Powered by Blogger.
बागमती प्रदेश सरकारद्धारा विभिन्न् कार्यबिधी स्वीकृत


सिन्धुली– बागमती प्रदेश सरकारको आईतबार बसेको बैठकले आफ्नो ऐन कानुनसँग सम्बन्धीत रहेर विभिन्न् मन्त्रालयसँग सम्बन्धीत ८ वटा कार्यविधी स्वीकृत गरेको छ । 

मन्त्रीपरिषद बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धीत जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सन्चालन सम्वन्धि कार्यविधि २०८०, द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८० स्वीकृत गरेको छ भने कृषि तथा पशुपक्षि मन्त्रालयसँग सम्बन्धीत एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेको छ । 

त्यस्तै स्वास्थ्य मन्त्रालयसँग सम्बन्धीत एक विद्यालय एक नर्स कार्यक्रम सन्चालन (दोश्रो संसोधन) कार्यविधि २०८०, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाइ उद्धार सेवा सम्वन्धि कार्यविधि २०८० र दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो । 

त्यस्तै मन्त्रीपरिषद बैठकले भौतिक संरचनाको संरचनात्मक सुधारको खर्च अख्तियारी प्रदान गर्ने, प्रदेश सदस्य गिता गुरुङको हेयरिङ मेशिन खरिद सम्वन्धमा र समस्याग्रस्त सहकारी संस्थाको निमित्त व्यवस्थापन समिति गठन तथा सो समितिको सेवा सुविधा तथा शर्त सम्वन्धी निर्णय समेत गरेको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो । 



, ,

0 comments

Write Down Your Responses