Powered by Blogger.
नेपाल भारत विचको सम्बन्ध प्रगाढ छ - राजदुत रे

सिन्धुली ५, फागुन । नेपालका लागि भारतीय राजदुत रणजीत रेले नेपाल भारतको सम्बन्ध प्रगाढ रहेको जनाएका छन् । बिहिबार सिन्धुलीमाढीमा सिन्धुली कम्यूनिटी टेक्नीकल इन्स्सीच्यूटको नवनिर्मीत भवनको उद्घाटन गर्ने क्रममा राजदुत रेले नेपालको राजनीति र विकास दुबैमा भारतको सम्बन्ध प्रगाढ रहेको जनाएका हुन् ।
भारत सरकारले नेपालको विकासका लागि सबै क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै उनले आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाए । ‘नेपाल भारतको सम्बन्ध पुरानो छ उनले भने, ‘हामी यो सम्बन्ध नागरीक स्तरसम्म पु¥याउन तयार छौं ।’ 
नेपालको राजनीतिका बारेमा बोल्न नचाहेका राजदुत रेले सामाजिक विकासमा भने सक्दो सहयोग गर्ने जनाए । नेपालका विद्यालय, स्वास्थ्यचौकीको भवन निर्माणदेखी एम्बुलेन्स सहयोगका साथै अन्य विविध क्षेत्रमा आफुहरु सहयोग गर्न तयार रहेको उनको भनाई छ । 
नेपालमा कृषि, पर्यटन, हाइड्रोपावरको क्षेत्रमा विकासको ठुलो सम्भावना भएकाले भारत त्यस्तो क्षेत्रमा सहयोग गर्न समेत तयार रहेको जनाए । भारतले नेपालको शिक्षा क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर काम गरेको छ । शिक्षाले नेपालीमा स्वोरोजगार बन्न मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे ।
  कार्यक्रममा छोटो समय बोलेका राजदुत रेले जिल्लामा सञ्चालीत सिन्धुली कम्यूनिटी टेक्नीकल इन्स्सीच्यूटको नयाँ अत्याधुनिक भवन निर्माणका लागि ४ करोड ४१ लाख ३२ हजार ६ सय रुपैयाँ भारतीय राजदुताबासले सहयोग गर्ने उद्घोष समेत गरे । 
बनेपा—सिन्धुली—बर्दीवास (विपी राजमार्ग) हुँदै सिन्धुलीमाढी आइपुगेका रेले वीपी राजमार्गको पहिलो पटक यात्रा गर्न पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गरे ।
कार्यक्रममा स्थानीय राजनीतिक दलहरुको तर्फबाट बोल्दै नेपाली कांग्रेस सिन्धुलीका सचिव दिपक घिमिरेले नेपालको विकासमा भारतको ठुलो हात रहेको भन्दै सिन्धुली कम्यूनिटी टेक्नीकल इन्स्सीच्यूटको विकासका लागि सक्दो सहयोग गर्न आग्रह गरे ।
उता स्थानीय विकास अधिकारी शिव प्रसाद हुमागाँइले भारतको सहयोग नेपालका लागि विकासमा कोशेढुङ्गा सावित बन्दै गएको जनाए । 
यसैविच बिहिबारनै सिन्धुली कम्यूनिटी टेक्नीकल इन्स्च्यूटका लागि भारतीय राजदुत रेले सहयोग दिने भनेको ४ करोड ४१ लाख ३२ हजार ६ सय रुपैयाँ सहयोग पत्रमा हस्ताक्षर भएको छ । भारतीय राजदुतावासका द्धितिय सचिव ज्ञानविर सिं, स्थानीय विकास अधिकारी हुमागाँइ र इन्स्सीच्यूटका प्रिन्सीपल अम्बरदिप देवकोटाले सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरेका हुन् । आगामी पन्द्र महिना भित्र निर्माण सम्पन्न गर्नेगरी उक्त सम्झौता भएको हो ।
इन्स्सीच्यूटका अध्यक्ष तथा प्रध्यापक डाक्टर शुरेरराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष प्रेम लस्करी, प्रध्यापक लोकविक्रम थापा लगायतले नेपालको विकासका लागि शुभकमाना राखेका थिए । 
२०७१ सालबाट जिल्लामा सञ्चालीत इन्स्सीच्यूटमा डिप्लोमा सिभिल इन्जीनियरमा १ सय ४० जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।
यसैविच भारतीय राजदुत रेसंग जिल्लाकै पुरानो क्याम्पस कमला साइन्स क्याम्पसका लागि छात्रबास निर्माण सहयोग गरिदिन क्याम्पसका अध्यक्ष राजकुमार कार्कीले माग पत्र समेत पेश गरेका छन् ।



, ,

0 comments

Write Down Your Responses