Powered by Blogger.
तिनपाटन गाउँपालिका कार्यालयको अनुरोध

👉 जथाभावि फोहोर नफालौं, गाउँ सफा र सुन्दर राखौं, भ्रमण बर्षलाई सफल बनाऔं । 


👉 सडक अबरोध हुने गरी निर्माण सामाग्री नराखौं । 


👉 नालामा अनावश्यक फोहोर नफालौं, नालालाई बन्द हुन नदिउँ । 


👉 पाल्तु कुकुरहरु सडकमा नछाडौं, घरमा नै बन्धनमा राखी रेबिज विरुद्धको खोल लगाऔं । 


👉 गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य संस्थामा गई आफ्नो स्वास्थ्य परिक्षण गराऔं । 


👉 गर्भवति महिला तथा नवजात शिशुलाई समयमा नै खोप लगाई विभिन्न् रोग लाग्नबाट जोगाऔं ।

 

👉 गाउँपालिकालाई बुझाउनुपर्ने कर, दस्तुर, शुल्क समयमै बुझाई गाउँपालिकालाई सहयोग गरौं । 


👉 सडक चोकमा होर्डिङ्गबोर्ड, साईनबोर्ड, ब्यानर राख्दा गाउँपालिकासँग पुर्व स्वीकृत लिएर मात्र राखौं ।


👉 उद्योग ब्यवसाय सञ्चालन गर्दा गाउँपालिकाबाट सिफारिस लिएर मात्र गरौं । 


👉 ब्यवसाय सञ्चालन भएपछि गाउँपालिकामा आफ्नो ब्यवसाय दर्ता गरी प्रमाणपत्र लिऔं । 


👉 अखाद्य, मिसावटयुक्त खाद्य सामाग्रीहरुको विक्रि बितरण तथा प्रयोग नगरौं । 


👉 जन्म, मृत्यू, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रमा नै दर्ता गरौं ।

 

👉 छतको पानी सडकमा सोझै नझारौं । 


👉 सडक अधिकार क्षेत्रको लागी छोडिएको जग्गामा सेप्टीट्याङकी लगायत कुनै पनि संरचना निर्माण

 नगरौं । 

👉 गाउँक्षेत्र भित्र जग्गा प्लानिङ गर्दा गाउँपालिकाको पुर्व स्वीकृती लिऔं । 


👉 घरनक्सा पास गरी इजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौं । 

👉 प्रत्येक आर्थिक वर्षको पौष मसान्त भित्र सम्पती कर बुझाएर १० प्रतिशत रकम छुट लिऔं । 

तिनपाटन गाउँपालिका कार्यालयको कार्यालय 
सिन्धुली 





0 comments

Write Down Your Responses