Powered by Blogger.
किसान महासंघ सिन्धुलीले संगठन विस्तारलाई तिब्रता दिने


सिन्धुली, २८ माघ । अखिल नेपाल किसान महासंघ सिन्धुलीले संगठनलाई ब्यवस्थित र बलियो बनाउन संगठन विस्तार, सदस्यता वितरण र नविकरणलाई तिब्रता दिने बताएको छ । मङ्गलबार सिन्धुलीमाढी स्थित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला पार्टी कार्यालय आजाद भवनमा आफ्नो दोश्रो बैठक सम्पनन् गर्दै उक्त निर्णय गरेको जिल्ला संयोजक बद्रिबहादुर दाहालले जानकारी दिनुभयो ।
बैठकले जिल्लाका सबै स्थानीय तह(नगरपालिका÷गाउँपालिका) स्तरमा अखिल नेपाल किसान महासंघ सम्बद्ध सबै घटक संगठनहरु निर्माण गरी अनुमोदनका लगाी माथिल्लो कमिटीमा सिफारिस गर्ने,अखिल नेपाल किसान महासंघ जिल्ला समन्यव समितिले विधान अनुसार कमीटीलाई पूर्णता दिनका लागी जिल्ला स्तरमा घटक संगठन गठन गर्ने तथा केन्द्र र प्रदेश स्तरका घटक संगठनलाई पूर्णता दिन जिल्लाको तर्फबाट माथिल्लो कमिटीलाई सदस्यहरु सिफारिस गर्ने  र संगठनलाई अझ प्रभावकारी र ब्यवस्थित बनाउन अखिल नेपाल किसान महासंघको सदस्यता वितरण र विस्तारको कार्यलाई ब्यापक बनाउने निर्णय गरिएको संयोजक दाहालले जानकारी दिनुभयो ।
बैठकमा नेकपा जिल्ला सह–इन्चार्ज कमलजंग राईले आफ्नो धारणा राख्दै पार्टीलाई बलियो बनाउने संगठनहरु मध्ये किसान संगठननै भएकाले यस्को भुमीकालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभएको बताइएको छ । बैठकमा नेकपा नेता केशव देवकोटा, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य कर्ण बहादुर कार्की, नेकपा बागमति प्रदेश सदस्य डम्बर कार्की लगायतले आफ्नो धारणा ब्यक्त गरेको बताइएको छ ।


,

0 comments

Write Down Your Responses