Powered by Blogger.
सिन्धुलीलाई पाँच बर्षमा नेपालकै नमुना जिल्ला बनाउछु - गजुरेल



वि.सं.२०११ मा सिन्धुलीमाढी च्याउँकोटमा मध्यमवर्गीय किसान परीवारमा आमा लालमायाँ र बुवा लीलानाथका छैटौं सन्तानका रुपमा जन्मिएका हरिबोल गजुरेलको बाल्यकाल दलित समुदायको अन्तरघुलनमा बित्यो । त्यहि संगतले उत्पीडित वर्ग प्रति गहिरो सदभाव पैदा गरायो र उनीहरु प्रति सेवाभाव जागृत गरायो । यहि पृष्ठभुमीका कारण उनी युवा अवस्थामा महात्मा गान्धीको विचारबाट प्रभावित हुन पुगे । संयोगवश प्रिन्स क्रोप्टोकिनको पुस्तक अ फ्यू वल्र्डस टु युथ को अध्यनपछि उनलाई उत्पीडितहरुको बास्तविक सेवा गर्नका लागी समाजवाद बाहेक कुनै विकल्प छैन भन्ने बोध भयो । समाजवादी लक्ष्य हासील गर्न उनी २०३२ सालमा कम्युनिष्ट आन्दोलनमा सहभागी हुन पुगे । 
गजुरेलले २०३३ सालमा औपचारीक रुपमा मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे । त्यतिबेलै देखी उनी पार्टीमा पूर्णकालिन बनेर लागे । २०३४ सालमा पार्टीको सिन्धुली जिल्ला सचिवालय सदस्य र २०४२ सालमा केन्द्रिय सदस्य भएका गजुरेल २०४७ सालमा मोहन विक्रम सिंहको जडसुत्रिय संशोधनवाद विरुद्ध क.बावुराम भट्टराई सहितको बिद्रोहको नेतृत्व गरी प्रचण्ड नेतृत्वको एकताकेन्द्रमा एकताबद्ध भए । 
२०५२ साल फाल्गुण १ गते जनयुद्ध सुरु गर्दा पुर्वी क्षेत्रको सिन्धुलीगढी चौकी माथिको फौजी कार्वाहीको नेतृत्व गरेका गजुरेलले २०६२ साल माघमा भोजपुरको घोडेटार सैन्य क्याम्प माथिको आक्रमणमा फिल्ड कमीसार र २०६२ चैत्रमा सर्लाहीको सदरमुकाम मलङ्गवा कार्वाहीको योजना निर्माणमा नेतृत्वदायी भुमीका निर्वाह गेका गजुरेलले २०३५, २०४५, २०४६ र २०५५ सालमा गरी जम्मा दुई वर्ष चार महिना नेपाल र भारतका विभिन्न हिरासतमा र जेलमा बन्दी जीवन बिताएका छन । २०६२/०६३ सालको जनआन्दोलन पछिको शान्ति सम्झौता पछि सार्वजनिक भएका गजुरेलले पुर्वी कोचीला राज्य इन्चार्ज र मधेश व्युरो इन्चार्जको भुमिका कुशलता पुर्वक निर्वाह गरिसकेका छन । 
प्रचण्ड नेतृत्वको सरकारमा उच्च स्तरिय भुमीसुधार आयोगको अध्यक्षको भुमीका समेत निर्वाह गरीसकेको गजुरेल पार्टीको केन्द्रिय सचिवालय सदस्यको रुपमा क्रियाशिल छन । २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नं.३ बाट विजयी भएका उनी ९ महिना कृषि मन्त्री समेत बने । हाल उनी मंसीर २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा सिन्धुली २ नं. क्षेत्रबाट बामगठबन्धनको साझा उमेदवारको रुपमा चुनाबी मैदानमा छन । प्रस्तुत छ, चुनाबी अभियानकै क्रममा जनताको घरदैलोमा रहेका उमेदवार गजुरेलसँग बुद्धकुमार आछामीले गर्नुभएको कुराकानीको सम्पादित अंश
सर्वप्रथम बामगठबन्धनको औचित्य र आवश्यक्ताको बारेमा बताई दिनुस न ? 
कम्यूनिष्टहरुको लक्ष्य समाजवाद हो । समाजवादी कार्यक्रमहरुलाई अगाडि बढाउन र स्थिर सरकारको जनआवश्यकक्ता पुरा गर्नको लागी बामपन्थी गठबन्धन अपरिहार्य आवश्यक्ता थियो । इतिहासको विभिन्न् काल खण्ड्हरुमा उताबचढाब हुँदै अगाडि बढेको बामपन्थी आन्दोलन अहिले फेरि नयाँ शिरामा प्रवेश गरेर एकताबद्ध हुँदैछ यो हाम्रो लागी सवैभन्दा खुसीको विषय हो । यसको औचित्य आगामी दिनमा निर्वाह गर्ने भुमीकाबाट अझ प्रष्ट हुनेछ । हामी आशा गरौं बामपन्थी गठबन्धनले स्थिर सरकार पनि दिनेछ र ऐतिहासीक संविधानसभाबाट निर्माण भएको संविधान जुन समाजवाद उन्मुख छ । संविधानको कार्यान्वयन गर्दै  समाजवादी लक्ष्य हासीले गर्नका लागी बामपन्थी शक्तिहरु बीचको एकताको जरुरि भएको हो । 
बाम गठबन्धन पार्टी एकता सम्म नै जाने संभावना कति छ ? 
२००६ सालमा नेपालमा कम्यूनिष्ट पार्टी स्थापना भयो र २०१९ सालपछि विभिन्न् टुटफुट र गुट उपगुटहरुमा विभाजित भएर कम्यूनिष्ट आन्दोलन कमजोर बन्न पुग्यो । २०४८ सालको निर्वाचनमा बामपन्थीहरु एकजुट भएर निर्वाचनमा गएको भए त्यो बेला पनि बामपन्थीहरुको स्पष्ट बहुमत हुन्थ्यो तर बामपन्थीहरुले चुनाबमा तालमेल गरेर अगाडि बढ्न सकेनौं । जनताले जुन आशा गरेका थिए त्यो आशा पुरा हुन सकेन । अन्तत नेपाली काग्रेसले नै चुनाबमा बिजय हासील गर्यो । त्यसपछि नेपालको राजनीतिमा धेरै उतारचढाब आयो । २०५२ सालमा जनयुद्धको संखघोष भयो र ०६२÷०६३ मा जनयुद्ध र जनआन्दोलनको फ्यूजन हुँदै फेरी संविधानसभा निर्वाचनको नयाँ परिवेशमा हामी आईपुग्यौं । जनताको ठुलो बलिदान र संघर्ष पश्चात संविधान निर्माण भईसकेको छ । त्यो संविधानले दिएका कार्यभारहरु पुरा गर्न खासगरी संविधानमा जे ऐजेण्डाहरु सुत्रबद्ध गरिएको छ त्यसलाई कार्यान्वयन गर्नका लागी र संविधानमा अपुग भएका कुराहरुलाई संशोधन गर्दै अगाडि बढेर समाजवाद उन्मुख संविधान निर्माण भएको छ त्यसलाई व्यवाहारमा कार्यान्वयन गर्नका लागी नयाँ परिवेशको आवश्यक्ता थियो । इतिहासले त्यो नयाँ परिवेश पैदा गरिदियो र बामपन्थीहरुको गठबन्धनमात्र हैन की एकताको आधारहरु पनि खडा गरिदिएको छ । त्यहि दिशा तर्फ गठबन्धन अगाडि बढ्छ र पार्टी एकता पनि एउँटा बिन्दुमा पुगेर निर्माण हुन्छ । 
माओवादी र एमाले पार्टी बीचको एकता संभब छ ? 
पार्टी एकताको महत्वपूर्ण पक्ष भनेको बैचारिक आधार नै हो । माक्सवादका आधारभुत मान्यताहरुलाई अगिकार गर्दै समाजवादी लक्ष्य हासील गर्ने मुख्य उदेश्य सहित एकता अगाडि बढेको हो । ति कार्यभारहरु पुरा गर्नका लागी अहिले हामीले बामपन्थी गठबन्धन कायम गरेका छौं । बामपन्थी गठबन्धनले देशमा स्थिर सरकार दिन्छ, त्यो स्थिर सरकारले संविधानसभाबाट निर्मित संविधानलाई कार्यान्वयनमा लगेर समाजवादी क्रान्तिका आधारहरु खडा गर्छ । देशलाई एउँटा स्वतन्त्र सबृद्ध राष्ट्रको रुपमा बिकास गर्ने दुई पार्टीको साझा सपनाले नै एकता संभब छ । बाम एकता ऐतिहासीक आवश्यक्ता र नेता कार्यकर्ता र जनताको चाहाना पनि हो । त्यसैले एकता संभव र सफल हुन्छ । सफल भएन भने राष्ट्र फेरि दुर्घटनामा जान्छ । राष्ट्रलाई दुर्घटनाबाट बचाउन पनि यसलाई सफल बनाउनु पर्छ । यस्मा कुनै पनि संका गर्नुपर्ने आवश्यक्ता छैन किनभने यो सुझबुझ सहित गरिएको एकता हो । खाली चुनाबको जित्नको लागी मात्र गरिएको हैन ।  
तपाईले सांसद र मन्त्री समेतको भुमीका निर्वाह गरिसक्नु भएको छ । यो अबधिमा सिन्धुलीको समग्र विकासमा तपाईले के भुमीका खेल्नु भयो ? 
संविधानसभाको निर्वाचित सदस्यको हिसाबले संविधान निर्माणमा हाम्रो पार्टीका अध्यक्ष क. प्रचण्डलाई नजिकबाट धेरै महत्वपूर्ण सहयोग गर्ने अवसर र भुमीका मैले पाएँ । त्यो बीचमा पार्टीका संगठनात्मक र राजनैतिक जिम्मेवारी समेत मैले लिइन किनभने त्यहाँ उहाँलाई नजिकबाट सहयोग गर्नुपर्ने आवश्यक्ता थियो । त्यो कार्यभार पुरा गरेकोमा मलाई गर्भको अनुभुति हुन्छ । सँगसँगै समग्रमा सिन्धुली जिल्ला र विशेषत म निर्वाचित क्षेत्रमा विकासको अदितिय नमुनानै प्रस्तुत गर्न म सफल भएँ , दशौं अरबका योजनाहरु अहिले त्यहाँ अगाडि बढीरहेका छन । कोहि सुरु भईसके, कोहि लाईनमा छन । त्यसैले सिन्धुली जिल्लाका जनताले म बाट जे अपेक्षा गरेका थिए खासगरी क्षेत्र नं.३ बिकासमा धेरै पछि परेको थियो । त्यो क्षेत्र अहिले सिन्धुली जिल्लाको बिकासको अग्रस्थानमा आएको छ । त्यो सफलता हासील गर्न पाउँदा मलाई गर्बको अनुभुति भएको छ । 
तपाईले अघिल्लो चुनाबमा भोट माग्न जाँदा जनताको बीचमा गरेका प्रतिबद्धताहरु पुरा गरिसक्नु भयो ? 
मैले अघिल्लो चुनाबमा गरेका पुराना प्रतिबद्धताहरु मात्र हैन  प्रतिबद्धता गरेको भन्दा धेरै काम गरेँ । मैले बोलेको भन्दा धेरै काम गरे । पञ्चायत काल देखि बहुदलकाल हुँदै गणतन्त्र सम्म जति तपाईहरुले निर्वाचित गराउनु भयो ति सवै भन्दा मैले राम्रो काम गर्छु भनेर मैले जनताको बीचमा प्रतिबद्धता गरेको थिएँ । मैले काम गर्दै जाँदा सिन्धुली ३ नं. क्षेत्रमा खासगरी मरिण बेल्टमा चमत्कार नै भएको छ भने सुनकोशी क्षेत्रमा वीपीको जन्मथलोलाई ऐतिहासीक पर्यटकीय गनतव्यको रुपमा विकास गर्ने कामको थालनी भएको छ, आपघारीबाट महाभारत मरिण हुँदै लालबन्दी जोड्ने पक्की सडक जनु ६ अर्वको काम सुरु भएको छ, मरिणमा निर्माणाधिन पक्की पुल आगामी वर्ष सम्पन्न् नै हुन्छ, कृषि क्याम्पस स्थापना भएर विद्यार्थी भर्ना नै सुरु भएको छ । दर्जनौं झोलुंगे पुल निर्माणको काम भएका छन भने साना तिना सडक र विद्युतिकरणको कामहरु पनि भएका छन । क्यानेश्वरमा प्राविधिक शिक्षालयको स्थापना भएको छ । बजारमारा सिचाई आयोजना सुरु हुने चरणमा छ । सँगसँगै क्षेत्र विकासकोष, सांसद विकास कोष मार्फत दर्जनौं विकासका कामहरु सम्पनन् भएका छन । म आफु कृषि मन्त्री हुँदा जुनार सुपरजोनको कार्यक्रम सिन्धुलीमै सुरु भइसकेको छ । सिन्धुलीगढीको विकासका लागी पक्की बाटो निर्माणको कामहरु पनि गरिएको छ । जुन उदेश्यले सिन्धुली जिल्ला क्षेत्र नं.३ बाट निर्वाचित भएको थिएँ ति उदेश्यहरु म आफुले पुरा गरेको छु । केहि कामहरु अझै गर्न बाँकी छन फेरिपनि ति अधुरा कामहरुलाई म पुरा गर्न प्रतिबद्ध भएर लाग्ने कुरामा सवैलाई विश्वास दिलाउन चाहान्छु । 
यसपाली तपाईका नयाँ प्रतिबद्धताहरु के छन ? 
पहिलो कुरा स्थिर सरकार, आर्थिक सबृद्धि र सामाजिक रुपान्तरण नै हो । हाम्रा युवाहरु जो बेरोजगार भएर अरबका गल्लीहरुमा दुखकष्टका जिवन बिताईरहेका छन ति युवाहरुलाई नेपालमै फर्काएर रोजगारी श्रृष्टी गर्ने, कृषि, पर्यटन र उर्जाको क्षेत्रमा बिकास गरेर रोजगारी श्रृजना गर्ने र युवाहरुलाई नेपालमै रोजगारी दिने । राष्ट्रलाई आर्थिक सबृद्धिको बाटो तर्फ अगाडि बढाउने जनताको चाहाना र देशको आवश्यक्ता छ त्यसलाई हामी दृढतापुर्वक अगाडि बढाउने छौं । महिला, दलित, जनजाती, मधेशी, अल्पसंख्यक समुदायहरुका समस्याहरुलाई प्राथामिकताका साथ समाधानको बाटो तर्फ लान अगाडि बढ्ने छौं । 
सँगसगै सिन्धुली जिल्ला संभावना भएर पनि विकासमा धेरै पछि परेको जिल्ला हो । अहिले त्यसको विकासको ढोका खुलेको छ । खासगरी तिनवटा राजमार्गहरुले राम्रो संभावना र आधारहरु पैदा गरिदिएको छ । वीपी राजमार्ग, मध्यपहाडी(पुष्पलाल)राजमार्ग, हेटौडा चतरा राजमार्गको भरपुर उपयोग गर्दै बिकास र सबृद्धिलाई अगाडि बढाउन जरुरी छ । विश्व साम्राज्यवादलाई परास्त गरी आजको सिंगो नेपाल निर्माणमा ऐतिहासीक भुमीका निर्वाह गरेको सिन्धुलीगढी बिजयकिल्ला,  हरिहरपुरगढी, पुर्वको फिक्कल लगायत क्षेत्रको उचित विकास गर्दै संभावनाको ढोकाहरु खोल्न सकियो भने सिन्धुली जिल्लाले छिट्टै प्रगति गर्न सक्छ । 
बिगतमा सिन्धुली जिल्ला ओझेलमा परेकै हो, बिकासमा पछि परेकै हो । सिन्धुली जिल्लाका जनताको जुन आकाक्षा छ त्यो पुरा अब यो बामगठबन्धनले गर्नुपर्छ । जनताको आवश्यक्ताहरु पुरा गर्नका लागी हाम्रा विगतका कमीकमजोरीहरु सच्याउँदै नयाँ शिराबाट प्रतिबद्धता जाहेर गरेर अगाडि बढियो भने मलाई लाग्छ सिन्धुली नेपालकै नमुना जिल्लाको रुपमा बिकास गर्न सकिन्छ । तपाईहरु विश्वास गर्नुस स्थिर र बामपन्थीहरुको सरकार निर्माण भयो भने, सिन्धुली जिल्ला आउँदो ५ बर्षमा नेपालकै साच्चै नमुना जिल्ला हामी बनाउने छौं । 
अन्त्यमा के भन्न चाहानु हुन्छ ? 
निर्वाचनमा जाँदा जनता प्रति विश्वास गरेर जानुपर्छ । दोश्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं.३ बाट म चुनाब लड्दा म जनता प्रति पुरै विश्वास गरेर ढुक्क भएर जनताको बीचमा गएको थिएँ । सिन्धुली जिल्लाका जनताहरुले बामपन्थी आन्दोलनमा अग्रणी भुमीका निर्वाह गरेर आएका छन । जनता भोजभतेर, पैसाले मात्रै प्रभावित गर्ने र चुनाब जित्ने दिन गईसकेको छ । जनताको चेतना नयाँ ठाउँमा पुगिसकेको छ । त्यसैले आम जनसमुदायलाई म के भन्न् चाहान्छु भने देशको विकासका लागी स्थिर बामपन्थी सरकार आवश्यक छ । यसपटक तपाईहरुले बाम उमेदवारहरुलाई मतदान गरी देशलाई नयाँ ठाउँमा पुयाउन लाग्नुस । त्यसमा नै देश र हामी सबैको भविष्य छ । धन्यवाद ।



,

0 comments

Write Down Your Responses