Powered by Blogger.
मलाई विश्वास छ विद्यार्थी साथीहरुको अगाध मायाँ र विश्वासले हाम्रो प्यानल विजयी हुनेछ - नबराज कार्की


सिङ्गो देश यतिवेला स्ववियू निर्वाचनको माहोलले तातिएको छ । देशको राजनैतिक अस्थीरताको कारण पटक—पटक स्थगीत हुँदै आएको स्ववियू चुनाब यस वर्ष पनि फेरि अनिश्चित त हुने होइन भन्ने संका पनि कायमै छ । तरपनि विद्यार्थी संगठनहरु स्ववियूमा आ—आफ्नो जितलाई सुनिश्चित गर्न निक्कै क्रियाशिल भएर मैदानमा उत्रिएका छन । मोफसल सँगै राजधानीका क्याम्पसमा चुनाबको रौनक बढी नै देखिएको छ । 
प्रस्तुत छ सिन्धुली सित्तलपार्टी स्थायी घर भई कोटेश्वर बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी)को तर्फबाट स्ववियू सभापतिको रुपमा चुनाबि मैदानमा उत्रिएका नबराज कार्कीसँग विजयकिल्लाले गरेको संक्षिप्त कुराकानी । 

स्ववियू चुनाबको तयारी कस्तो छ ? 

विद्यार्थीहरुको साझा संस्थाको रुपमा रहेको स्ववियू प्रत्येक दुई बर्ष मा हुनुपर्ने भएपनि राजनैतिक अस्थीरताका कारण २०६५ साल देखि क्याम्पसमा स्ववियू स्थापना हुन सकेको छैन । लामो समय पछि स्ववियू हुन लाग्दा खुसी लागेको छ र अखिल(क्रान्तिकारी)को नेतृत्व गर्दै कोटेश्वर क्याम्पसमा सभापतिको उमेदवार बनेपछि चुनौति पनि उत्तिकै थपिएको म आफुले महसुस गरेको छु । हाम्रो प्यानलको जितलाई सुनिश्चित गर्न हामी अहोरात्र खटिरहेका छौं । हामी चुनाब जितेरै छाड्छौं भन्ने आत्मविश्वास हामीमा पैदा भइरहेको छ । हामी   नियमित  र बौद्धिक  विद्यार्थी  बीचमा  छौ  साथै  विद्यार्थी   बीचमा  निकै  लोकप्रिय  छौ  । 

फेरिपनि स्ववियू चुनाव स्थगित गर्ने चर्चा छ ? 

स्ववियू चुनाब स्थगित हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो । यसपटक पनि स्ववियू निर्वाचन स्थगीत गरियो भने देशैभरका क्याम्पसहरुमा उच्च शिक्षा हासील गर्न मेहनत गरिरहेका युवा विद्यार्थीहरुको मनोबल कमजोर बन्छ । त्रिभुवन विश्व विद्यालय र राज्य प्रतिनै युवा विद्यार्थीहरुको विश्वास कमजोर बन्छ । विद्यार्थीहरुको लागी मात्र होइन त्रिवि र राज्यले आफ्नो लागी पनि चुनाब गराएरै जानुपर्छ । अनेक बाहानामा टारिदै आएको स्ववियू निर्वाचन यसपटक पनि षड्यन्त्रकारीहरुको कुनियतको सिकार बन्नु हुँदैन भन्ने हाम्रो मान्यता हो । मलाई विश्वास छ सरकार र त्रिविले फाल्गुण १४ मै चुनाब गराउछ । 

नबराज कार्कीनै स्ववियू सभापति चाँहि किन ? 

म इकाई  अध्यक्ष  हुँदा  पनि  विद्यार्थीहरुका हरेक  समस्या  मा निरन्तर छु हामीले  स्नातक  अध्यन  गर्ने विद्यार्थीहरुलाइ विद्यार्थी  बित्तीय  कोषबाट २७, ३६०००   बितरण गर्न सफल भयौं  । हिजो   सबै विद्यार्थी  संगठनहरु  सुनसान  थिए  आज  चुनावमा  कार्यतालिका  आएपछी गेटमा आएर विद्यार्थीलाई  विभिन्न भ्रम  छर्दै   झुठो  आश्वासन  दिदै आएको कुरा विद्यार्थी साथीहरुले  राम्रोसँग बुझ्नु भएको छ । 

तपाई स्ववियू सभापतीमा विजयी भएपछि के—के गर्नुहुन्छ ? 

म सिन्धुलीबाट काठमाडौ आएर विद्यार्थी राजनीति गरेको ६ बर्ष भयो । अखिल(क्रान्तिकारी)मा आवद्ध भएर कोटेश्वर क्याम्पसको दुई कार्यकाल एकाई अध्यक्ष भएर काम गर्ने अवसर समेत प्राप्त गरिसकेको छु । मलाई लाग्छ म सधै विद्यार्थीहरुको वीचमा रहेर विद्यार्थी साथीहरुकै लागी काम गरिरहेको छु र क्याम्पस प्रशासनले गरेको नराम्रा गतिविधीहरुको खवरदारी गरिरहेको छु । हिजो जुन हिसाबले विद्यार्थीहरुको लागी क्रियाशिल भए स्ववियू सभापति बनिसकेपछि पनि क्याम्पसलाई साच्चै नयाँ बनाउन अझ मेहनत साथ लाग्ने प्रतिबद्धता गर्दछु । हामीले क्याम्पस  मा भएका समस्या हरुलाई  भर्खर   क्याम्पस  प्रमुख  सामु ज्ञापनपत्र समेत   बुझाएका छौ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ? 
 अखिल (क्रान्तिकारी)  शिक्षित, बौद्धिक, सिर्जनशिल  र नियमित विद्यार्थीहरुको  जमात  हो । जो  नियमित  क्याम्पस  आउछन्   उहाँहरुले राम्रोसँग  हामिलाई बुझ्नुभएको छ । स्ववियू निर्वाचन  समयमा  हुन नसक्दा  एकातिर  शैक्षिक  क्षेत्र  अस्तब्यस्त भएकोछ  साथै  सचेत  विद्यार्थी  समुदायको  नेतृत्व बिकासको ढोका  बन्द भएको छ । त्यसैले चुनाब स्थगित हुनुहुँदैन । राजनीति पेशा हैन सेवा  हो । म नियमित  विद्यार्थी माझ  सक्रिय भएर रहने संकल्प गर्दछु । मलाई विश्वास छ विद्यार्थी साथीहरुको अगाध मायाँ र विश्वासले हाम्रो प्यानल विजयी हुनेछ । सवैलाई यसपटक कोटेश्वर क्याम्पसमा अखिल(क्रान्तिकारी) र नबराज कार्कीलाई विजयी गराउन सहयोगको अपिल गर्दछु ।  


,

0 comments

Write Down Your Responses