Powered by Blogger.
पुर्व मन्त्रीद्धारा कृषि उपज संकलन केन्द्रको उदघाटन



सिन्धुली, २६ माघ । पुर्व कृषि मन्त्री हरिबोल गजुरेलले एक समारोह बीच आज सिन्धुलीको भद्रकाली—९ मा निर्माण गरिएको कृषि उपज संकलन केन्द्रको उदघाटन गरेका छन । 
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको ५ लाख लगानीमा निर्माण गरिएको कृषि उपज केन्द्रको भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै पुर्व मन्त्री गजुरेलले स्थानीय कृषकहरुलाई केन्द्रले महत्वपूर्ण सहयोग पुग्ने र कृषकहरुको जिवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिसचन्द्र देवकोटा, जिल्ला कृषि विकास कार्यालयका प्रमुख होमराज विष्ट, कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष नरेश देवकोटा लगायतको उपस्थिती रहेको थियो ।
केन्द्रमा स्थानीय कृषकहरुले उत्पादन गरेका बस्तुहरु संकलन तथा बिक्रि गरिने छ । उक्त भवन निर्माणका  स्थानीय विष्णुमायाँ लामा र धन बहादुर थिङले सात ÷सात धुर जग्गा दान गरेका थिए । भवन उदघाटनको अवसरमा उनीहरुलाई सम्मान समेत गरिएको छ । भवनको निर्माणले आफुहरुको उत्पादनलाई बजारीकरण गर्न महत्वपूर्ण हुने स्थानीय निर्मला गौतमले बताईन ।


, ,

0 comments

Write Down Your Responses