Powered by Blogger.
बम्जनका अनुयायीहरुको ज्यादती बिरुद्ध उत्रिए स्थानीयबासी

सिन्धुली– ‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुली स्थित आश्रमका अनुयायीहरुले आफुहरु माथि ज्यादती गरेको भन्दै स्थानीयबासीहरु बिरोधमा उत्रिएका छन । 

कमलामाई नगरपालिका–८ पैरे स्थित आश्रम क्षेत्रका स्थानीयबासीहरुले मङ्गलबार पत्रकार सम्मेलन गर्दै बम्जनका अनुयायीहरुले आफुहरु माथि पटक–पटक ज्यादती गरेको गुनासो ब्यक्त गरेका हुन । 

पत्रकार सम्मेलनमा बोल्दै स्थानीय सरस्वती सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष हितलाल श्रेष्ठले बम्जनका अनुयायीहरुले दैनीक गतिविधी मात्र नभएर सामाजिक संस्कारका गतिविधीहरुमा समेत स्थानीयबासीहरुलाई ज्यादती गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस भन्दा पहिले पनि उनीहरुको ज्यादती बिरुद्ध स्थानीय प्रशासनकै रोहबरमा सहमति भएको थियो, तर उक्त सहमति कार्यान्वयन हुन सकेको अवस्था छैन ।” आफ्नो घाटमा लास लैजादा समेत समस्या उत्पनन् हुने गरेको श्रेष्ठले बताउनुभयो । 

स्थानीय मैना कुमारी श्रेष्ठले दैनिकजसो आश्रम आसपास घाँसदाउरा गर्नुपर्ने भएपनि बम्जनका अनुयायीहरुले विभिन्न् खालका धम्की दिने गरेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “हामीले आफ्नै घर आसपासको जङ्गलमा घाँसदाउरा गर्न जान डराउनु पर्ने अवस्था आएको छ । यो हामीमाथि अन्याय हो । आश्रम नजिकको निजी जङ्गलमा जान समेत रोकतोक गरिन्छ । धर्मको अनुयायीहरूले जङ्गलमा जान आउन पनि किन रोक लगाउँछ ?”



कमलामाई नगरपालिका–५, सिलामेका भक्तनारायण श्रेष्ठले वर्षौँदेखि आफूले माछा मार्दै र खेल्दै आएको खोलामा समेत बमजनका अनुयायीहरूको डरका कारण खोलानजिक जान समेत समस्या भएको बताउनुभयो । श्रेष्ठ भन्न्नुहुन्छ, “सरकारले हाम्रो यस क्षेत्रमा सहज आवगमन तथा भरपर्दो सुरक्षा व्यवस्था गरिदिनुपर्छ । अन्यथा हाम्रा चेलीबेटी पनि सुरक्षित रहन गाह्रो भएको छ ।”

बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका छन् ।

करिब २८ बिगाहा जग्गा आश्रमको स्वामित्वमा रहेको भनिएपनि त्यसको दोब्बर जमिन बमजनले भोगचलन गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ ।

बमजनका अनुयायीहरूले निजी जग्गाबाहेक चनदेवी र दक्षिणकाली सामुदायिक वनका जग्गा समेत नियन्त्रणमा लिई त्यहाँ स्थानीय बासिन्दालाई प्रवेश निषेध गरेको उनीहरू बताउँछन् ।

यसभन्दा अघि पनि जिल्ला प्रशासन कार्यालयको रोहबरमा स्थानीय र बम्जनका अनुयायीहरु बीच समहति भएको थियो तर उक्त सहमति कार्यान्वयन हुन नसकेको स्थानीयहरुको आरोप छ भने बोधिश्रवण धर्म संघ सिन्धुलीकी अध्यक्ष फुलकुमारी तामाङ्गले भने आरोपमा कुनै सत्यता नभएकोे बताउनुभयो । बिगतमा स्थानीयबासीसँग भएको सहमति आफुहरुले पूर्णरुपमा कार्यान्वयन गरेको र थप समस्या उत्पनन् भएमा छलफल मार्फत समस्या समाधान गर्न आफुहरु तयार रहेको बताउनुभयो । 



, ,

0 comments

Write Down Your Responses