Powered by Blogger.
जिल्लाका ८ हजार सात सय नौं परीक्षार्थी एसएलसीमा सहभागी हुँदै

सिन्धुली, २८ फाल्गुण । यस वर्षको प्रवेशीका परीक्षामा जिल्लाका १२९ माध्यमिक विद्यालयका ८ हजार ७ सय ९ जना परीक्षार्थीहरु सहभागी हुने भएका छन । 
जिल्ला शिक्षा कार्यालय सिन्धुलीका अनुसार २ प्राविधिक, एक खुल्ला र १२६ माध्यमिक विद्यालय सहित १२९ विद्यालयका परीक्षार्थीहरु सहभागी हुनेछन । चैत्र तेश्राे साता देखी हुने प्रवेशीका परीक्षाका लागी जिल्ला शिक्षा कार्यालय सिन्धुलीले २५ वटा परीक्षा केन्द्रको निर्धारण गरेको छ । 
कार्यालयका अनुसार फिक्कल उमावि परीक्षा केन्द्रबाट २५१, सुनकोशी उमावि सोखुवेशी केन्द्रबाट २९९, बाहुनतिल्पुङ केन्द्रबाट ३५९, लाम्पान्टार परीक्षाकेन्द्रबाट ४७१, मझुवादोभान श्रोतकेन्द्रबाट ३७५, वेलघारी परीक्षाकेन्द्रबाट ४०३, डकाहा परीक्षाकेन्द्रबाट ३२३, हर्षाही परीक्षाकेन्द्रबाट ३०७, संखवाटार परीक्षाकेन्द्रबाट ४२४, लदाभीर परीक्षकेन्द्रबाट ५१५, भलुवाहि परीक्षाकेन्द्रबाट ३०५, भिमान परीक्षाकेन्द्रबाट २६२, ग्वाल्टार परीक्षाकेन्द्रबाट ३३५, खुर्कोट परीक्षाकेन्द्रबाट २८८ परीक्षार्थी सहभागी हुनेछन । 
त्यस्तै प्रगतिशिल उमावि परीक्षाकेन्द्रबाट २८४, उमावि गुठबजार परीक्षाकेन्द्रबाट २४८, हायुटार परीक्षाकेन्द्रबाट २३८, डाडी परीक्षाकेन्द्रबाट २९७, कपिलाकोट परीक्षाकेन्द्रबाट ३८९, बखफर परीक्षाकेन्द्रबाट ३३८, महेन्द्रझ्याडी परीक्षाकेन्द्रबाट ४४९, खनियाखर्क परीक्षाकेन्द्रबाट ३८९, सदरमुकाम स्थित गौमती परीक्षाकेन्द्रबाट ३९२, फोस्रेटार परीक्षाकेन्द्रबाट ३९७ र कमला परीक्षा केन्द्रबाट ३७१ परीक्षार्थीहरु प्रवेशीका परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।     
गत वर्षको एसएलसी परीक्षामा २ वटा प्राविधिक सहित १२४ माध्यमिक विद्यालयहरुबाट नियमित र एक्जाम्टेड तर्फ गरी जम्मा ७ हजार ७ सय २३ जना परिक्षार्थीहरु सहभागी भएका थिए । 
गत वैशाख १२ गते गएको विनासकारी भुकम्पका कारण जिल्लाका संयौ विद्यालय भवनहरुमा क्षती पुगेको थियो । ४ हजार १० विद्यालय भवन मध्ये १ हजार ७ सय ७१ भवन मात्र प्रयोग गर्न सक्ने अवस्थामा थिए । कार्यालयको तथ्याङक अनुसार ३ सय ३ पूर्ण क्षति, ६ सय २५ आशिक क्षति र १ हजार ३ सय १० भवनमा सामान्य क्षति पुगेको उल्लेख छ । भुकम्पका कारण परीक्षा केन्द्र निर्धारण गरिएका भवनहरुमा समेत क्षति पुगेका कारण विद्यार्थीहरु इन्जीनियरले रातो स्टीकर टासेको भवनमा नै परीक्षा दिन बाध्य हुनु पर्ने निश्चिित छ । 
जिल्ला शिक्षा कार्यालय सिन्धुलीका शिक्षा अधिकारी बद्रि पाठकले भने एसएलसी परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउनका लागी कार्यालयले कुनै कसर बाँकी नराखेको बताएका छन । पाठले भने, ‘परीक्षाकेन्द्र सम्बन्धीत विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको सल्लाहमा नै तय गरिएकाले विद्यार्थीहरुले समस्या भोग्नु पर्दैन ।’ अस्थायी सिकाई केन्द्रको निर्माण गरिसकिएकाले विद्यार्थीले असुरक्षित भवनमा बसेर परीक्षा दिनुपर्ने बाध्यता नभएको पाठकको भनाई रहेको थियो । 
बैसाख १२ को विनासकारी भुकम्प पछि जिल्लाका राजनैतिक पार्टी तथा भातृ संगठनहरुले पुननिर्माणको अभियान सञ्चालन गरेर क्षतिग्रस्त विद्यालय भवनको सरसफाई र केहि अस्थायी सिकाई केन्द्रहरु निर्माण गरेका थिए । भने शिक्षा कार्यालयले ११२, वल्र्डभिजन इन्टरनेशनल नेपालले २० र प्लान इन्टरनेशनले नेपालले २० गरी जम्मा १५२ अस्थायी सिकाई केन्द्र निर्माण गरेका थिए भने अन्य गैससहरुले पनि जिल्लामा अस्थायी सिकाई केन्द्रको निर्माण गर्ने काम गरेका थिए  । त्यसका कारण पनि प्रवेशिका परीक्षा सञ्चालन गर्न सहज हुने कार्यालयले बताएको छ । 


, ,

0 comments

Write Down Your Responses