Powered by Blogger.
सिन्धुलीका ९ तहमा ९४ दलित निर्वाचित

राजनीतिक पहुँचमा दलित समुदाय

सिन्धुलीको फिक्कल गाउँपालिका १ र ६ मा वडाध्यक्षमा निर्वाचित चेत बहादुर विक र खड्ग नेपाली 

सिन्धुली १९, जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट सिन्धुलीका विभिन्न ९ वटा तहमा जिल्लाका ९४ जना दलितहरुले राजनीतिक नेतृत्वको अवसर पाएका छन् । २ वडा अध्यक्ष सहित ९४ जना सदस्य पदमा निर्वाचीत हुँदै उनीहरुले गाउँ तथा वडामा दलित समुदायबाट नेतृत्व गर्ने सौभाग्य पाएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार सक्रिय राजनीतिमा रहेका देखि घरदैलो र चुलो चौकामा सिमित दलितहरु स्थानीय तहको निर्वाचनपछि सक्रिय राजनीतिमा आएका हुन । जिल्लाको दुई नगरपालिका र सात वटा गाउँपालिकामा गरी रहेका ७९ वटा वडा मध्ये २ वटा वडामा वडा अध्यक्ष र ७९ वटा वडामा दलित महिला सदस्य निर्वाचित भएका छन् । 
यस्तै खुल्ला सदस्यमा जिल्लाका ३ जना पुरुष दलित र गाउँ तथा नगर कार्यापालिकामा १० जना पुरुष दलित गरी जम्मा ९४ जना दलित महिला तथा पुुरुषहरु दलित समुदायको नेतृत्व गर्दै निर्वाचीत प्रतिनीधिका रुपमा सक्रिय छन् ।
जिल्लाको फिक्कल गाउँपालिका १ र ६ नम्बर वडाको नेतृत्वनै दलितले पाएका छन् । १ नम्बर वडामा नेपाली कांग्रेसबाट चेत बहादुर विक र ६ नबर वडामा नेपाली कांग्रेसकै तर्फबाट खड्ग नेपाली वडा अध्यक्षमा विजयी भएका छन । उता सुनकोसी गाउँपालिका ५ बाट खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रबाट हिराबहादुर दमाई, फिक्लल गाउँपालिका २ मा खुल्ला सदस्यमानै एमालेबाट दानबहादुर विक र कमलामाई नगरपालिका १४ मा खुल्ला सदस्यमानै नेपाली कांग्रेसबाट राजबहादुर कामी विजयी भएका छन ।
जिल्लाका ७९ वटा वडामा ७९ जना महिला दलितहरु नीर्वाचित छन भने, प्रत्येक नगर तथा गाउँपालिका सभाबाट एक÷एकजना गरी ९ र तिनपाटन गाउँपालिकामा एमालेबाट थप एक जना गरी १० जना निर्वाचित दलको सिफारीसमा दलित सदस्य विजयी भएका छन ।
स्थानीय तहको निर्वाचनबाट आफु वडाध्यक्षमा निर्वाचित भएसंगै जिम्मेवारी र चुनौती दुबै थपिएको फिक्ल गाउँपालिका १ का वडाध्यक्ष चेत बहादुर विक बताउँछन । ‘लामो सयमसम्म स्थानीय तहमा जनप्रतिनीधि बिहीन भएको अवस्थामा आफुले निर्वाचीत भएर गर्नु पर्ने कामहरु धरै भएकाले जिम्मेवारी र चुनौती दुबै थपीएको छ,’ उनले भने ।

सिन्धुलीको विभिन्न् स्थानीय तहमा गाउँ तथा नगरसभाबाट निर्वाचित दलित नेताहरु । 

क्रमश चेत बहादुर विक, सन्तोष विक, केशब सुन्दार र रण बहादुर सार्की 


आफु नीर्वाचित भएपछि आफ्नो वडा तथा गाउँलाई नमुना बनाउँनका लागि पाँच वर्षे अल्पकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने योजना बनाएको उनी बताउछन । 
आफु निर्वाचित वडा तथा सिंगो गाउँपालिकामै अझैपनि धेरै दलित महिला पिछडीएको वर्ग भएकाले उनिहरुलाई प्रौढ कक्षा, सिपमुलक तालिम, आयआर्जनका गतीविधिहरु सञ्चालन गर्ने योजना बनाएको अर्का निर्वाचित वडाध्यक्ष खड्ग नेपालीको भनाई छ ।
‘यसका लागि गाउँका अग्रज दलित नेता, वुद्धिजिवी तथा राजनीतिक नेतृत्वसंग छलफल गरेर अघिबढ्नेछु,’ उनले भने ।
कमलामाई नगरपालिका ३ जलकन्या चपौलीकी हिराकुमारी सार्कीले आफ्नो जितसंगै जिम्मेवारी बोध गरेकी छिन । नेकपा एमालेबाट वडामा दलित महिला सदस्यमा उमेदवारी दिएकी सार्की भारी मतले विजयी भएकी हुन । आफु विजयी वडालाई समृद्ध गाउँ र पर्यटकीय क्षेत्र बनाउँने उनको योजना रहेको छ ।
जिल्लाको ऐतिहासिक स्थल सिन्धुलीगढीपनि यहिँ वडामा पर्छ । ‘सुन्दर गाउँको परिकल्पना गर्दै गढी क्षेत्रको विकासले जिल्लाकै नमुना वडाका रुपमा विकास गर्न दलित समुदायबाट महत्वपूर्ण भुमिका खेल्न सकिने छ,’ उनले भनिन ।
आफ्नो वडालाई जातीय छुवाछुत मुक्त वडा बनाउन दिर्घकालीन योजना बनाएर काम गर्ने उनको योजना छ । आर्थीक स्रोत साधनले भ्याइएसम्म आफ्नो वडाका दलित बस्तिहरुमा शिक्षा, बाटो, विद्युत, खानेपानी जस्ता विकासका पूर्वधारहरु निर्माणमा जोड दिने उनले बताइन ।
स्थानीय तह निर्वाचन ऐन २०७३ ले राजनीतिक दलले उमेदवारी मनोनयन गर्दा प्रमुख÷उपप्रमुख मध्य एक महिला र वडाका सदस्यहरुका लागि अनिर्वाय एक जना दलित महिला हुनुपर्ने व्यवस्था गरेको छ ।
जिल्लाका तिन ठुला दलहरुसंगै साना र स्वतन्त्र गरी ३ सय ९५ जनाबढी दलित तथा दलित महिलाहरु चुनावी मैदानमा थिए । तर, उनिहरु मध्ये ९४ जनाले स्थानीय तहको निर्वाचनमा नेतृत्व गर्ने अवसर पाएका छन ।


, ,

0 comments

Write Down Your Responses