Powered by Blogger.
सिन्धुलीमा पुनर्निर्माण सुस्त

३४ हजारमध्ये ३ हजार मात्र घर निर्माण सुरु
बुद्धकुमार आछामी 
सिन्धुली, ३० जेठ । सरकारले भुकम्प पीडितहरुको घर निर्माणका लागि अनुदान दिने घोषणा गरेपनि स्थानीयस्तरमा यसको प्रभाव न्यून देखिएको छ ।  अनुदानका लागि सरकारले किस्ताबन्दी गरेसँगै दोस्रो किस्ता लिनेको संख्या अहिलेसम्म सिन्धुलीमा न्यून छ ।
जिल्लामा घर निर्माण शुरु गरेका भूकम्प पीडित मध्ये १ हजार १ सय ८५ लाभग्राहीले मात्र दोस्रो किस्ताको रकम प्राप्त गरेकाले पनि पुर्न्निर्माणको काममा ढिलाई भएको पुष्टि भएको छ । पुर्न निर्माणका लागि सरकारी मापदण्ड र अनुदान लिने झन्झटिलो प्रकृयाका कारण पीडितहरुले घर बनाउन नसकेको बताएका छन् । 
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्यव समितिको सचिवालय सिन्धुलीका अनुसार जिल्लाका  ३४ हजार २ सय ७० लाभग्राही मध्ये २९ हजार १ सय ५१ लभग्राहीले पहिलो किस्ता रकम प्राप्त गरीसकेका छन तर घर निर्माणको काम भने ३ हजार जतिले मात्र सुरु गरेका छन । सचिवालयले अहिले सम्म २ हजार ६ सय ३१ लाई दोश्रो किस्ता र १ सय ३२ लाई तेश्रो किस्ता अनुदानको लागी सिफारिस गरेको छ । 
सम्झौता भएका ३० हजार २ सय १६ मध्ये २९ हजार १ सय ५१ जनाले नै पहिलो किस्ताबापतको रकम लिएपनि नगन्यले मात्रै घर निर्माण शुरु गरेका छन् । दक्ष कामदार, इञ्जिनियरको कमि, पानी, काठ र निर्माण सामाग्रीको अभाव र प्राविधिक ज्ञानको कमिको कारण पुनर्निर्माणले गति लिन नसकेको भुकम्प पीडितहरु बताउँछन् ।
स्थानीय तहमा खटिएका ईञ्जिनियरले भुकम्पप्रतिरोधी सिफारिस गरेर शहरी विकास तथा भवन निमार्ण डिभिजन कार्यालयको प्राविधिक सुवरिवेक्षण टोलीले प्रमाणित गरेपछि मात्रै जिल्ला आयोजना कार्यान्वयन इकाइ मार्फत दोस्रो किस्ता वितरण हुन्छ । गुणस्तर र प्रविधि बमोजिम अन्तिम तह सम्मको निर्माण सम्पन्न भएपछि शहरी विकास मन्त्रालय अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईले तोकिएको प्राविधिकबाट प्रमाणित भएपछि दोस्रो किस्ताको रकम पीडितको खातामा राख्ने निर्देशिकामा उल्लेख छ । प्रमाणिकरणको लागि जिल्लामा इञ्जिनियरको टोली खटिएको भएपनि स्थानिय स्त्तरमा पुर्ननिर्माणको काम सोचे जस्तो उत्साहका साथ चलेको देखिदैन । 
सरकारी नियमअनुसार लाभग्राहीले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख पचास हजार र तेस्रो किस्तामा थप एक लाख गरी तीन लाख पाउने व्यवस्था छ । पहिलो किस्ताका लागि जुन उत्साह देखिन्थ्यो त्यो अहिले नरहेको स्पष्ठ छ । अधिंकास न्यून आर्थिक स्त्तर भएका ग्रामिण क्षेत्रका भुकम्प पीडितहरु महंगो निर्माण सामाग्री प्रयोग गरेर भुकम्प प्रतिरोधात्मक घर बनाउन सक्ने अवस्थामा देखिदैनन् । सरकारले उपलब्ध गराएको पहिलो किस्ताको रकम अधिंकाश पीडितहरुले घर निर्माणभन्दा अन्यत्रै खर्च गरिसकेका छन् । 
भुकम्प पिडितहरुको गुनासो फ्छयौटमा पनि निक्कै सुस्तता देखिएको छ । जिल्लामा २५ हजार ५ सय ३८ गुनासाहरु संकलन भएपनि हाल सम्म २ सय ९९ गुनासाहरु मात्र फ्छयौट भएको कार्यालयले जनाएको छ । 



, ,

1 comments

मापदण्डअनुसार बनाउदा घरैभन्दैन अनि कसरी बनाउ्न त नि

Write Down Your Responses