Powered by Blogger.
जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुलीको अनुरोध

    यस कार्यालयको चालु आर्थिक बर्षको २०८०/८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार

 सिन्धुली जिल्ला भर कार्यान्वयन हुने गरी बजेट बिनियोजन भई आएका संघ शसर्त तथा प्रदेश

 तर्फका योजनाहरु मध्ये हालसम्म पनि सम्झौता नभई कार्यान्वयनको प्रक्रिया अगाडि नबढेका

 योजनाहरु र सो सँग सम्बन्धीत उपभोक्ताहरुले आ–आफ्नो वडा कार्यालयको सिफारिस

 सहित उपभोक्ता समिति गठन गरि चैत्र मसान्त सम्म सम्झौता गर्न आउनुहुन अनुरोध छ ।

 आर्थिक बर्षको अन्त्य तिर हुने योजना कार्यान्वयनले योजनाको गुणस्तरमा प्रश्न उठ्न गई

 योजना समेत दिगो नहुने भएकाले यस तर्फ सम्बद्ध सवै सरोकारवालाहरु सजग रहिदिनुहुन

 अनुरोध छ । साथै चैत्र मसान्त भित्र पनि सम्झौता हुन नसकेका योजनाहरुको हकमा तत्पश्चात

 कुनै पनि सम्झौता नहुने र सो योजनाहरु सम्बन्धीत मन्त्रालयमा फिर्ता पठाईने ब्यहोरा समेत

 सम्बन्धीत सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । 

जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुली 



0 comments

Write Down Your Responses