Powered by Blogger.
पुर्व सुरक्षाकर्मी परिषदको साधारणसभा सम्पनन्


सिन्धुली– पुर्व सुरक्षाकर्मी परिषद नेपाल जिल्ला शाखा सिन्धुलीको दोश्रो साधारणसभा शुक्रबार एक समारोह बीच सम्पनन् भएको छ । 

सम्पूर्ण पुर्व सुरक्षाकर्मी एक होऔं, राष्ट्रको शान मान कायम राखौं भन्ने मुल नाराका साथ सम्पनन् बार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी भक्त बहादुर राईले पुर्व सुरक्षाकर्मी परिषद नेपाल नेपाल राष्ट्रको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, मौलिक सास्कृतिक संस्कार र स्वाधिनताको रक्षार्थ क्रियाशिल रहेको बताउँदै परिषदलाई राजनैतिक स्वार्थबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै पुर्व सुरक्षाकर्मी परिषद नेपालका केन्द्रिय प्रबक्ता हेमसंकर गीरीले पुर्खाको रगत र पसीनाबाट श्रृजित नेपाल राष्ट्रलाई सबृद्धि तर्फ डोर्याउन विद्यमान अलोकतान्त्रिक पद्धतिबाट अगाडि बढिरहेको राजनीति र राजनीतिक दलहरुलाई खबरदारी गर्न बैकल्पीक राष्ट्रिय तटस्थ शक्तिको महसुस भएकाले राष्ट्रिय भावनाले ओतप्रोत भएका नेपालका पुर्व सुरक्षाकर्मीहरु एक हुन आवश्यक रहेको बताउनुभयो । 

जिल्ला अध्यक्ष बासुदेव श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रबक्ता दिपक विश्वकर्माको सञ्चालनमा भएको साधारणसभामा पुर्व सुरक्षाकर्मी परिषदका सल्लाहकार कृष्ण श्रेष्ठ, इन्द्र बहादुर भुजेल, अम्बर बहादुर श्रेष्ठ लगायतले मनतब्यक्त ब्यक्त गर्नुभएको थियो । 

अवकाश प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान, भारतीय गोर्खा सेना तथा बृटिश गोर्खा सेना, सिंगापुर प्रहरी सम्मीलित पुर्व सुरक्षाकर्मी परिषद नेपाल केन्द्रमा २०७७ सालमा र जिल्लामा २०७८ सालमा गठन भई राष्ट्रियता र स्वाधिनताका पक्षमा विभिन्न् गतिविधीहरु सञ्चालन गर्दै आईरहेको छ । 

त्यस्तै पुर्व सुरक्षाकर्मी परिषद नेपालले सिन्धुलीले सुक्रबार नै राष्ट्रिय एकताको प्रतिक पृथ्वी नारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा र्याली सहित लोकतान्त्रिक चौकमा पृथ्वी नारायण शाहको फोटोमा माल्र्यापर्ण गरी राष्ट्रिय एकता दिवस मनाएको छ । 




,

0 comments

Write Down Your Responses