Powered by Blogger.
आउदै छ साउन ३१ गते नयाँ संविधान यस्तो छ कार्यतालिका

२०७२ साउन १३ गते
काठमाडौं । संविधानसभा सचिवालयले आन्तरिक रुपमा तय गरेको कार्यतालिका प्रभावित नभए मात्र साउन ३१ गते संविधानसभाले संविधान पारित गर्ने देखिएको छ । 

साउन मसान्तभित्र संविधान जारी गर्नेगरी प्रमुख दलका शीर्ष नेता, प्रमुख सचेतक र संविधानसभा अध्यक्ष सुवास नेम्वाङवीचको समझदारीमा सचिवालयले काम अघि बढाइरहेको छ । कार्यतालिकाअनुरुप नै मंगलवार नागरिक सम्बन्ध तथा संविधान सझुाव समितिले जनताबाट आएका सुझावको प्रतिवेदन संविधानसभामा पेश गरेको छ । 

पेश भएको प्रतिवेदनमा बढीमा दुई दिनसम्म संविधानसभामा छलफल चलाउने तयारी सचिवालयले गरेको छ । जस अनुसार साउन १३ र १४ गते जनताका सुझाव समेटिएको प्रतिवेदनमाथि संविधानसभामा छलफल हुनेछ । सुझावमाथिको छलफल एक दिनमै टुंगिने सचिवालयले अनुमान गरेको छ ।

प्रतिवेदनमाथिको छलफल सकिएपछि १४ देखि १९ साउनसम्म संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रतिवेदनका सुझाव संविधानका मस्यौदामा समेट्ने विषयमा छलफल हुनेछ । १९ साउनमा संबैधानिक तथा राजनीतिक संवाद समितिले संविधानको अन्तिम मस्यौदाका लागि मस्यौदा समितिमा प्रतिवेदन बुझाउनेछ । 

संविधानको अन्तिम मस्यौदा लेखनका लागि १९ साउनदेखि २६ साउनसम्मको समय छुट्याइएको छ । २६ साउनमा संविधानसभामा मस्यौदामाथि छलफल हुनेछ । मस्यौदा समितिले संविधानसभामा प्रतिवेदन बुझाएपछि २७ र २८ गते मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गर्ने समय छुट्याइनेछ । 

मस्यौदामाथि संशोधनका लागि दुई दिनको समय दिन संविधानसभा कार्य सञ्चालन नियमावलीको नियम ९६ निलम्बन गर्नु पर्नेछ । नियमावलीको नियम ९९ ले संशोधन प्रस्तावका लागि ७ दिनको समय दिएकाले त्यसलाई घटाएर दुई दिनमा ल्याउन नियम निलम्बन गर्नु पर्नेछ । 

२९ साउनसम्म संविधानको अन्तिम मस्यौदा तयार भएपछि साउन ३० र ३१ गते संविधानका विधेयकमाथि छलफल हुनेछ । यसअघि नै अघिल्लो संविधानसभाले अन्तरिम संविधानको धारा ७० संशोधन गरी संविधानको विधेयक एकमुष्ट पारित गर्ने ब्यवस्था गरेकाले साउन ३१ गते नै संविधान संविधानसभाबाट पारित गर्न सहज हुनेछ । 

संविधानको विधेयक पारित गरी उपाध्यक्ष सहित सभासद्को हस्ताक्षर भएपछि सभाध्यक्ष नेम्वाङले विधेयक प्रमाणित गर्न हस्ताक्षर गर्नेछन् । पारित भएको संविधान राष्ट्रपति डा रामवरण यादवले अनावरण गर्नेछन् । 

समयतालिका 

१२ गते नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको प्रतिवेदन संविधानसभामा पेश 

१३–१४ गतेसम्म बढिमा दुई दिन प्रतिवेदनमाथि संविधानसभामा छलफल (एक दिन घट्न पनि सक्ने) 

१४–१९ गते सम्म संबैधानिक राजनीतिक संवादतथा सहमति समितिमाप्रतिवेदनमाथिछलफल 

 १९– देखि २६ गतेसम्म मस्यौदा लेखनकालागि समय २६ गते मस्यौदामाथि संविधानसभामा छलफल 

२७–२९ मस्यौदामाथि संशोधनहाल्ने समयसाउन 

३० र ३१ गते संविधानको विधेयकमा छलफल गरी पारित गर्ने (अन्तरिम संविधानको धारा ७० संशोधन गरी एकमुष्ट पारित गर्ने ब्यवस्था अघिल्लै संविधानसभाले गरेको छ ) 

उपाध्यक्षर सभासद्हरुको हस्ताक्षर भएपछि सभाध्यक्षले प्रमाणिकरण गर्ने र राष्ट्रपतिले अनावरण गर्ने ।

स्राेतः चक्रपथ


,

0 comments

Write Down Your Responses