Powered by Blogger.
हाम्रो सामु रहको चुनौतीहरुको मिलेर सामना गरौं


गोपी बहादुर आछामी
पृष्ठभुमी
हामी सवैले आ–आफ्नो सैद्धान्तिक आदर्श र मुल्यको धरातलमा दृढतापुर्वक उभिनु पर्दछ भन्ने यथार्थ अनुभुत भएको छ । मैले जननेता आदर्श पुरुष विपि कोईरालाको आत्मावृतान्त पुन फेरि एकपटक श्र्रुतिसंवेगमा सुनेँ अनि २०१५–२०१७ सालसम्मको विपिको अवस्थालाई अहिलेको वस्तुगत अवस्थासँग तुलना गरे विपिसँग परम्परागत निरंकुश सोच भएका सामन्ती राजा महेन्द्र जो लोकतन्त्रको विपक्षमा थिए र विपि लोकतन्त्रको पक्षमा थिए । भारतको दोहोरो रोल थियो, पार्टीमा पनि अन्तरविरोध थियो तत्कालीन राजा महेन्द्रको निरंकुश शासन गर्ने महत्वकाँक्षाले जननिर्वाचित प्रधानमन्त्री विपि कोईरालालाई जेलमा कोचेर निरकुश पन्चायती शासनको सुरुवात गरे । लोकतन्त्र मासियो देश विकासको गति अवरुद्ध हुनपुग्यो । ठिक ६१ वर्षपछि नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई विपिको भन्दा फरक परिवेशमा दुईतिहाई जनमत दिएका छन । तत्कालीन चुनावी अभियानमा तय गरिएका हाम्रो पार्टीको राजनीतिक एजेन्डालाई जनताले अनुमोदन गरिदिएका छन । राष्ट्रिय स्वाधीनता , दुई पार्टीको एकता,राजनीतिक स्थायीत्व,सुशासन, सामाजिक न्याय स्थापित गर्ने ,आर्थिक सबृद्धिहुँदै समाजवाद उन्मुख जनताको जनवाद नेकपाको राजनीतिक कायदिशा तय गरियको छ । यसको तात्कालिक कार्यनीतिक उदेश्य समाजवादको आधार तयार गर्नु रणनीतिक उदेश्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्नु हो । विपि पनि प्रजातात्रिक समाजवादमा जान चाहन्थे । राष्ट्रियता,प्रजातन्त्र र समाजवाद नेपाली काग्रेसको मुलनारा थियो । उहाँको सोचअनुसार अगाडि वढन प्रतिगामि शक्ति राजतन्त्र र पार्टी भित्रका यथास्थितिवादी सोच वोक्नेहरु बाधक थिए ।
आज दशवर्षे जनयुद्धको जग र २०६२÷६३ को १९ दिने जनआन्दोलनको तागतमा पहिलो सविधानसभाको पहिलो वैठकले सामन्ती राजतन्त्रको अन्त्य गरि देश सघिय लोकतान्त्रिक गणतन्त्रमा छ । जनतावाट निर्वाचित जनप्रतिनिधिहरुवाट निर्माण गरिएको समावेशी लोकतत्रलाई सुनिश्चित गरिएको सविधान छ । जसले हिजो राज्यद्वारा विभेद र वन्चितिकरणमा पारिएका महिला ,दलित ,जनजाति ,आदिवासि,मुस्लिम तथा अल्पसंख्यकको भावनाको समुचित प्रतिनिधित्व सुनिश्चित गरेको छ । हामी यसै सविधानको मार्ग निर्देशनमा सविधान कार्यन्वयन गरिरहेका छौ । हिजो विभाजित रहेका वामपन्थी शक्तिहरु एकैठाँउमा छौ । विविधतायुक्त जनयुद्ध, ससदिय र शान्तिपूर्ण आन्दोलन, कम्युनिस्ट आन्दोलनको लामो विरासत सहित अनुभव संगालेका वहुप्रतिभा सम्पन्न नेताकार्यकर्ताको विशाल पङ्ती सहित ठुलो कम्युनिस्ट पार्टीको नेतृत्व पनि हामीले नै गरेका छौ । झन्डै दुई तिहाई लोकप्रिय जनमत सहित देशको नेतृत्व हामीले गरिरहेका छौ । हामीलाई रोक्ने कुनै शक्ति छैन , जनमत छ, जनअपेक्षा छ, पार्टी र नेतृत्वमा भारि सपनाहरु छन, श्रोतसाधन,समय परिस्थिति पनि प्रतिकुल छैन र पनि जनअपेक्षा पुरागर्न र हाम्रो दृष्टिकोण लागुगर्न सकिरहेका छैनौं, मात्र हैन सरकारले गरेका र भएका राम्रो कामको यथोचित र व्यापक प्रचार गर्ने सकिरहेका छैनौ । उल्टै नराम्रा कामहरुले राम्रा कामहरु दिनानुदिन छोपिदै गईरहेका छन । यो हाम्रो लागि ठुलो चुनौति रहेको छ । आमनिर्वाचनपछि पार्टी एकताको वेला जे उदधोष गरिएको थियो त्यस अनुरुप ब्यवहारमा कार्यन्वयनका कठिनाइ र भएका ढिलाइहरु साथै शिर्षनेतृत्व तहमा देखिने आपसि असमझदारीहरु जसले पार्टी एकताको सम्पूर्णकाम आजपनि दृढविश्वासका साथ गतिलिन सकेको छैन । यसमा हामी संग भएका कार्यसैलिका समस्याहरु, मनोगत आग्रहहरु,अर्कमन्यता,आन्तरिक गुटबन्दी,आपसि अविश्वास ,निषेध गर्ने प्रबृति , सहयोग लिने दिने भन्दाखुट्टा तान्ने मौका परखने महामनोरोग र परम्परागत सोच सैलिहरु वाधक वन्दै गएकाछन । मुख्यत दुई अध्यक्षहरुमा आपसि अविश्वास र असमझदारी वढाएर ब्यक्तिगत,समुहगत र गुटगत लाभलिने कुत्सित मनसाय राख्नेहरु पनि उत्तिकै जिम्मेवार छन ।
१. विश्व मानव जाति माथि प्रकृतिले खडागरेको चुनौति हमेसा मान्छे संसारका सवै प्राणि भन्दा सचेत र विशिष्ट प्राणि हो प्रकृतिमा रहेका हरेक वस्तुलाई उसको उच्च चेतनाको कारण मानव जातिको आश्यकतामा आफ्नो अनुकुल प्रयोग गर्ने सार्मथ्य राख्दछ । यो मानविय विशेषतः हो यसैकारण उ अरु प्राणि भन्दा फरक छ । कोरोना भाइरस कोभिट १९ चिनको उहानवाट सुरुभई आजका दिनसम्म विश्वासका २०४ मुलुकभर फैलिएको छ । आजसम्म ५६ हजार भन्दा बढीको मृत्युु झण्डै ११ लाख संक्रमित र २ लाख भन्दा वढि उपचारपछि घर फकिएको अवस्था छ । यो मानवजातिलाई पछिल्लो माहामारिको रुपमा प्रकृतिले दिएको गम्भीर चुनौती हो । अमेरिका, स्पेन,ईटाली यो भाईरस संङकमणको दृष्टिवाट वढि जोखिममा देखिएका छन । चिनले आधारभुत रुपमा नियन्त्रण गरेको छ । अन्य देशहरु यसकाविरुद आफ्नो सम्पुर्ण तागतकासाथ लडिरहेका छन । यसमा मानवजातिले ढिलोचाँडो सफलता पाउन सक्छ भन्ने विश्वास गरौ । जे भएपनि यसले विश्वशक्ति सन्तुलनमा वदलाव ल्याउने भने पक्का छ । अमेरिकाको ठाउँमा चिन र पस्चिमवाट दक्षिण एसियामा विश्वशक्ति केन्द्रीकरण हुने स्पस्ट संकेत देखिएको छ । विश्व पँुजिवजार अर्थतन्त्रको सवैक्षेत्र,मावनजिवनका सम्पुर्ण पक्षमा यसको असर दिर्घकाल सम्म रहने निश्चित छ ।
सम्पूर्ण श्रोत,शक्ति र सार्मथ्यको विनाहिचकिचाहट प्रयोग गर्नु र मानवजिवनको रक्षा गर्न एकजुट हुनु सम्पूर्णको तत्कालीन र महत्वपूर्ण जिम्मेवारी रहन गएको छ । यस अर्थमा नेपाल सरकार विशेष धन्यवादको प्रतिक हो धन्यवाद दिनै पर्दछ वैलैमा अपनाएको सजगता, राष्ट्रिय एकता भावसहित गरिएको जागरण, आवश्यक तयारी अन्र्तगत दोश्रो र तेस्रो मुलुकवाट आवगमनमा गरेको प्रतिवन्ध, पहिलो र दोश्रोपटकको लकडाउनको कडाइका साथ भएको प्रयोगका कारण हालसम्म नेपालमा कोरोना भाइरसको कारण मृत्युु नहुनु, संङकमित ६ जनामात्र भेटिनु उनिहरुको स्वस्थ्य स्थिति खतरामुक्त हुनु ,देशका विभित्र ठाउँमा संयौंके सख्यामा क्वारेनटाईनमा सुरक्षित रहनु, वैदेशिक रोजगारिवाट स्वदेश फर्केकाहरु होम सेल्फ क्वारेनटाईनमा रहनु यो आजसम्मको हाम्रो सफलता हो । अमेरिका, स्पेन, ईटली जस्ता सुविधा सम्पन्न देशहरु हायलकायल भएको अवस्थामा नागरिक र सरकारले सजगता नअपनाउने हो भने हाम्रो अवस्थावारे सहजै अनुमान गर्न सकिन्छ । तत्काल संङकमण फैलिन नदिनु लकडाउनको समयमा श्रमिक वर्गको दैनिक खानपानको ब्यवस्थापन गर्नु ,आपुर्ति सहजवनाउनु ,शान्तिसुरक्षा सहजवनाउनु सिमाक्षेत्रमा रहेका नागरिकको ब्यवस्थापन सुरक्षा र घरआउन गर्नुपर्ने सहजीकरण यो सरकार र नागरिकको साझादायीत्व रहेको छ ।
२.हरेक चुनौतिले नयाँ अवसरको श्रृजना गर्दछ । पहिलो र दोश्रो विश्वयुद्धपछि रसिया र चिनमा समाजवादी क्रान्ति सम्पन्न भयो जापानले मरुभूमि वनेको अव्यवस्थावाट आफ्नो अर्थतन्त्र मजवुद वनाउन सक्यो,हिटलर सकियो अमेरिका सुपरपावर वन्यो । नेपालको सन्दर्भमा पनि २०७२ वैशाख १२ को माहाभुकम्पले फरकफरक विचारवोकेर टसकोमस नगरीकन वसेका राजनीतिकदलहरु देशको महासंकट समाधानका लागि एकजुट भयर राहात,पुननिर्माण र राजनीतिक सहमति गरि संविधान निर्माण गरि देशमा राजनीतिक गत्यावरोध अन्त्यगरि दुर्घटनावाट जोगाएको ईतिहास ताजै छ । यसले पुन राष्ट्रिय एकताको माग गरिरहेको छ । मानवजाति माथि आईलागेको माहामारि विरुदको लाडाईमा सफलताको साथै दिर्घकालिन रुपमा पर्ने असर यसवाट पैदाहुने चुनौति लडने तयारी वारे समान धारणा वन्नु जरुरी छ । हाम्रो देशको अर्थतन्त्रको मुलहिस्सा पच्छिलो चरण वैदेशिक रोजगारिवाट आउने रेमिटान्स र विदेशी पर्यटकले धानेको थियो ,कृषि उत्पादन कमजोर र साना,मझौला र ठुला राष्ट्रिय उद्योग कमजोर जस्तै वन्दै गईरहेको थियो । शारिरीक र मानसिक रुपमा सबल जनशक्ति वैदेशिक रोजगारिमा हुदा श्रमशिल जनसक्तिको अभाव थियोे । दैनिक उपभोग्य वस्तुको आयातविना जीवन धान्न सजिलो छैन । यो हाम्रो समृद्ध नेपाल सुखि नेपाली निर्माणको चुनौति हो । अब विश्वअर्थतन्त्र सगै नेपाली अर्थतन्त्र पनि कमजोर हुने निश्चित छ । हामी सग प्रकृतिले दिएको पुजिँ,जमिन,जल,जडिबुटी,जंगल, दक्षजनशक्ति र दृढईच्छा शक्ति छ । यसको समुचित ढंगले परिचालन गरि अवको दशक समृद्धिको दशक वनाउन सकिन्छ । क्रान्तिलाई पक्र र उत्पादनलाई वढाउ हरेकको क्षमताअनुसार र राष्ट्रको आवश्यकता अनुसार हामी सवैले योगदान गरौ हरेक राम्रो कामको सुरुवात नेतृत्व तहवाटै सुरुवात गरयौ भने नेपाली जनताले हामीलाई विश्वास गर्ने छ । नयाँ नेपाल समृद्ध नेपाल निर्माण गर्ने हाम्रो पुस्ताको सपना पूरा हुनेछ । राष्ट्रिय राजनीतिक पार्टीहरु नेपाल सरकार र सम्पूर्ण सरोकार राख्ने निजि प्रतिष्ठानहरुले साझा अवघारणा सहित आम जनसमुदाय सँग अपिल गरौं ।
३.प्रमुख प्रतिपक्षि नेपाली कांग्रेस
मलाई लाग्छ विवि कोईराला तत्कालीन समयका दुरदर्शि राजनीतिज्ञ र प्रजातान्त्रिक धाराका उच्चकोटिका विचारक र क्रान्तिकारी नेता हुन ब्यवहारीक हिसावले उहाँलाई म आर्दश मान्दछु । वर्तमानमा ती आर्दशहरुवाट विचलित भएकोले होला जनविश्वास पनि हामिले गुमाउन थालेका छौ । यो तितो यर्थात हो । सरकार जिम्मेवार सत्तापक्ष हुन चुक्नु ,नेपाली काङ्ग्रेस जिम्मेवार प्रतिपक्षहुन चुक्नु सत्तापक्षले राम्रो काम गरे पनि विरोधगर्नु प्रतिपक्षले सरकारले गरेका नराम्रो कामको आलोचना गरेपनि त्यसलाई रचनात्मक आलोचना वुझि सच्याउने र सच्चिने ल्याकत नराख्नु । एकपक्ष सम्पूर्ण रुपमा पराजित मानसिकतावाट विक्षिप्त हुने अर्काेपक्ष सधैभरिकालागि राज्यको मालिक भएको अहंकार दम्भ पालेर भित्रपनि नमान्ने वाहिरपनि नमान्ने जस्तो देखिनु यो हामीले साझासहमतिवाट निर्माण गरेको सविधानको मुलमर्म र भावना विपरीत हुनजान्छ । निर्वाचनको मत परिणाम अनुसार यो जनमत नेपाल कम्युनिस्ट पार्टीलाई दिएको हो । हामीले राजनीतिक परिवर्तन र यसका उपलब्धिलाई संस्थागत गर्नुछ । शान्तिप्रक्रियाका बाँकी अविभाराहरु पुरागर्नुछ । समृद्ध नेपाल निर्माणगरी नेपाली जनताको मुहारमा खुसि भर्नु र नेपालीलाई सुखि वनाउनुछ ।  राष्ट्रको आन्तरिक एकता सुदृढ वनाउँदै राष्ट्रियताको रक्षा गर्नु राष्ट्र मजवुद वनाउनु, यो हामि सवैको सझा जिम्मेवारी हो र हुनुपर्दछ । यिनै साझा राष्ट्रिय अभिभारा पूरा गर्ने संङकल्प वोकेर नेपाली कंग्रेस विपिको आदर्समा र कम्युनिस्ट पार्टी आफ्नै वैचारिक आर्दसमा टेकेर आत्मासमिक्षा सहित आफैप्रती निर्वम हुदै पुन रुपान्तरित नहुने र समिक्षा गरेर नसच्चिने हो भने राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै, सुदृढ राष्ट्रिय एकता कायमै गर्ने, समृद्ध नेपाल निर्माणगरि नेपाली जनतालाई सुखिवनाउने सपना र चाहाना पुरागर्न हाम्रो पुस्ता असफल हुन सक्छ । अन्जानमा भएका भुलहरु जनतालाई समयमै वुझाउन सक्दा अक्ष्यम्य हुदैनन तर नियतवस गरेका वदमासिहरु जनताको नजरमा क्षम्यहुने छैनन ।अब हाम्रो सामु सिद्धिने कि सच्चिएर नयाँ ईतिहास निर्माण गर्ने जम्मा दुई विकल्पवाहेक तेस्रो विकल्प छैन छोटो थोरै भएपनि समय छ । यसको सदुपयोग गरौ यसैमा हामी सवैको भलो छ ।
(लेखक–नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य तथा राष्ट्रियसभा सदस्यको जिम्मेवारीम हुनुहुन्छ)


,

0 comments

Write Down Your Responses