Powered by Blogger.
कमरेड गोञ्जालो कसरि दुस्मनको कब्जामा पर्नुभयो ?

क. बिनाेद दाहाल
क. बिनाेद दाहाल

 “साम्राज्यवादले यो सपना देखिरहेको छ कि उसले चाहेमा क्रान्तिलाई फुकेर ढाल्नसक्छ । तर यो अवधि अत्यन्त कठिन, जटिल र रक्तपातपूर्ण हुँदाहुदै पनि यसले जनताको विजयतर्फ र विश्वसर्वहारा क्रान्तितर्फ डोहोयाउने छ । अध्यक्ष माओले भन्नुभएको थियो— ठूला आँधिहरुद्वारा मात्र संसारलाई बदल्न सकिन्छ ।” — कमरेड गोञ्जालो ।

माओपछिको केही समय अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा उल्लेख्य भूमिकामा रहेर कमरेड गोञ्जालाले नै नेतृत्व गर्नु भएको थियो । कमरेड गोञ्जालाको यो हप्ता पेरुकै एक अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई झण्डै ३० वर्ष पेरुको प्रतिक्रियावादी सरकारले अदालतको निर्णय गराएर आजीवन कारावास भन्दै कठोर जेल सजाँय (पिंजडामा राखेर) दिएको थियो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

पेरुको जनक्रान्तिलाई आशाको नजरले श्रमजिवी शोषितपिडित विश्वसमुदायले हेरिरहेको अवस्थामा थियो । प्रत्याक्रमण पुगेको अवस्थामा नेतृत्वको अभावमा उक्त क्रान्तिले दुर्भाग्यपूर्ण पराजय व्यहोर्नुपयो । यसको समिक्षा गर्दै नेपालमा उर्लिएको दीर्घकालिन जनयुद्ध पनि नेतृत्व क्षमता कमजोर भएकै कारण पराजय व्यहोर्न पुगेको छ । सर्वहारा क्रान्तिमा नेतृत्वको विकासबारे अझै गम्भिर भएर नयाँ निश्कर्षमा पुग्नु अहिलेको आवश्यकता बनेको छ ।

डा. अभिमायल गुजमान रेनेसो कमरेड गोञ्जालाे पेरुको उर्लिरहेको क्रान्ति अर्थात साइनिङपाथका संस्थापक हुनुहुन्थ्यो । सन १९३४ डिसेम्बर ३ मा तटिय नगर मोलेन्डोमा अविवाहित आमाबाट उहाँको जन्म भएको बताइन्छ । समाजवादी बिचारक कार्लोस डेला रिभाकोबाट प्रभावित उहाँले प्राध्यापन गरिरहेको अवस्थामा १९६० तिर कम्युनिस्ट पार्टीमा जिम्मेवारि लिनुभएको थियो । त्यसको ८ वर्षपछि पेरु कम्युनिस्ट पार्टीले सशस्त्र क्रान्ति शुरु गरेको थियो । प्रध्यापन कार्यबाट राजिनामा दिएर उहाँ भूमिगत हुनुभएको थियो । सन १९७०मा साइनिङपाथको स्थापना गर्नपुग्नुभयो । उहाँले महान् सर्वहारा सांस्कृतिक क्रान्ति चलिरहेको बेलामा चीनको भ्रमण अध्ययन गर्नुभयो । उहाँ भन्नुहुन्थ्यो, “मेरा साथीहरु छैनन्, कमरेडहरु मात्र छन् ।” 

उहाँ कानुन र दर्शनशास्त्रका प्राध्यापक हुनुहुन्थ्यो । सर्वहारा वर्गका महान् नेता हुनुभयो । उहाँले क्रान्तिकारि अन्तराष्ट्रियतावादी आन्दोलनको गठन र माओवादमा संश्लेषण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । माओवादको प्रयोग र विकासको लागि उहाँ नेतृत्वमा विश्वका सर्वहारा वर्गलाई जगाउनेगरी पेरुमा दीर्घकालिन जनयुद्ध भएको थियो । जनक्रान्ति प्रत्याक्रमणको चरणमा पुगेका वेला राजधानी कब्जा गर्नलागेको चर्चा हुदैगर्दा उहाँ गिरफ्तारिमा पर्नुभयो । यो घटनाले विश्व सर्वहारा वर्गलाई निक्कै नै दुःखी बनायो । उहाँको गिरफ्तारिले विश्व कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुयायो । सहि बैचारिक राजनीतिले मात्र नपुग्ने रहेछ, नेतृत्वको महत्व, नेतृत्व निर्माण, नेतृत्वको सुरक्षा र उत्तराधिकारिको सवाललाई गम्भीर भएर सोच्नु पर्ने अवस्थाको सृजना गरायो । उहाँको जीवन रक्षाको लागि विश्वभरबाट आवाज उठेपछि फाँसी दिने अनुमानकाबीच उहाँलाई आजीवन कठोर सँजायका साथ थुनामा राखियो । 

सन १९९१ जनवरिमा एक भूमिगत घरबाट संयोगवस पक्राउ पर्ने अवस्थाबाट उहाँ जोगिनु भएको कुरा त्यहाँका जासुसी निकायले बताएको छ । त्यसपछि उहाँलाई पक्राउ गर्न अमेरिकी सिआइएको तालिम पाएका जासुसहरुले निरन्तर प्रयास जारिराखेका थिए । सन १९९२ सेप्टेम्बर १२ तारिख शनिवार (नेपाली समय अनुसार भदौं २७ गते) उहाँलाई गिरफ्तार गरियो । 

क. गाेन्जालाे 

पेरुको राजधानी लिमास्थितशान्त इलाका सुर्कोको ४५९ नम्बर प्रथम सडकको छेउमैरहेको पहेंलो हरियो घरको दोस्रो तल्लाको कोठामा जहिले पनि पर्दा बन्द हुन्छ, किन ? अमेरिकाले सहयोग गरेर तयार पारेको त्यहाँको जासुसि प्रहरि (डिनकोटे)ले शङ्का गर्छ । उनीहरुका भएभरका यन्त्र, उपकरण र प्रबिधिहरु प्रयोगमा ल्याउँछन् । त्यो घर पुरै निगरानी राखिन्छ । अर्धपागल प्रेमीहरुको रुपमा मानिसको रुपमा त्यहाँ कोहिलाई तैनाथ गरिन्छ भने कोही मिटर जाँच्ने नाममा भित्रसम्म पुगेर जाँच गर्दछन् । त्यो घर एउटी गायीका तथा व्याले निर्देशिका लेक्काले भाडामा लिएकी थिइन् भन्ने उनीहरुले पत्ता लगाएका थिए । उनले किनमेल गर्ने कुरादेखि कन्टेनरमा फालिने फोहोरहरुसमेतमा जासुसहरुले जाँच गर्दै थिए । दैनिक १६ वटा पाउरोटी, बुढाबुढिलाई चाहिने औषधि उपचारका सामानहरु, गोञ्जालोले तानेका चुरोटका ठुटाहरु डस्टविनबाट उठाएर फालिएको, एकदिन पर्दाभित्र नै नाचेको छायाँ दृष्य गोञ्जालोकै आकारको पाएका, यसअघि पक्राउ परेका क. एलेनाको भाई, भाईकी श्रिमति र छोराछोरिलाई मार्ने धम्की दिंदै त्यस घरमा बस्ने मानिसहरु बारेमा जानकारि पाएको प्रहरि आफैंले जानकारि दिए । गोञ्जालोको मार्लबोरो चुरोट तान्ने आदत छ, लेक्काको चुरोट तान्ने आदत छैन तर लगेको देखेपछि त निश्चय नै गरिहाले कि त्यहाँ गोञ्जालो हुनुहुन्छ । उनीहरुले निधो गरिहाले कि त्यहाँ पक्कै पनि गोञ्जालो हुनुहुन्छ ।

पक्राऊ गर्ने सेप्टेम्बर १२ को त्यो दिन त्यो घर सँगै एउटा लेफ्टिनेन्टको घरमा नाचगान कार्यक्रमको आयोजना गरेका थिए । नाचगान चलिराखेको बेला कोही त्यहीं गाडि भित्रैबाट रक्सी पिइराखेको अभिनय गर्दै निगरानीमा थिए । रातको ८ः४० बजे ती लेक्क घर फर्केकी थिइन्, उनले एकबट्टा चुरोट किनिन् र घर भित्र छिरिन् । त्यसलगत्तै ती नजिकै गाडिमा बसेका जासुसहरु ढोकामा गएर बेल थिचेर ढोका खोल्ने बनाए । त्यत्तिनैखेर उनीहरुले ती महिलालाई नियन्त्रणमा लिए र नाचगानका सबै तैनाथ सिभिल पोशाकका प्रहरि आएर भित्र पसेर उनीहरुले अनुमान लगाएको कोठामा प्रवेश गरि गोञ्जालोलाई नियन्त्रणमा लिए । 

आक्रमण गर्न आएका बेला दोश्रो प्रमुख नेत्री एलेना एपार्सग्वुर्र, लेक्कालगायत ६ जना १० लाख डलर टाउकाको इमान राखिएका नेताहरु र अरु ८ जना त्यहीं रहेकाहरु गिरफ्तारिमा पर्नुभयो । ४ वटा अटोमेटिक हतियारहरु कोठामा भए पनि र एलेनाले प्रतिरोध गर्न खोज्दा पनि गोञ्जालोले रोक्नुभयो र सहज गिरफ्तारि दिनुभयो । गोञ्जालो उक्त कोठामा २ हप्तादेखि बसिराख्नु भएको थियो । कोठाबाट २ महिनामा गर्ने आक्रमणको योजना पनि फेला पारे र कम्प्युटरको डिक्सहरु र कागजपत्रहरु बरामत गरे । यसोगर्दा त्यसपछि २ सय जना कार्यकर्ताहरु पक्राऊ परे । यस घटनाबाट संसारभरका प्रतिक्रियावादीहरु रमाए, अमेरिका र त्यहाँको कठपुतली सरकारले खुसियाली मनायो । ठूलो सफला प्राप्त गरेको भन्दै अमेरिकाले संसारभरि बिग मिडियाहरु मर्फत हल्ला मच्चायो । त्यसपछि गोञ्जालोले शान्त स्वरमा डिन्कोटेका नाइके जनरल एन्टोनियो विडाल हर्रेरालाई प्रतिक्रिया दिनुभयो, “हो यसपाली मेरो हार्ने पालो हो, बधाइ छ ।”

गोञ्जालोलाई पक्राऊ गरेपछि प्रहरि हेडक्वाटरमा कडा पहरा दिएर राखे । ४ वटा बख्तरबन्द गाडि, अत्याधुनिक हतियारसहित ३ हजार भन्दा बढि सैनिकहरु, र, हेलिकप्टरले गस्ती गर्दै राष्ट्रपतिलाई भन्दा बढि सुरक्षा दिएर पिंजडामा राखे । 

जनयुद्धको अवधिमा मारिएका २७ सय मानिसको हत्या अभियोग लगाए, २० अरब डलर क्ष्यति गराएको आरोप लगाए, देशद्रोह गरेको र आतङ्कवादी भएको आरो पनि लगाए, १५०९ नम्बर तख्तीमा झुण्याएर भाद्र २७ मा पक्राऊ पर्नुभएका उहाँलाई अशोज २१ गतेसम्म राखियो । थुनामा राख्दा पनि अपमानजनक ढङ्गले राखियो । हिंश्रक बाघ भन्न खोजेजसरि, अपराधिलाई झैं टाटेपाटे र अपमानजनक पोशाक लगाएर बाघको खोरभित्रै राखियो । आश्विन ८ गते त्यहींबाट टिभि पत्रकारहरुलाई बोल्ने अवशर दिइयो । उच्चो मनोबलका साथ २० मिनेट लामो भाषण दिनुभयो, “पिंजडा पनि जनयुद्धको ट्रेंच भएकाले यहींबाट म निरन्तर लडिरहन्छु ।” 

अशोज ११ गते उहाँलाई आक्रमणको सम्भावना कम भएको भन्ठानिएको एल कालाओ पोर्टको पुन्ता सैनिक अखडामा सारियो । त्यहाँ पुयाएपछि उहाँमाथि सैनिक अदालतमा मुद्दाहरु दर्ता गर्न लगाइयो । जम्मा १५ मिनेट मात्र वकिलसँग कुराकानी गर्न दिइयो । त्यसपछि अपहरण शैलीमा उहाँलाई लुकाइयो, वकिललाईसमेत भेटघाट बन्द गरियो, ६ जना वकिललाई गोञ्जालोलाई झैं पक्रेर थुन्ने भन्दै सैनिकहरुद्वारा धम्काइयो, वकिलबाट मुद्दा हेर्ने काम बिरोध स्वरुप बन्द गरियो । त्यसपछि एकक्षीय ढङ्गले अशोज २० गते सैनिक अदालतको सिफरिस सुनाइयो, “आजीवन कारावासको सजाय हुनेछ ।” अमेरिकी आदेशबाट चल्ने सैनिक अदालतको सिफरिस अनुसार नै सर्बोच्च अदालतले सदर गरिदिएको घोषणा गयो । 

उहाँलाई एकजना मात्र मान्छे बस्न सकिने काल कोठरिमा आजीवन सँजाय काट्नुपर्ने व्यवस्था गरियो ।

रोचक कुरा के छ भने त्यतिवेला “सेभ गोञ्जालो कमिटी” विश्वस्तरको गठन भएको थियो । नेपालमा पनि उक्त कमिटिले काम गरेको थियो । त्यतिवेलाको संसदका ८२ जना सांसदहरु (एमाले, संयुक्त जनमोर्चा, नेमकिपा, सदभावना र राप्रपा) ले गोञ्जालोप्रति गरिएको अनैतीक, अमानवीय, अपमानजनक व्यवहारको बिरोध र भत्सर्ना गर्दै अबिलम्ब रिहाईको माग गरेका थिए । कांग्रेस चाहिं साम्राज्यवादको एजेन्ट कम्पनि जस्तै उतिवेला पनि परिचित फसिवादी पार्टी थियो, उसले गोञ्जालोको रिहाईको कुनै वास्था गरेको थिएन ।


,

0 comments

Write Down Your Responses