विपदको व्यवस्थापन गर्न स्थायी संरचनाको निर्माण गर्दै गाउँलेहरु
साेमप्रसाद बराल
सिन्धुली/ डुडभञ्ज्याङ्ग/ भुकम्प(विपद) कत्रो आउछ, कतिबेला आउछ र कति पुयाउछ भन्ने कुरा अनुमान र आकंलन गर्न सक्ने विषय होइन । नेपालीहरूले नसोचेकै बेला नेपालको इतिहासमा सबैभन्दा बिभत्स र विनाशकारी रुपमा आएको १९९० माघ २ गतेको भूकम्प पछि २०७२ बैशाख १२ गते अर्को विनासकारी भुकम्प गएको छ ।
१९९० माघ २ मा संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको भूकम्पमा परी आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५ सय जनाले ज्यान गुमाएका थिए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवन समेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको थियो ।
विस्तारै नेपालीहरूले १९९० सालको भुकम्पको पीडा विर्सीरहेका थिए र भुकम्पले ध्वस्त भएको भौतिक संरचनाहरूको पुर्ननिर्माण गरिसकेका थिए । तर फेरी अर्को बिनासकारी भुकम्पले नेपाल र नेपालीहरूलाई गहिरो पीडा र घाउ लगाएको छ ।
गत वैशाख १२ गते गोरखा र लमजुङको सीमा बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.९ रेक्टर स्केलको विनासकारी भुकम्पका कारण झण्डै ९ हजार भन्दा बढीको मृत्यू भएको छ भने १ लाख भन्दा बढी घाईते भएका छन र लाखौं भौतिक संरचनाहरू ध्वस्त भएका छन । अझै पनि पटक–पटक भुकम्पका पराकम्पन आउने क्रम जारी नै छ ।
विनासकारी भुकम्पले कसैका आफन्त, कसैको सम्पत्ती, कसैको बास त कसैको बर्षभरिको खाना रहेन । लाखौं नेपालीहरूले बनाएका योजना वा महत्वकांक्षा गती र सिल्सीला भङग गरिदिएको छ । बिनासकारी भुकम्पले हाम्रा घर, शहर, गाउ वा संंरचना त भत्कायो, हाम्रा आफन्त को मृत्यु त त्यसको कारणले भयो । तर भुकम्पले हाम्रो मन भत्काउन सकेको छैन । यतिवेला हामी सवै मिलेर पुनस्थापना र पुर्ननिर्माणको बाटोमा लाग्नु पर्छ र फेरी पनि गाउँहरूलाई बनाउनै पर्छ ।
विनासकारी भुकम्प र पटक–पटकको पराकम्पनका कारण सिन्धुली जिल्लामा १५ जनाको मृत्यू, १ सयँ भन्दा बढी घाईते भएका छन । सार्वजनिक महत्वका सम्पति सहित दर्जनौं सरकारी तथा हजारौं व्यक्तिगत भौतिक संरचनाहरु पूर्ण रुपमा ध्वस्त भएका छन । सुन्दर गाउँहरू भुकम्पका कारण खण्डहर भएका छन । क्षतिको विवरण संकलन गर्न खटिएको सरकारी टोलीको तथ्याङक अनुसार डुडभञ्ज्याङ्ग गाविसमा मात्र झण्डै ५ सय घरहरु बस्न नमिल्ने अवस्थामा पुगेका छन भने दर्जन भन्दा बढी विद्यालय भवनहरु क्षतिग्रस्त भएका छन । मानवीय क्षति भने भएको छैन ।
बिनासकारी भुकम्प पछि उद्धार तथा राहतको काम प्रभावकारी रुपमै सम्पनन् भईसकेको अवस्था छ भने यतिवेला क्षतिग्रस्त भएको गाविसको पुर्ननिर्माण अभियान चलिरहेको छ । विभिन्न् संघ संस्थाहरु देखी सरकारले समेत भुकम्प प्रभावित क्षेत्रका स्थानीयहरुलाई केन्द्रित गरी राहत र पुर्ननिर्माणका कार्यक्रमहरु सञ्चालन गरिरहेको अवस्था छ ।
बिनासकारी भुकम्प पछि तत्काल पीडितहरुको व्यवस्थापनमा सहयोग गर्नका लागी संघीय मामीला तथा स्थानीय बिकास मन्त्रालयले प्रभावित गाविसहरुमा रु ४ लाख ५० हजारका दरले राहत अनुदान प्रदान गरेको छ ।
भुकम्प पीडितहरुको व्यवस्थापनको लागी खर्च गर्न प्राप्त भएको उक्त रकमले डुडभञ्ज्याङ्ग गाविसका स्थानीयहरुले भुकम्प मात्र होइन समाजमा आईपर्ने अन्य बिपदको समयमा समेत प्रयोग गर्न सक्ने गरी स्थायी भौतिक संरचनाको निर्माण गरेर जिल्लावासीहरुलाई नै सकारात्मक सन्देश दिएका छन । वडा नागरीक मञ्चको अगुवाईमा गाविसका ९ वटै वडाहरुमा कम्तीमा १०० जना मानिसहरु बस्न मिल्ने स्थायी उद्धार केन्द्रको निर्माण गरिएको छ ।
सरकारबाट प्राप्त ४ लाख ५० हजार रुपैयाबाट जस्ता, सिमेन्ट लगायतका निर्माण समाग्री उपलब्ध गराइएको भएपनि बाँकी निर्माणको काम सम्पनन् गर्नका लागी वडा नागरीक मञ्चको अगुवाईमा स्थानीयहरुले उत्साहपूर्वक श्रमदान गरेका थिए । यतिवेला गाविसका ९ वटै वडाहरुमा सामुहिक उद्धार केन्द्रको रुपमा भवनहरु निर्माण भएका छन । गाविस भरि १४ स्थानमा विपदको समयमा स्थानीयहरुलाई बस्न सहयोग पुग्ने भवनको निर्माण गरिएको छ ।
गाविस सचिब, सामाजिक परिचालक, वडा नागरीक मञ्च लगायत स्थानीय राजनैतिक दलहरुको दुरगामी सोचका कारण निर्माण भएको उद्धार केन्द्र (Reasku Centre)ले गाविसमा आईपर्ने विपदको व्यवस्थापन गर्न निक्कै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
0 comments
Write Down Your Responses