Powered by Blogger.
के प्रचण्ड र बाबुराम फुट्दैछन ?

काठमाडौं । एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईबीचको अन्तरसंघर्ष छताछुल्ल भएर सडकमा पोखिएको छ । दुवै पक्षले समानान्तर गतिविधि गरिरहेका छन् । र, पार्टी फुट्नसक्ने चर्चा बेस्सरी चलेको छ ।prachanda-baburam
एमाओवादीका एक जना केन्द्रीय सदस्य भन्छन–‘प्रचण्ड र बाबुरामको सम्बन्ध भनेको मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जस्तो हो । एक जना नहुँदा अर्काेको खेल जम्दैन, त्यसैले फुट्दैनन् ।’ बाबुराम निकट केन्द्रीय सदस्य भने संविधान निर्माण भएपछि सँगै बस्नसक्ने सम्भावना कम रहेको बताउँछन ।

एमाओवादीमा भारत फ्याक्टर निर्णायक हुने भएकाले अन्तिममा त्यसैले निर्धारण गर्ने पनि राजनीतिक विश्लेषकहरुको भनाइ छ । भारतको स्वार्थमा एमाओवादीले कुनै धक्का नपु¥याउने भएकाले यो शक्तिलाई तत्काल फुटाउँदा फाइदा छैन ।

‘खासगरी मन्त्रालयको भागबण्डामा आफ्नो हात माथि पार्न र बाबुरामलाई प्रचण्डले प्राधिकरणमा नल्याएकोमा बाबुराम आक्रोसित भएका मात्र हुन’ एक जना प्रचण्ड निकट केन्द्रीय सदस्यले बताए । तिनेले जोड दिदैं भने–‘कम्युनिस्ट पार्टी फुट्नमा मुख्य रुपमा वैचारिक मानिन्छ, यी दुईबीचमा कहाँ छ र वैचारिक लडाईं र फुट्नु ?’

प्रचण्ड मोदीका भरपर्दा मित्र ?

कट्टर हिन्दुवादी तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमाओवादी अध्यक्ष पुस्पकमल दाहाललाई यतिवेला उच्च महत्व दिएर दिल्ली भ्रमण किन गराए ? एमाओवादीमा मात्र होइन नेपालको सिङ्गो राजनीतिमा नै निकै चासोका साथ हेरिएको छ ।

‘भारत कार्ड’ प्रयोग गरेर प्रचण्डलाई सधैं अप्ठ्यारोमा पार्ने बाबुराम भट्टराईलाई यो भ्रमणले सबैभन्दा बढी असर पारेको एमाओवादीमा चर्चा सुरु भएको छ । नरेन्द्र मोदी नेपालका पुराना शक्ति र व्यक्तिभन्दा नयाँको खोजीमा रहेको पहिले नै प्रचार भएको हो । यसका लागि प्रचण्डलाई सिंगार्नसक्ने बाबुराम खेमालाई लागिरहेको उनी निकट स्रोतले समयबद्धलाई बतायो । बाबुरामलाई केही भारतका राजनीतिक नेता र विशेषगरी भारतीय प्रशासनले विश्वास गर्छ ।

नेपाली कांग्रेस भारतीय कांग्रेसको पुरानो भाइचारा पार्टी भयो । हिन्दु राजा नेपालमा पुनस्र्थापित हुने सम्भावना छैन । कमल थापाले रहर गरेर पनि मोदीको योजना नेपालमा सफल गराउन नसक्ने भएकाले उनी प्राथमिकतामा छैनन् । एमाले धेरै भरपर्दाे शक्ति होइन र एकीकृत ढंगले जान सक्तैन । यस्तो स्थितिमा प्रचण्डलाई निकट राख्न मोदीले चाहेको हुनसक्छ । प्रचण्ड देश र जनतासँगै आफ्नो स्वार्थलाई पनि निकै उच्च प्राथमिकतामा राख्छन । जसले गर्दा प्रयोग गर्न सजिला नेता हुन ।

प्रचण्डलाई प्राथमिकता दिएर मोदीले भारतको सबैभन्दा ठूलो समस्या मानिएको माओवादीलाई पनि ‘सिकाउन’ खोजेको एक जना विश्लेषकले बताए । ‘प्रचण्ड जस्तै मार्गमा जाँदा मूलधारको राजनीतिमा हस्तक्षेप गर्न सकिने पाठ उनले पढाउन खोजेका छन्’ विश्लेषकको विश्लेषण छ । प्रचण्डलाई भारतीय माओवादीलाई ‘शान्तिपूर्ण प्रक्रिया’मा ल्याउन मोदीले सहयोग मागेको भारतको एक अखबारले लेखेको छ ।

प्रचण्डको भारत भ्रमण वरपर र त्यसपछि बाबुराम भट्टराईको गतिविधि निकै बढ्नुले पनि प्रचण्डले भारतमा खिचडी पकाएको हुनसक्ने अनुमान लगाइने गरिएको छ ।

बाबुरामलाई अमरेशले हपारे

१६ बुँदे एमाओवादीले नचाहेको भए हुँदैन थियो । अमरेशले प्रचण्डलाई १६ बुँदे गर्न रोक्न खोजे । प्रचण्डले नमानेपछि बाबुरामलाई गुहारे । बाबुरामले त्यसलाई रोक्न सकेनन् र उल्टो प्रारम्भमा वाहिर ठीक भएको प्रचारसम्म गरे । त्यसपछि अमरेशले बाबुरामलाई ‘प्रचण्डको दलाल र कारिन्दा’ भनेर निकै कडा रुपमा गाली गरेको अमरेश निकट स्रोतले बतायो । सीमाकंन वाहेक १६ बुँदेमा अमरेशको अरु विषयमा आपत्ति होइन ।

भरतले बाबुरामलाई बढी नै महत्व दिंदा भारत अनावश्यक विवादमा आउने र एउटा शक्ति माओवादी नै चिढिने भएकाले बाबुरामलाई सन्तुलनमा राखेर प्रचण्डलाई हात लिन खोजेको हुनसक्ने भारतलाई नजिकबाट विश्लेषण गर्नेहरु बताउँछन ।
एमाओवादीलाई ‘लोकतान्त्रिक’ गराउँदासम्म बाबुरामको विशेष भूमिका रहेको थियो, सिंगो एमाओवादी नै लोकतान्त्रिक भएपछि अब बाबुरामलाई अलग्गै किन बोकिरहनु प¥यो र ? सो स्रोतको दावी छ ।

जनार्दन शर्माको नयाँ अभियान

एमाओवादी नेता जनार्दन शर्माले संविधानसभामा राखेको भिन्नमतले एमाओवादीमा विचारले प्रवेश पाएको छ । प्रचण्ड र बाबुरामको विचारको भन्दा पनि व्यक्तित्वको टकराव भइरहेको अवस्थामा जनार्दनको पछिल्लो अभियानले टुटेको एमाओवादीको वैचारिक बहसलाई पुन जोडेको छ । उनले लामो समयसम्म अडान लिइरहन्छन या कुनै स्वार्थ पूरा हुँदा छाड्छन भन्नेमा एमाओवादीमा नै आशंका गरिएको छ । यसैले उनको अभियानमा एमाओवादीभित्रका तल्लो कमिटीमा रहेका क्रान्तिकारीहरु ‘पर्ख र हेर’ को मनस्थितिमा छन् । उनको अभियानले एमाओवादीमा धेरै प्रभाव पारेको छैन । मंगलवार प्रकाशित समयबद्ध साप्ताहिकबाट


,

0 comments

Write Down Your Responses