Powered by Blogger.
‘मेरो भाग्य मेहेनतमा फलेको छ’



शुष्पा भुजेल (आस्था)
‘भाग्य मौकाको कुरा होइन,यो त छनौटको कुरा हो,यो पखाईको कुरा होइन,यो त मेहेनत गरेर प्राप्त गरिने कुरा हो ।’- विलियम जेनिङ्स ब्रायन
लामो समयको अथक प्रयास पछि मेहेनतले खिएका र अभै खियाउने हातमा हात मिलाउन पुगि तर मलाई निकै कठिन भो शूरुवात गर्न जो सँग मेरो चिनजान समेत आज भन्दा अगाडि भएको थिएन मसँग परिचय गर्ने ठुलो आधार समेत थिएन किनकि म उनि जस्तै सामान्य मान्छे थिए । भारि मन लिएर उनी नजिकै गएर बसि असारको १ गते भएर होला बाहिर निकै ठुलो पानी परिहेको थियो । मैले निकै दिन देखि भेट गर्न चाहेको थिए तर समयले कहिले पनि साथ दिएको थिएन सैभाग्यबस आज समय मिल्यो मैले उनिसँग परिचय गर्न अनुरोध गर्दै म आफैले आफ्नो नाम र ठेगाना भनि र हातमा कापि र डटपेन लिदै उनको पनि परिचयको लागि अनुरोध गरि उनले बिना प्रति प्रश्न आप्mनो परिचयको शूरुवात गरिन्  म शर्मिला थापा मगर ठेगाना सावितको हत्पते वाड नं. २ यति भनि सके पछि मेरो बिषयमा झन् बल पैदा भयो ।
उनको प्रस्तुतिमा आदाम्य शाहास र मेहेनत दुवै मिसिएको थियो जो बनावटि थिएन् । लगतै मैले अर्को प्रश्न सोधि बहिनीको व्यवसाय चाहि के हो नी ? भनि सक्दा नसक्दै उनले म टेम्पु चालक(ना २ ह २१२४) भनेर उत्तर दिईन् अनि बिस्तारै हाम्रो आपसमा संवाद सवार्द र लमिन थाल्यो मेरो दिमागमा भिडियोको रिल जसरी घुम्न थाल्यो टेम्पु चालक शर्मिला बिवाहित महिला हुन् उनको श्रीमान् पुष्पलाल थापा मगर टेम्पु चालक हुन् दुवै जना ससुरा टेक बहादुर थापा मगर र सासुआमा गमामायाँ थापा मगर हुन् भने जेठाजु र देवर गरी पाँच भाई मध्ये उनिको बिवाह  साहिलासँग भएको थियो उनले कसैको कर्काब अथवा मागेर उनको बिवाह भएको होईन स्वःइच्छाले प्रेम बिवाह गरेकी हुन्
आ-आफ्नो काममा दैडा धुप देखिन्छन् । उनिहरुका सोनिया थापा मगर र प्रिया थापा मगर २ ओटी छोरी आफुसँगै राखेर श्री सिद्धबाबा इङ्लिस बोडिङ्मा कक्षा ३ र कक्षा यू.के.जी.मा अध्यायन गर्दै छन् । छोरीहरुको लागी पनि यो सारा दैनिक दिन आफैले दु.ख.मा बिताएको उनि बताउ छिन् यो व्यवसाय भन्दा पहिला होटल व्यवसाय गरेर सिन्धुली माझीटारमा रहन्थे । होटलबाट आफुले चाहे जस्तो आम्दानि नभए पछि आज यो व्यवसायको शुरुवात गरा,ै शुरुवात गर्नुमा घर परिवारको भन्दा पनि विशेष जोड मेरो नै रहेको थियो ।
 यति भनि सके पछि मैले उनलाई प्रश्न गरि तपाईलाई चालक बन्ने प्रेरणा कस्ले दियो ? उनले भनिन् मेरो माईती जरायोटार गा.वि.स.हो मेरो दाजुहरु पनि चालक हुन् त्यति मात्रै होईन मेरो श्रीमान् आफै यो भन्दा धेरै वर्ष पहिला देखिनै टाटा सुमो चालक हुन् र मलाई उहाँबाट नै सिक्ने अवसर मिल्यो मेरो लागी यो एक प्रकारको सौभाग्य पनि हो आफ्नो साथमा बिलबुक, आफ्नो नाममा लाईसेन्स लिएर सबै समुदायको सेवा पनि गरेको छु र आफ्नो जिबिका पनि चलाएको छु । भन्दै विगत पटि सम्झिदै भावुक मुद्रामा भनिन् मैले आफैले मन पराएर बिवाह गरेको पनि आज ११ वर्ष पुगिसक्यो मेरो माईतीबाट टिका समेत दिएको छैनन् दु ःख पर्दा आमा बुबाको याद आउँछ दाजुभाईको सहयोगको आश लाग्छ तर त्यो म आफैले गर्दा आज सम्म पनि पाउन सकिन् । मेरो जिवनको निकै लामो कथा छ म धेरै पटक बिर्सन नसक्ने गरि रोएकी छु जति बेला मेरो हातमा कुनै सीप थिएन् मेरो हातमा एक दर्जन चुरा लगाउन र साथिले जस्तै एक जोर राम्रा कपडा लगाउन समेत रहर लाग्दा लागेका रहर पुरागर्न पैसा माग्दा कहिले काहि पाएका डाम आज सम्म पनि छाला पलाउन सकेको छैन सामान्य त कति हो कति । धेरै पटक आफ्नो भाग्यसँग सोधि मेरो भाग्य कमजोर कि मेरो मेहेनत  कमि ? म अन्तिम निष्कर्शमा पुग्दा मेरो मेहेनतको कमिमा पुगि  मेरा लागी चारैतिर बाटोहरु थिए तर पत्ता लगाउन सकिन कुन खुल्ला थिए, कुन बन्द र कुन बाटो जादाँ कुन शहर अथवा कुन गाउँ, कुन गल्ली निस्कन छ ? थाहा भएकाहरुबाट पनि कुनै सहयोग पाउन सकिन लगभग एक वर्ष सम्म म बिना बाटोको यात्रु भए तर पनि थाकिन मेरो जिवनका योजनागत सोच भने अगाडि बढिनै रहयो ।
सानै उमेरमा नै आफैले बिवाह गरेको कारण दुरभाग्यबस धेरै पढ्न सकिन जिनतिन श्री माध्यामिक विद्यालय मझुवाबाट एस.एल.सि. दोस्रो डिभिजनमा पास गरेकि थिए मेरो श्रीमान पनि सामान्य लेखपढ मात्र गर्न सक्ने हुनुहुन्छ । राम्रो सरकारी जागिर खाने सपना  त पढाई नभएका कारण सोच्न सकिएन    आज गर्भ लाग्छ सिन्धुली जिल्लामा पहिलो टेम्पु चालक महिला हुन पाएर भएर उदाहरण बनेकोमा उनका यि तिता मिठा र सत्य भोगाई सुनिरहे फेरि उनलाई प्रश्न सोधि आज यो व्यवसायमा दौडि रहदा समाज र परिवारको दृष्टिकोण र व्यवहार के फरक पाउनु भयो ? आप्mनो सक्षमता, सवलता, अथवा राम्रो काम, इनाम कमाउन सयौ वर्ष लाग्छ र त्यो सकार कामको प्रसंशा पाउन सकिदैन् तर नकारात्मक कामको खोजी खोजी आलोचना गरिन्छ यो समाजको लागी एक प्रकारको धर्म जस्तै भैसकेको छ । मेरो पहिलो प्रेरणाकी धनि मेरो सासु र दोस्रो प्रेरणाको धनि मेरा ससुरा बुबा नै हुनुहुन्छ । मेरो जिवनको लामो यात्रामा यो आर्शिवाद मेरो लागी मुख्य पुञ्जको रुपमा हुनेछ । जुन दिन देखि मैले यो ईस्ट्रिङमा बसि र गियरलाई आवश्यकता अनुसार चलाउन थालि हिजोका ति निलडाम, पारिवारिक कलह,मायाँ,ममता, आपसि सद्भाव सबैले न्याय पाए जस्तो लाग्छ । समाजको धर्म भनेको आफ्नो माने खाने र अरुको कुरा काट्ने प्रचलनमा छ हिजो म महिला टेम्पु चालक एक जना मात्र हुदाँ यदा कदा कताकति त्यो सुनि भोगि आईमाई भएर चालक ? यो भन्दा बरु सिलाईकटाई, ब्यूटिपालर, जस्ता सम्मानजनक काम गर्ने  बचन नपाएको भने होईन यो समाजमा एउटा  पुरानो चिन्तनले निकै तल सम्म जरागाडेको छ श्रमको बिभाजन, पेशा व्यवसाको दर्जा ,त्यस मध्ये झन पुलिस र ड्राभिङ यो रोजगार होईन यो नालायक भनेर सुचीकृत गर्न समेत पछि नपर्ने समाज म त झन् महिला समाजले देखाएको बाटो भन्दा फरक यात्रामा छु चुनौति आउ नि नै भयो सहन सक्ने क्षमता मसँग दुःखले  सिकाएको छ । आज भोली धेरैबाट प्रेरणा पनि पाएकी छु जसले काममा थप उर्जा पैदा भएको छ । मैले यो सीप सदुपयोगको लागी लामो योजना पनि बनाएको छु यो नै मेरो बाच्ने आधार भएको छ मेरा छोरीहरुको शिक्षा हाँसिल गर्न सामान्य घर खर्च टार्न समेत  आय आजर्नको माध्यम भएको छ । 
यति हुदाँ पनि शर्मिलासँग कुरा गर्ने इच्छा पुरा भएन झन एक पछि अर्को प्रश्न  आउन थाल्यो र मैले फेरि सोधी तपाईको दैनिक कमाई चाहि कति हुन्छ ? उनले भनिन् १८०० देखि २००० सम्म कमाई हुन्छ । हामी दुबै जनाको गरी भएन भन्दा पनि महिनामा एक डेढ लाख कमाई हुन्छ तर दुबै नयाँ टेम्पु भएकाले किस्ता पनि घटाउनु पर्ने भएकाले बचत गर्न सकेका छैनौ  । शर्मिलासँग अझै निकै गफ गर्ने इच्छा थियो तर सबै पुरा हुन सकेन नसके पनि उनिसँग हामीले सिक्नु पर्ने धेरै कुराहरु पाए किनकी सिमित टेम्पु चालक मात्र होईन शर्मिला उनि त एउटा महिला श–सक्तिकरणको नमुना पनि हो । आधा धर्ति र आधा आकाश ओगट्ने महिलाको प्रतिधी्नी पात्र पनि हो । इन्च इन्चमा आफ्नो जीवन राखेर सेवा गर्ने  चालक हुन् शर्मिला आफ्नो अभिरुचि र दृढ विश्वासमा फरक छ । अभिरुचि बदल्न सकिन्छ तर दृढविश्वास बदल्न सकिँदैन । दबाबको अभिरुचि कमजोर हुन्छ तर दृढविश्वास अझै दह्रो हुन्छ । त्यसैले हाम्रो नैतिक मूल्य राम्रो हुनु आवश्यक छ । दृढविश्वासले नै प्रतिज्ञातर्फ डो–याउने भएकाले दृढविश्वास नै आफ्नो भाग्य र भविश्यको फैसला गर्ने आफु भित्रको अभिरुचि, दृढ विश्वास र मेहेनतमा बाधिएको हुन्छ । म मेरो पेशा प्रति सदैव खुसि छु र पूणर््ा सन्तुष्टि पनि छु । पुरुष चालकहरुसँग प्रतिसप्रधा गर्न ५,६ जना भै सके हाम्रो प्रतिभा प्रति सबैको ध्यान जाओस् हाम्रो सीपलाई सुरक्षित प्रयोजनको लागी विभिन्न कार्यलयमा आवश्यक भएमा सेवा  गर्ने मौका दिनु होस सकारात्म सन्देश सबै महिला  दिदी बहिनी समुदाय भएको स्थानमा पुगोस्क । धन्यवाद


,

0 comments

Write Down Your Responses