेन । 
नितीगत सुधार, दिगो आर्थिक श्रोतको जोहो, प्राज्ञिक स्वतन्त्रता जस्ता विषय कुनै पनि व्यवस्थापन समितिको महत्वको विषय बन्न सकेन । क्याम्पसमा बलियो भौतिक संरचनाको निर्माण त भयो तर बलियो संस्कार बन्न सकेन । 
पछिल्लो समय देशको राजनैतिक अस्थिरतासँगै सामाजिक संघ÷संस्था र शैक्षिक संस्थामा राजनैतिक भागवण्डाको आधारमा सञ्चालक समितिहरु बन्न थाले । सिन्धुलीमाढी सदरमुकाम भित्रका तिन ठुला क्याम्पसहरुमा काग्रेस, एमाले र माओवादी बीचको भागवण्डामा बन्यो । क्याम्पस सभा मार्फत होइन राजनैतिक सहमतिको आधारमा समितिहरु बनन् थाले । दलीय भागवण्डा र सहमतिको आधारमा बन्ने सञ्चालक समिति साघुरो राजनैतिक सोच, पार्टीगत स्वार्थ, व्यक्तिगत आकाक्षा भन्दा माथि उठेर काम गर्न सकेन । जस्को परीणाम आज जिल्लाकै पुरानो क्याम्पस झन झन ओरालो यात्रामा छ । 
सञ्चालक समितिका पदाधीकारीहरु कोही क्याम्पस बनाउने नाममा कमाउन चाहन्थे, कोहि क्याम्पसलाई धरापमा पारेर रमाउन चाहन्थे । कोहि कमाउने र रमाउने दुवैलाई थर्काउँदै आफ्नो स्वार्थ शिद्ध गर्न चाहन्थे । २०७३ माघमा राजनैतिक सहमतिको आधारमा काठमाडौ विश्व विद्यालयका पुर्व उपकुलपति डा.सुरेशराज शर्माको अध्यक्षतामा जम्बो सञ्चालक समिति बन्यो । राजनैतिक पार्टीका जिल्ला अध्यक्ष सहित जिम्मेवार नेताहरु समेत सञ्चालक समितिमा जोडिए । अब क्याम्पसले नयाँ गति लिने र सुधारका कार्यहरु हुने अपेक्षा सवैले गरेका थिए तर विडम्बना त्यो आशा सञ्चालक समितिले समेत पुरा गर्न सकेन । क्याम्पसमा झन बढी अस्थिरता र अन्यौलत सुरु हुँदै गयो । सञ्चालक समितिले आर्थिक श्रोत जम्मा गर्ने हैसीयत राख्न सकेन बरु क्याम्पस विद्यानमा संशोधन गरी उपदान कटौती गर्ने प्रयास सुरु ग¥यो । व्यवस्थापन पक्षकै कमजोरीका कारण प्राध्यापकहरु महिनौ देखी क्याम्पस जादैनन् । गएपनि आफ्नो डियूटी पुरा गर्दैनन् । क्याम्पसको क्यान्टीनमै जाड पार्टी चलाउछन र कुर्सी हानाहानको अवस्थामा पुग्छन । यो लाजमर्दो अवस्थाको सिर्जना हुनुको कारण व्यवस्थापनकै प्रमुख कमजोरी हो ।  
यसरी सुरु भयो प्राध्यापकहरुको राजिनामा प्रकरण 
विभिन्न् राजनैतिक पार्टी र नेताहरुको स्वार्थका कारण जब २०७३ माघमा डा.शुरेसराज शर्माको नेतृत्वमा क्याम्पस सञ्चालक समिति बन्यो । त्यहि समय देखी क्याम्पसका चर्को राजनीतिकरणले प्रवेश पायो । सञ्चालक समितिले क्याम्पस विद्यान संशोधनको तयारी गरी प्राध्यापक तथा कर्मचारीहरुको उपदान कटौतीको निर्णय अगाडि बढायो । उक्त निर्णय क्याम्पसको हितमा भएपनि प्राध्यापक तथा कर्मचारीहरुको हित विपरीत थियो । उपदान कटौतीको निर्णय गर्ने विषयमा क्याम्पस प्रमुख मिमप्रसाद घिमिरेले सञ्चालक समितिलाई सहयोग गरेको भन्दै आफैले बनाएको क्याम्पस प्रमुखको राजिनामा माग गर्दै २२ जना प्राध्यापक तथा कर्मचारीहरुले सयुक्त राजिनामा दिए । विषय क्याम्पस प्रमुखको उठाए पनि आन्दोलन डा.शुरेसराज शर्मा नेतृत्वको सञ्चालक समितिका विरुद्ध थियो । प्राध्यापकहरु सञ्चालक समितिले क्याम्पस विद्यान संशोधन नगरोस भन्ने कुरामै केन्द्रित थिए । 
क्याम्पस प्रमुखको राजिनामा माग पछि प्रमुख मिमप्रसाद घिमिरेले पनि प्रमुखबाट राजिनामा दिए तर लामो समय राजिनामा स्वीकृत हुन सकेन । राजिनामा स्वीकृत गर्ने निर्णय लेखियो तर बहुमत सदस्यहरुले अहिले पनि हस्ताक्षर गरेका छैनन् । प्राध्यापकहरु घिमिरेलाई हटाएर पुर्व क्याम्पस प्रमुख शारदामणी खड्कालाई क्याम्पस प्रमुख बनाउनु पर्ने माग गरीरहेका छन तर व्यवस्थापन समितिमा सहमति जुट्न सकेको छैन । कारण माओवादी केन्द्र र नेपाली काग्रेस मान्ने पक्षमा छैनन् । 
क्याम्पस प्रमुखको राजिनामा स्वीकृत गरेर अर्को क्याम्पस प्रमुख बनाउँदैमा क्याम्पसको समस्या हल हुने संभावना पनि छैन । प्राध्यापकहरु क्याम्पसलाई सधै अस्थिरतामा राखेर व्यवस्थापन समितिले गर्न लागेको उपदान कटौतीको निर्णयलाई प्रभावित पार्न चाहन्छन । प्राध्यापकहरुको आन्दोलनको मुल विषय क्याम्पस प्रमुखसँग होइन विद्यान सशोधन गर्न खोज्ने व्यवस्थापन समितिसँग हो । प्राध्यापकहरु सिधा रुपमा डा.सुरेशराज शर्मा र राजनैतिक पार्टीका जिम्मेवार नेताहरुनै जोडिएका कारण व्यवस्थापन समितिको विरुद्ध आन्दोलनमा जान नसकेको मात्र हो । 
दिगो आर्थिक श्रोतको अभाव 
क्याम्पसको दिगो आर्थिक आम्दानीको श्रोत विद्यार्थीको भर्ना शुल्क र माशिक शुल्क बाहेक अरु छैन । स्टल बजारमा रहेको २ वटा सटर र अस्पतालको सटरमा एउँटा सटरबाट माशिक ३० हजार पनि आम्दानी हुँदैन । मालपोत, नागरीकता फारम, बन उपभोक्ता समिति मार्फत आउने रकम पनि बन्द भइसकेको छ । प्राध्यापक, कर्मचारीको तलबमा मात्र झण्डै माशिक १० लाख खर्च गर्ने क्याम्पसको विगत १ वर्ष देखी आम्दानीको अरु कुनै श्रोत नै छैन भने विद्यार्थी संख्या घटेर झण्डै ४ सयमा पुगेको अवस्था थियो । अहिले ८ सयको हाराहारीमा मात्र विद्यार्थी संख्या छ । प्रमाणपत्र तहमा तिन सयँ देखी ३ सय ५०, स्नातक तहमा पाँच सँय देखी ६ सय र स्नाकोत्तर तहमा ८ सय देखी १ हजार सम्म माशीक शुल्क छ । त्यसको भरमा ३८ जना प्राध्यापक तथा कर्मचारीको तलब र प्रशासन चलाउन पुग्ने अवस्था छैन । क्याम्पस श्रोतकै अनुसार सात महिना देखी प्राध्यापकले तलब खान पाएका छैनन्, १५ महिना देखी सञ्चयकोषको पैसा गएको छैन भने ९ महिना देखी नागरिक लगानी कोषको पैसा जम्मा भएको छैन । तलब मात्र खुवाउन पनि तत्काल झण्डै १ करोड रकम चाहिन्छ तर क्याम्पसँग कुनै आर्थिक आम्दानीको श्रोत छैन । दिगो आर्थिक आम्दानीको श्रोत नहुँदा क्याम्पस बन्द गर्नुपर्ने अवस्थानै सिर्जना हुन लागेको छ । 
घट्दो विद्यार्थी संख्या 
राजनैतिक अस्थिरता र बढ्दो बेरोजगारीका कारण पछिल्लो समय उच्च शिक्षा र शिक्षालयहरुमा विद्यार्थी संख्या घटिरहेको छ कुनै समय झण्डै तिन हजार विद्यार्थी भएको सिन्धुली बहुमुखी क्याम्पसमा अहिले आठसँयमा झरेको छ । विद्यार्थी घट्नुको पहिलो कारण क्याम्पसको कमजोर व्यवस्थापन, प्रशासन र विद्यार्थी संगठनहरुको चर्को राजनीतिकरण नै हो । विद्यार्थी संख्या घटेपछि स्वभाविक रुपमा क्याम्पसको आर्थिक अवस्था कमजोर हुँदै गएको छ । उहि परीणामको प्राध्यापकहरु पाल्नुपर्ने बाध्यता छ तर श्रोत विस्तारै घट्दै गएको छ । मुख्य क्याम्पस सञ्चालनको श्रोतनै विद्यार्थी भएको अवस्थामा विद्यार्थी नहुँदा आर्थिक रुपमा क्याम्पस कमजोर बन्दै गएको छ । उता क्याम्पसमा राजनीति गर्ने विद्यार्थी संगठनहरुको भुमीका पनि खासै प्रभावकारी हुन सकेन । सञ्चालक समितिले आधिकारीक यूनियन स्ववियू निर्वाचन गराउन नसक्दा विद्यार्थी संगठनका नेताहरुको मनोमानी नै चलेको छ । क्याम्पसको हरेक पक्षको खवरदारी गर्दै विद्यार्थीहरुको पढ्न पाउने अधिकारको रक्षा गर्नुपर्ने विद्यार्थी संगठन ६ महिना देखी विद्यार्थीले पढ्न नपाउँदा रमिता नै हेरिरहेको देखियो । विद्यार्थीहरु स्वतस्र्फुत रुपमा पढ्न पाउनुपर्यो भन्दै आन्दोलनमा उत्रने अवस्था आयो तर विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएनन् । 
अन्त्यमा 
सिन्धुली बहुमुखी क्याम्पस सवैको हो । यसलाई फेरिपनि जिल्लाकै पहिचानको रुपमा विकास गर्न सवै एकजुट भएर लाग्नै पर्छ । रुपान्तरण जरुरी छ तर एउँटा पक्षको मात्र होइन सवैपक्षको रुपान्तरणले नै क्याम्पसलाई नयाँ ठाउँमा पु¥याउन सक्छ । व्यवस्थापन पक्षले दिगो आर्थिक श्रोतको खोजी गर्दै क्याम्पसको भविष्यको बारेमा गम्भीर भएर सोच्नै पर्छ । सञ्चालक समितिमा जोडिएका राजनैतिक पार्टीहरु पार्टीगत स्वार्थभन्दा निक्कै माथि उठ्नु पर्छ । अनिमात्र कुशल व्यवस्थापनको भुमीका निर्वाह हुन सक्छ । 
प्राध्यापकहरुका कतिपय मागहरु जायज होलान, पेशागत सुरक्षा र अधिकारको कुराहरु पनि होलान तर क्याम्पसको भविष्यमा नै आफ्नो सुन्दर भविष्य देख्न सक्नु पर्छ । प्राध्यापकहरुले पनि आफ्ना कतिपय खराब आचरण र बानी व्यहोरा त्याग्नु पर्छ । प्राज्ञिक मर्यादालाई भुल्नु हुँदैन ।
विद्यार्थी संगठनहरुले सधै क्याम्पसमा खबरदारी गर्ने तप्काको रुपमा भुमीका निर्वाह गर्नुपर्छ । क्याम्पसको सक्ता वरीपरी घुमेर अवसर लिने होइन त्यो सक्ता सञ्चालकलाई खबरदारी गर्दै हजारौं विद्यार्थीहरुको मन जित्ने हो । विद्यार्थी संगठनहरु एकजुट भएर स्ववियू स्थापना गर्न तिर लाग्नु पर्छ जस्ले गर्दा एउँटा सस्कारको विकास हुन्छ । 
सवै पक्षले आफुलाई रुपान्तरण गर्ने र आफ्नो कमिकमजोरीहरु प्रति आत्मालोचना गर्दै अगाडि बढ्ने हो भने सिन्धुली बहुमुखी क्याम्पस साच्चै हाम्रो शान र गौरबको संस्थाको रुपमा स्थापित हुन सक्छ । यस तर्फ सवैको ध्यान जाओस ।
लेखक आछामी प्रेस सेन्टर नेपाल जिल्ला शाखा सिन्धुलीका अध्यक्ष हुनुहुन्छ ।  
फाेन न‌‍ ९८४४२९२५४९



,

0 comments

Write Down Your Responses