नेपाल सरकार तथा संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठन (FAO) नेपालको संयुक्त प्रयासबाट नेपालको पूर्बी क्षेत्रमा चुरे क्षेत्रको उत्थानशिलको लागि एउटा आयोजनाको रुपमा तर्जुमा भएको छ। यस आयोजना हरित जलवायु कोषको सहयोगमा नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घ खाध तथा कृषि सङ्गठन बीच मिति ०३ मे सन् २०२० मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघ खाध तथा कृषि सङ्गठनले संयुक्त रुपमा कार्यान्वयनमा रहेको आयोजना हो। यस आयोजनाको केन्द्रमा आयोजना व्यवस्थापन इकाई रहेको छ भने यसको कार्य क्षेत्र प्रदेशस्तरमा प्रदेश न. १, प्रदेश न. २ र बागमती प्रदेश गरि तीन वटा प्रदेशहरुमा लागु हुनेछ। प्रदेशस्तरमा आयोजना व्यवस्थापन इकाई, बबरमहल, काठमाण्डौं अन्तर्गत प्रदेश आयोजना ब्यबस्थापन इकाई रहनेछन् हाल स्थापनाको क्रममा रहेको छ । करिब ७५० वटा समुदाय स्तरका संस्थाहरु परिचालन गरी कार्यान्वयन गरिने यस आयोजना हरित जलवायु कोषको सहायतामा कार्यान्वयनमा आएको पहिलो आयोजना हो ।
0 comments
Write Down Your Responses