Powered by Blogger.
लाखौं दर्शक र प्रशंसकका धनी दिनेश काफ्ले

 
सिन्धुली, २६ पौष । सिन्धुली मरीण महोत्सव–२०७२ मा दर्शकहरुलाई हसाउन सिन्धुली आईपुगेका काफ्लेसँग शुक्रबार भेटहुँदा मैले सोधेको थिए, दिनेश जी कमाई चाँही कस्तो छ ? उनले भने, ‘सुनका थैला, हातका मैला, के गर्नु धनले । साग र सिस्नु खाएको वेश आन्नदीत मनले ।’ पैसा भन्दा पनि दर्शक र प्रसशकहरु कमाएकोमा उनले खुसी व्यक्त गरेका थिए ।  
उमेरले कलीलो भएपनी हास्य व्यग्य क्षेत्रमा दिनेश काफ्लेको पहिचान विस्तारै तन्देरी बन्दै गएको छ । राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन मेहनत गरिरहेका काफ्लेले मोफसलमा भने बलियो परिचय र लाखौं दर्शक तथा प्रसंशक बनाउन सफल भईसकेका छन । दर्शकहरुलाई हसाई रहने र एकोहोरयाई रहने उनको हास्यव्यग्य कला निक्कै प्रशसा गर्न लायक छ ।
सिन्धुलीको बालाजोर–३ पलासेमा बुवा पुष्प काफ्ले र आमा दिलकुमारी काफ्लेको पहिलो सन्तानको रुपमा २०४८ सालमा जन्मीएका काफ्ले जती दर्शकहरुलाई हसाउछन उनी समाज र राष्ट्रप्रति त्यत्तिकै जिम्मेवार पनि छन । कलाकारले कमाउने मात्र होइन आफ्नो प्रस्तुती मार्फत समाजलाई रुपान्तरण गर्न सक्नु पर्छ भन्ने उनको दरीलो मान्यता पनि छ । तेसैले काफ्ले जहाँ पुग्छन त्यहाँका समस्या र संभावनाको बारेमा सम्बन्धीत निकायलाई खबरदारी गर्छन र जनताहरुलाई सचेत बनाउँदै हसाउछन । 
उनी भन्छन, ‘बाङ्गो, टिंगो नमिलेको भौगोलीक परिवेश र सोझा जनताहरु भएको कारण नेपाल विकसीत हुन सकेन ।’ राज्यले विकास गर्न खोजेको भएपनि भौगोलीक परिवेशका कारण समानुपातिक विकास हुन नसकेको एकातिर उनको ठम्याई छ भने जनता सोझा भएका कारण पनि समाज विकासमा पछि परेको उनको गहिरो विश्लेषण छ ।  
जरायोटार गाविसमा रहेको उच्च मावि मझुवादोभानमा कक्षा–८ मा पढ्दा सानो नाटक खेलेर कला क्षेत्रमा प्रवेश सुरुवात गरेका दिनेश काफ्लेले भारतको चेन्नाई हुँदै नेपालका ६० भन्दा बढी जिल्लाहरुमा पुगेर दर्शकहरुलाई हसाइसकेका छन । कहि हसाउछन, कही रुवाउँछन, कहि खबरदारी गर्छन, कहि सचेतता प्रदान गर्छन, जसरी हुन्छ दर्शकहरुलाई केहि केहि सन्देश दिईरहेका हुन्छन उनी । 
मधेशवादी दलहरुको लगातारको तराई बन्द र भारतको नाकाबन्दीले आक्रान्त बनेका जनताहरुको वीचमा पुगेर उनी कमेडी मार्फत यसो भन्छन, ‘धेरै भयो विरगन्जमा बसेको, लाग्छ मलाई घुसपैठमा फसेको, विस्कुट ल्याउकी चिया ? वार्ता गर्न बालुवाटार आउ मोर्चा, कति दुख दिया ।’ मधेशको आन्दोलमा भारतको घुसपैठ छ भन्ने सन्देश दिइरहेका छन काफ्ले । 
उनीसँग हरेक राजनैतिक पार्टीका नेताहरुको क्यारीकेचर गर्न सक्ने कला छ । कलाकार काफ्ले शुसील कोइराला, माधव नेपाल, पुष्पकमल दाहाल, केपी ओली, मोहन वैद्य, डा.बावुराम भट्राई लगायत नेताको क्यारीकेचर गरेर दर्शकहरुलाई हसाउँदै भरपुर मनोरन्जन प्रदान गर्छन । 
नेपाल टेलिभिजनको हास्य टेलीश्रृखलाका माग्ने बुढाको क्यारीकेचर उनको विशेष क्यारीकेचर हो । त्यसबाहेक, खड्का जी, शिवहरी पौडेल लगायत दर्जनौं कलाकारहरुको पनि उनी दुरुस्तै क्यारीकेचर गर्छन र श्रोता तथा दर्शकलाई मनोरन्जन दिन्छन । दर्शकहरुलाई भरपुर मनोरन्जन दिदै पेट मिचीमिची हसाउने सक्ने कलाका कारण दिनेश काफ्ले मोफसलमा लोकप्रिय बन्दै गएका छन । 
काफ्लेले थुप्रै टेलीश्रृखलामा खेलीसकेका छन । पहिलो पटक नेपाल टेलीभिजन प्लसमा सिस्नोपानी झ्याम टेलीश्रृखलामा खेलेका उनले नेपाल टेलिभिजनको टेलीश्रृखला जयहोस, चर्चित टेलिश्रृखला तितोसत्य, कान्तिपुर टेलिभिजनको टेलीश्रृखला डिठ्ठा सापमा समेत खेलेका छन । 
गाउँबाट २०६८ सालमा सदरमुकाम पसेका काफ्लेले सिन्धुलीबाट सञ्चालित रेडियो शिद्धबाबा ९८.४ मेगाहर्जमा कार्यक्रम प्रमुख बनेर झण्डै १ वर्ष काम गरे । २०६९ मा राजधानी प्रवेशपछि रेडियो अडियो मार्फत कमेडी कार्यक्रम सुपर सन्डे, मिस्टर मायाँ कार्यक्रम चलाएर श्रोताहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने काम आज सम्म निरन्तर गरीररहेका छन । पत्रकारीता र हास्यव्यग्य कला दुवै उनको रुचीको विषय र क्षेत्र हो । 
काफ्लेले जुनेली द लाइट, छ एका छ फिल्मा पनि केहि भुमीकामा खेलेका छन भने किड्नी बेच्नेहरुको कथामा आधारीत भएर निर्माण भएको पिक्चर फिल्ममा पनि महत्वपूर्ण भुमीकामा खेलेका छन । उनले थुप्रै म्यूजिक भिडियोमा कमेडी रोल खेलेका छन भने आफ्नै कमेडी म्यूनिक भिडियो समेत निर्माण गरेका छन ।
नेपालका हरेक भुगोल र समुदायमा पुगेर आफ्नो कला प्रस्तुत गरीरहेका काफ्ले सामान्य देखी विशिष्ट व्यक्तिहरुको संगतले नेपालको बास्तविकता बुझ्न अझ सहज भएको अनुभव सुनाउछन । उनी हसाउनका लागी फोहोरी कुरा मात्र गर्नुपर्छ भन्ने पुरानो मान्यतालाई परिवर्तन गर्दै सभ्य र सन्देशमुलक विषय पस्केर पनि श्रोता तथा दर्शकलाई हसाउन सक्नु पर्छ भन्ने मान्यता विकास गर्न जरुरी रहेको बताउछन ।
राष्ट्रिय स्तरको कुनै सम्मान नपाए पनि हास्य कलाकार दिनेश काफ्लेले जिल्ला तथा स्थानीय स्तरबाट संयौ सम्मान तथा प्रससा प्राप्त गरीसकेका छन । सधै जसो निक्कै व्यस्त हुने काफ्ले बढी स्टेज कार्यक्रममै हुन्छन । महोत्सव, मेला, जिल्ला तथा स्थानीय तहमा हुने कार्यक्रममा नै उनी व्यवस्त हुन्छ । हास्य व्यग्य क्षेत्रमा आफ्नो प्रभाव बनाउँदै गएका काफ्लेले विगत दुई वर्ष देखी गाइजात्रामा प्रस्तुती देखाउन थालेका छन । 
थोत्रा लुगा र फोहोरी कुरा गरेर मात्र होइन कोट पाइन्ट लगाएर सभ्य कुरा गरेर पनि दर्शकहरुलाई मनोरन्जन र सन्देश दिन सक्नु पर्छ भन्ने मान्यता राख्दै उनले आफ्नै लेखन तथा संवादमा नयाँ टेलीश्रृखला निर्माणको तयारीमा रहेको बताए । पछिल्लो समय दिनेश काफ्ले स्वदेशमा मात्र होइन विदेशमा पनि दर्शक तथा श्रोताहरुको माँझ स्थापित बन्दै गएका छन । उनीले फेव्रुअरी ५ मा मलेसीयामा हुन लागेको यूनिक सास्कृतिक धमकामा भाग लिन मलेसीया जाने तयारीमा रहेको समेत बताए । 
दुर्गम गाउँ अनि सामान्य परीवारमा जन्मीएर पनि कडा मेहनत र उत्साहका साथ हास्य व्यग्य कला क्षेत्रमा बलियो पहिचान बनाउँदै गएका दिनेश काफ्लेले अझ बढी दर्शक तथा श्रोताहरुको मन जित्दै जाउन हाम्रो तर्फबाट पनि शुभकामना । (प्रस्तुतीः बुद्धकुमार आछामी, प्रधान सम्पादक विजयकिल्ला अनलाईन) तस्विरहरु www.facebook.com/dinesh.kaphle.14 बाट 


, ,

0 comments

Write Down Your Responses