Powered by Blogger.
सम्पन्न निर्वाचन परिणाम र नयाँ शत्तिकाे भविश्य



सुरद वहादुरस्याङतान (वृहत)

        नयाँ संविधान कार्यन्वयको पहिलो खुटकिलाको रुपमा स्थानिय तहको निर्वाचन गर्ने सरकारको प्रयास स्वरुप ३,४ र ६ न. प्रदेशको स्थानिय तह निर्वाचन सम्पन्न भएर केहि वाहेक सवै परिणाम आइसकेको छ । मत परिनाम हेर्दा ने.क.पा. एमाले पहिलो , नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा देखियो । पहिलो र दोस्रो शक्ति धेरै अन्तर छैन भने तेस्रो शक्ति भने निक्कै अन्तर रहेको परिणाम अएको छ । चौथो शक्तिको रुपमा भने एक मात्र शक्ति नभएर ने.म.कि.पा., रा.ज.मो.,नयाँ शक्ति पार्टी र रा.प्र.पा. चार शक्ति एकसाथ वरावर हैसियतमा देखा परेको छ । २०७०मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा चौथो शक्तिको रुपमा उदाएको राजावादी शक्ति रा.प्र.पा.अहिले कमजोर रुपमा उपस्थित भएको देखिन्छ । याहाँ हामी नयाँ संविधान जारी भए पछि माओवदी पार्टी परित्याग गरि पूर्व प्रधानमन्त्रि डा.वावूराम भट्टराइले खोलेको नयाँ शक्ति पार्टीको भविस्य के होला भन्ने वारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
           ऐतिहासिक आवस्यक्ता अनुसार राजनैतिक शक्तिहरुको  जन्म र अन्त्य हुने  गर्दछ । कुनै राजनैतिक शक्ति अजम्वरी छैन र यूगले मागेका,जनताले चहेको तागत जन्मन कसैले रोक्न पनि सक्दैन । अव प्रश्न उठ्छ, के नयाँ शक्ति नेपालमा अहिलेको यूगको माग हो ? साँच्चै नयाँ राजनैतिक शक्ति उदाउन सक्छ ? पहिलो चरणको स्थानिय तहको निर्वाचनको परिणामले नयाँ शक्ति भविस्य प्रति के संकेत गर्छ ? यो प्रश्नहरुको सहि जवाफ जनताले खोजीरहेका छन् ।
          स्थानिय तहको तीन वटा प्रदेशा सम्पन्न निर्वाचनको परिणाम नयाँ शक्तिको नेताहरुको अपेक्षा अनुरुपको रहेन । कम्तिमा पनि आठ देखि दश ठाउको प्रमुख जित्ने अपेक्षा थियो । तर जम्मा एक ठाउँमा मात्र प्रमुख जित्न सफल भयो । यो परिणाम पछि धेरै मान्छेहरुमा अव नयाँ शक्ति पार्टी र डा. वावूराम भट्टराइको
राजनीति धरापमा परेको विष्लेषण गरेका छन् । के साँच्चै नयाँ शक्ति र डा. वावूरामको भविस्य खतरामा परेको हो ?
          तत्कालको लागि डा. भट्टराइको व्यक्तित्वको उचाइ भूइमा खसेकै हो । दुइवटा संविधान सभाको निर्वाचनमा सवै भन्दा वढि मत पाएर विजय भएर प्रधानमन्त्रि भएको व्यक्तिले वनाएको पर्टीले मुस्किलले एउटा गाउपालीका प्रमुख जित्नु चानचुने रुपमा पक्षरिएको होइन । २८३ स्थानमा भएको निर्वचनमा नयाँ शक्तिको सिमित ठाउमा मात्र उल्लेखनिय मत प्राप्त गरे । डा.भट्टराइको आफ्नै गृह नगर पालुङटारमा  पनि नयाँ शक्तिको पराजय भयो । निर्वाचन आयोगमा दर्ता समेत नरहेका सझा पार्टी र चुनाव चिन्ह समेत नपाएका विवेकसील पार्टीका रन्जु दर्सनाले काठमण्डौका वीस हजार मत पाउदा नयाँ शक्ति सय उकालो लाग्न सकेन । हुनतः साझा र विवेकसील पार्टीले काहि कतै एक सदस्य पनि जित्न सकेको छैन । मत मात्र जोडेर हर्ने हो भने चौथा स्थानको पार्टीहरु भन्दा कमजोर देखिएन ।
          आफ्नो अथक मेहनत र परिश्रमवाट निर्माण गरेको पार्टी एकएक त्यागेर नयाँ पार्टी निर्माण सूरु गर्दा नै धेरैले वावुराम वहुलाएको प्रतिकृया दिएका थिए । यति हुदाहुदै पनि वावुराम वाट राष्ट्रको नेतृत्वको अपेक्षा गर्नेहरुले राजनैतिक भविस्यको अपार चिन्ता व्यक्त गरेका थिए । राष्ट्रले अपेक्षा गरेको व्यक्ति तत्कालीन राजनीतिको मुल प्रवाहा भन्दा वाहिर पुग्दा धेरै मान्छेले नमिठो महसुस गरेकै थिए । अहिलेको मत परिणामवाट सुभचिन्तकहरु निरास भएका छन् भने विरोधिहरु खुसी भएका छन् । विशेष गरि माओादी केन्द्रका नेता कार्यकताहरु खुसि भएका छन् । माओवादी केन्द्र भित्र एक थरि मान्छेहरु आफ्नो पार्टीले हार्ला भन्ने भन्दा पनि नयाँ शक्ति पार्टीले कतै जित्ला कि भन्ने चिन्ता थियो । त्यसैले सत्ताको शक्ति प्रयोग गरेर नयाँ शक्ति पार्टीलाइ चुनावमा जानै नदिने प्रयास गरिएको थियो । संसदमा प्रतिनिधित्व नरहेका दलहरुलाइ दलको हैसियत नै नदिने कानुन वनाएर चुनाव चिन्ह नै नदिने काम गर्यो । जसको कारण प्रमुख पर्टीहरु तिव्र चुनाव प्रचारमा रहेको वेला नयाँ शक्ति भने चुनाव चिन्हको लागि सडक आन्दोलन गर्न वाध्य थियो ।
           अहिले परिणामले डा. भट्टराइ हतोत्साही भएर आफ्नो यात्रालाइनै वदल्नु हुन्छ ? वा निर्मम समिक्ष गरेर अझ दृढ संकल्प गरेर अघि वड्नुहुन्छ ? आगामी दिनहरुको गतिविधिले उत्तर दिने छन् । यदेपी नयाँ शक्ति भित्र परिणामले केहि असर गर्ने छ । नयाँ शक्तिमा विभिन्न क्षेत्रमा ख्यति प्रप्त व्यक्ति व्यक्तित्वहरुको केन्द्रिकरण भएको ले उहिरुमा कमजोर शक्तिमा लाग्दा हीनतावोध हुन पनि सक्छ । विभिन्न पार्टीहरुवाट आएका महत्वकांक्षि कार्यकर्ताहरु पनि यो कठीन यात्रामा निरन्तर लागिरहन कतिपयलु नरुचाउन पनि सक्छ । मन्त्रि सांसद वा मेयर अध्यक्ष वन्न आकांक्ष वोकेर नयाँ शक्तिमा लागेका साथीहरुलाइ पनि  अव नयाँ शक्ति आफ्नो लागि उपयोगि नहुने महसुस गर्न सक्छन् । यसवाट नेतृत्वलाइ अझै वढि अप्ठेरोमा पार्न सक्छन् । नयाँ शक्तिमा लागेका  व्यक्तित्वहरुलाइ व्यतिmगत रुपमा केहि पाउनको लागि राजनीतिमा आएका भने प्राय कोहि छैनन । राजनीति छोड्दा केहि गुमाउदैनन् पनि । आफु समय तालिका(चयगतष्लभ)मा संयन्त्र मात्र चलाएको मान्छेहरुलाइ जन संगठन चलाउने कुरा फलामको चिउरा चपाए भन्दाजटिल महसुस हुने छन् ।
            नयाँ शक्तिको भविस्य संकटमा रहेको कुरा सर्वसाधारण सवैले वुझ्ने कुरा हो । तर संकटहरु, चुनौतिहरु कठिन भन्दा कठीन परिस्थितिहरुको सामना गरेर मात्र नयाँ शक्ति वन्न सम्भव छ । ति चुनौतिहरुको सामना गर्न सकेन भने नयाँ शक्ति विगटन हन कसैले रोक्न सक्दैन । जस्तोसुकै कठिन र प्रतिकुल परिस्थितिको डटेर सामना गर्ने दृढ इच्छा शक्ति नभएको कार्यकर्ताहरु नयाँ शक्तिमा निरन्तर लागि पर्न सक्दैनन् । अर्काे कुरा नेपाली राजनीतिमा भइरहेको विकृति विसंतिहरु माथि कढा प्रहार गर्न सकेन भने नयाँ शक्ति निर्माणको औचित्य पनि पुस्टि हुदैन । नयाँ शक्तिको नेतृत्व गरिरहनुभएका डा. भट्टराइमा इच्छा शक्ति कमि त देखिदैन । तर अव उमेरकोकारणले गर्दा कार्य क्षमता घटदै जाने समस्या आउदै जाने छ । समाजिक आन्दोलनमा निकै हदसम्म निर्मम भएर उत्रनु पर्ने खाँचो हुन्छ । त्यसवेला भ्रष्ट र तस्करका गिरोहहरुले अनेक प्रलोभन दिएर नयाँ शक्तिलाइ विचलित पार्न काफि हद सम्म प्रयासहरु हुने छन् ।  एक चोटी विचलित भएपछि नैतिक रुपमा नयाँ शक्ति स्थापित गरेर लान सक्दैन ।
           नयाँ शक्ति पार्टी र डा. वावूराम नेपाली राजनीतिको अस्तित्वमा आउन सकेन भने हाल नयाँ शक्तिमा आवद्ध राजनैतिक कर्मीहरुको राजनैतिक यात्रा अवरुद्ध होलान् । केहि लाखा पाखा लाग्लान । त्यसो हुनु कुनै ठुलो कुरा भएन । तर समस्या के हुने भो भने सुसासन  संमृद्धिको मुद्धा अलपत्र पर्छ । विद्यमान राजनैतिक शक्तिहरुले यो मुद्धालाइ आफ्नो वनाएर नेतृत्व गर्ने छैनन । वर्तमान राजनैतिक शक्तिहरुलाइ सत्ता प्राप्तीको विषय नै सधै प्रधान वनिरहने छ । गाउपालीकाको चुनाव जित्न करोड खर्च गर्ने संस्कार स्थापित भएको छ । जितेकाहरुले आफ्नो खर्चको आपुर्ति गरेर फेरि अर्काे चुनावको तयारी गर्नै पर्यो । हारेकाहरुले पनि आफ्नो खर्चको पुर्ति गर्नै पर्यो । सवैले  आफ्नो शक्ति सद्रिढ गर्न समय खर्चनु नै पर्यो । विरोधि शक्तिलाइ कमजोर पार्न अनेक आरोप लाएर भ्रम श्रीजना गर्नै पर्यो । यसो गरिरहँदा अवस्य पनि आर्थिक सामाजिक परिर्वनका मुद्धाहरु छायाँमै रहन्छ । अहिले ठुलो पार्टीको पहिचान वनाएका कुनै पार्टीले चुनावमा हुने खरावी रोक्ने र निस्पक्ष , धाँदली रहित वनाउने प्रयास गर्ने छैनन् । साम, दाम ,दण्ड भेदको प्रतिस्पर्धा भइरहने छ । जव सम्म यस्तो भइरहन्छ , तव सम्म तिव्र आर्थिक विकासको कार्य वढाउने कुरा सम्भव छैन ।
            तसर्थ नयाँ शक्तिको भविस्य सँग नेपालकै भविस्य गाँसिएको छ । नयाँ शक्तिले उठाएको “पाँच स”कार्यन्वन नभए सम्म नेपाली समाजको प्रगगि नहुने भएकोले कुनै पार्टीको वहुमत वा अल्पमत वा कसैको उत्थान र पतनको कुनै अर्थ रहने छैन ।  स्थानिय तहको हालको लागि नयाँ अभ्यास हो । यो संरचनामा पनि पुरानो शक्तिहरुको तुच्छ प्रकारको छिनाझप्टी चलिरहने नै छ । स्वार्थहरुको टकराव र अनियमितता छाउने नै छ । त्यसपछि मात्र नेपाली जनताले वैकल्पिक शक्तिको खाँचो महसुस गर्ने छन् ।


,

0 comments

Write Down Your Responses