सिन्धुलीमा १३ हजार बालबालिका विद्यालय बाहिर
विद्यार्थी भर्ना अभियान प्रभावकारी हुन सकेन
राजन गाउँले
देशैभर वर्षीक रुपमा सातलाख बढी विद्यालय उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर रहेको शिक्षा मन्त्रालयकै तथ्याङ्क रहेको छ । यस तथ्याङकलाई हेर्ने हो भने सिन्धुली जिल्लामा मात्र १३ हजार बालबालिकाहरु विद्यालय बाहिर रहेको तथ्याङ्क रहेको छ ।
१३ हजार बालबालिकाहरु मध्ये ५ देखी १२ वर्ष उमेर समुहका मात्र ७ हजार बालबालिकाहरु विद्यालय बाहिर रहको जिल्ला शिक्षा अधिकारी बद्रीबहादुर पाठकको भनाई छ ।
उनले भने, ‘जिल्लाका कुल एक लाख बालबालिकाहरुको संख्या रहेकोमा १३ हजार बालबालिकाहरु भने अझै विद्यालय बाहिर रहेकाले यस वर्ष ति बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने उद्देश्यले अभियान सञ्चालन गरेका छौं ।’
यसरी विद्यालय उमेर समुहका विद्यालय भर्ना नभएका बालबालिकाहरुमा अधिकांस दलित तथा जनजाती रहेको बताइएको छ ।
यस वर्ष पनि “हामी सबैको इच्छा,सर्वसुलभ विद्यालय शिक्षा” अनिवार्य आधारभूत शिक्षा सुनिश्चितताको लागि विद्यार्थी भर्ना अभियान, २०७३ सञ्चालन भएको छ ।
‘तर, जिल्लाको तथ्याङ्का अधारमा जिल्लामा गरीव तथा विपन्न समुदायका माझी, दनुवार, हायु, मुसहर, बादी,तामाङ लगायतका जातीका बालबालिकाहरु धेरै विद्यालय बाहीर रहेकाले उनिहरुलाई विद्यालयमा भर्ना गराउन विशेष जोड दिइएको छ,’ पाठकले भने ।
प्रायः यस्तो समुदायका अभिभावकहरुमै शिक्षा र चेतनाको कमीका कारण बालबालिकाहरु समेत विद्यालयमा भर्ना हुन नपाएको बताइन्छ । यसपटक भने उनिहरुलाई अनिवार्य विद्यालय भर्ना गराउनका लागि शिक्षा कार्यलयले सबैसामु अनुरोध समेत गरेको छ ।
घरदैलो अभियान, पोष्टर प्रकाशन, स्थानीय सञ्चारमाध्यमहरुबाट सूचना प्रकाशन तथा प्रशारण देखी अभिभावकहरुसंग भेटघाट र बालबालिकाहरुलाई फुलमाला, ड्रेस तथा कितावले स्वागत लगायतका कार्यक्रमहरु समेत जिल्लामा सञ्चालन गरिएको बताइएको छ ।
पहिलो चरण अन्तरगत बैशाख २–१४ गतेसम्म आ–आफ्नो सेवा क्षेत्र भित्रका बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गर्ने र विद्यालय भर्ना हुन आउने बालबालिकालाई मुस्कान सहितको स्वागत गर्ने र पहिलो चरणबाट भर्ना हुन नसकेका बालबालिकाको घर घरमा पुगौं र बैशाख १५–३० गतेसम्म घरदैलो कार्यक्रम गरी दोश्रो चरणमा भर्ना हुन बा“की बालबालिकालाई विद्यालयमा भर्ना गराउँने उद्देश्य राखिएको शिक्षा अधिकारी पाठकले जनाए ।
0 comments
Write Down Your Responses