Powered by Blogger.
जिल्ला भरिनै मनाईयो अन्तराष्ट्रिय महिला दिवस

सिन्धुली, २४ फाल्गुण । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यबहार समृद्धिको आधार’ भन्ने मुलनारा आज विश्व भर मनाइएको १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको अबसरमा सिन्धुलीमा पनि नौ वटै स्थानीय तह तथा विभिन्न् गैर सरकारी संघ संस्थाहरुले जिल्ला भरिनै बिविध कार्यक्रमहरु गरी अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन । 
दिवसकै सन्दर्भमा कमलामाई नगरपालिका कार्यालयले बाल बिबाह न्युनिकरणमा किशोरीहरुको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगिता र खुला हाजिरी जबाफ प्रतियोगितको आयोजना गरि अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । 
कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देबकोटाको अध्यक्षता तथा प्रदेश सांसद बिनोद खड्को प्रमुख आतिथ्यतामा सम्पनन् वक्तृत्वकला प्रतियोगितामा सात वटा बिद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । 
प्रतियोगीतामा माबि पानीट्याङकीकी कबिता खड्का प्रथम, माबि गडौलीकी सिता श्रेष्ठ दृतिय र जनज्योति मावि फोस्रेटारकी मन्दिरा अधिकारी तृतीय भएकी थिइन । प्रतियोगीतामा प्रथम हुनेलाई ४ हजार, द्धितियलाई ३ हजार र तृतीयलाई २ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 
त्यस्तै जिल्लाको दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका तथा घ्याङलेक गाउँपालिकाले पनि महिला शशक्तिकरणमा सहयोग पु¥याउने उदेश्यले विविध कार्यक्रम गरी १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन । 


0 comments

Write Down Your Responses