भुकम्पको एक वर्ष । पिडित भन्छन, भोग्दै छौं एक पछि अर्को त्रास, छैन सरकारको आश
राजन गाउँले
कपिलाकोट (सिन्धुली) ११, बैशाख । कपिलाकोट–२, सिन्धुलीकी चोकमायँ गुर्माछानले गत बैशाख १२ गतेको भुकम्पका कारण घरबारसंगै बुढेसकालको सहारा गुमाएको एक वर्ष भयो । उनलाई अब विपत्तीले लगेको श्रीमान फर्कछन् भन्ने त कुनै आश थिएन् । भुकम्पले ध्वस्त घर पुनर्निर्माणमा सरकारले सघउला, बुढेशकालमा दुःखसुखगरेर काल पर्खौला भन्ने आशा जागेको थियो । तर,सरकारको बाटो कुरेको एक वर्ष भइसकेपनि घर पुनर्निर्माणका लागि कुनै सहयोग नपाउँदा उनमा एक पछि अर्को त्रास छाएको छ । ‘आज श्रीमान गुमाएको एक वर्ष भयो,’ उनले एक वर्ष अघिको भुकम्पलाई सम्झँदै भनिन्, ‘आज न बुढेसकालको सहारा रहे, न बस्ने बास र खाँने गाँस । अबत सरकारको आश पनि मर्दै गयो ।’ उनले गत बैशाख १२ गतेको भुकम्पमा घर भत्केर किच्दा श्रीमान् गुमाउनु परेको थियो ।
उनलाई अहिले कहाँ बस्ने के खाने भन्ने नै समस्या छ । टार्नै नसकिने विपत्ती आइलागेपछि सरकारकाले आफ्नो पिडा बुझ्ला र समयमा सहयोग गर्ला भन्ने आशा लागेको थियो । ‘तर, भुकम्प गएको वर्षदिन हुँदासम्म घर निर्माणका लागि सरकारले देखाएको आशा पुरा गर्न सकेन् । भुकम्प पछिको वर्षात, चिसो, अत्याधिक गर्मी, हावहुरी जस्ता विपत्ती त्रासैत्राका विच अस्थायी बासमा विताएको वर्ष दिन भयो । अब फेरी वर्षात लाग्नै लाग्यो यसपालिको वर्षात पनि अस्थायी टहरोमै विताउन पर्ने त्रास आइसक्यो । आफैले घर बनाउने कुनै उपाएनै छैन् । सरकारकाले कहिलेबाट सहयोग गर्छ कुनै ठेगान छैन्,’ उनले गुनासो गर्दै भनिन् ।
कपीलाकोट २ कै चन्द्रबहादुर आछामीको मन थिरमा हुन छाडेको पनि एक वर्ष पुरा भइ सक्यो । उनि रातमा आयो आयो, बचाउ बचाऊ भन्दै बर्बराउँछन् । दिनमा टोलाउँछन् । गत बैशाख १२ गतेको विनासकारी भुकम्पमा घर भत्केर झण्डै दुई घण्टासम्म पुरीएर बाँचेका आछामी भुकम्प र त्यसपछिको पराकम्प सम्झदै यसरी बर्बराउने र त्रसन थालेका हुन् । घरले पुर्दा शरिरभरी लागेको घाउँको खाटा अझै राम्रोसंग बसीसकेको छैन् । क्षेणभरमै सारा खुसी लुटेको भुकम्पको अत्यास अझै हट्न सकेको छैन् । उनमा भुकम्पको मनोत्रास कायमै छ ।
गुर्माछान र आछामी जस्ता सबै जसो जिल्लाका भुकम्प पिडितहरुको अवस्था उस्तै छ । भुकम्प पछि पिडितको निजी आवास पुनर्निर्माणका लागि दुई लाख रुपैयाँ अनुदान दिने भनेपनि अझै पिडितहरुले पाउन नसक्दा एक वर्षदेखी वाढी पहिरो, चिसो, हावहुरी, जंगली जनावरदेखी सर्प र विक्षी जस्ता विषालु जन्तुको त्रासका माझ एक वर्ष विताउनु परेको जनाएका छन् । उनीहरुले सरकारले सहयोग गर्छु भन्दै झुक्याउँदै आएको समेत आरोप लगाएका छन् । निजी आवासका लागि दुई लाख अनुदान सहित सहुलियत ऋण उपलब्ध गराउँने जनाएको एक वर्ष हुँदासम्म अझै भुकम्पको क्षेतीकै एकिन गर्न नसकेकोमा पनि पिडितहरुले चिन्ता व्यक्त गरेका छन् ।
भुकम्पबाटै घाइते जलकन्या गाविस–३ का राजन चौलागाईको पनि उठीबास लागेको एक वर्ष लाग्यो । हातमा गम्भीर चोट लागेर उपचार पछि गाउँ फर्केका चौलगाई अहिले भत्केको घरको ढुङ्गामाटो पन्छाउने र पुरीएका सरसामाग्री उत्खनन गर्न थालेका छन् ।
‘बस्ने बास छैन् । सरकारले राहत देला भनेर बाटो कुरेको एक वर्ष भयो । भुकम्पको त्रास अझै हट्न सकेको छैन् । सरकारले भने आशा मात्र देखायो । वर्षदिनसम्म पुनर्निर्माणको रकम वितरण गर्न सकेन् । अवत कति दिन कुर्ने, वर्षात लागीसक्यो दिनरात पर्ने पानीले पनि समस्या बन्ने भयो । ऋण काढेरै भएपनि घरलाई पुनःनिर्माण गर्न थालेको छु,’ चौलागईले भने । सिन्धुली भुकम्पका कारण अति प्रभावित १४ जिल्ला मध्ये एक हो ।
भुकम्पका कारण ढलेका जिल्लाका अति भुकम्प प्रभावित नगरपालिका तथा गाविसहरुका झण्डै ४७ हजार घरहरु एक वर्षसम्म उठ्न सकेको छैन् । भुकम्पले बस्ति ढल्यो, बर्षामा पहिरोले बगायो, चिसोले सेक्नुसम्म सेक्यो, हावाहुरीले टहरोनै उडाउँछ । आगलागीले त्रसाउँछ, कतिपय बस्तिमा खाद्यान्नको समस्या हुन थालेको छ,’ सितलपाटीका भुकम्प पिडित प्रदिप कार्कीले भने, ‘यस्ता एक पछि अर्को त्रास र विपत्ति भोगेको एक वर्ष भयो ।’
भुकम्पका कारण घरबारसंगै व्यावसाय गुमाएकाहरु अझै पुनः सुचारु हुन सकेका छैनन् । भुकम्पले घर भत्केपछि बस्ने ठाउँसमेत नभएपछि बन्द भएको सिलाई व्यावसाय अझै सुचारु गर्न नसकेको जलकन्या ९ का दिपक नेपाली बताउँछन् । उनले भने, ‘भुकम्पका कारण भाडामा लिएको घर भत्केपछि अर्को सुरक्षित घर पनि पाइएन् । बनाउन सुरक्षित स्थान पनि छैन् । एक वर्षदेखी वेरोजगार भएर बसेको छु । व्यावसाय नहुँदा खान र बालबच्चा पाल्न समेत समस्या पर्दै आएको छ ।’
नेपाली जस्ता जिल्लाका पाँच सयबढी ब्यावसायीहरु भुकम्पका कारण आफ्नो व्यवसायबाट विस्थापीत भएका छन् । व्यावसाय सञ्चालन गरेको घरसंगै व्यावसायमा समेत क्षेतीपुगेपछि आफुहरुले एक वर्वदेखी व्यवसायनै गर्न नसकेको भुवनेश्वरी १ ग्वाल्टारका होटल व्यावसायि केशव देवकोटाले सुनाए ।
उनले भत्केको बास बस्ने घरसम्म बनाउँन नसकेको जनाए । उनका अनुसार भुकम्पका कारण क्षेती भएका घरहरुको भग्ना वशेष समेत हटाउन सकिएको छैन् । अधिकांस पिडितहरु जोखीम मोलेर जिर्ण घरहरुमै बास बस्न थालेका छन् । युवा शक्ति विदेश पलायन हुँदा भग्नावशेष हटाउन समेत कठिनाई भएको रानीचुरीका शेरबहादुर कार्कीले बताए । उनले भने, ‘युवा जनशक्ति नहुँदा भग्नावशेष हटाउन मुस्कील भएको छ । नयाँ बनाउन अझै सरकारले सहयोग गरेको छैन् । आफै बनाउनेहरुले पनि दक्ष मिस्त्री नपाउँदा भुकम्प प्रतिरोधी आवाश बनाउन सकेका छैनन् ।’
भुकम्प पछि सयौं बस्तीहरुमा खानेपनिको हाहाकार भएको छ । भुकम्पले मुहान सुक्दा खानेपानीको हाहाकार भएको बताइएको छ । जिल्लामा भुकम्पकै कारण ढलेका पाँच सय बढी विद्यालय भवनहरु अझै निर्माण थालिएको छैन् । सरकारी कार्यालयहरु भग्नावशेष भवनहरुबाटै सञ्चालन गरिदै आएको छ । ढिलो गरी जिल्लामा पुनर्निर्माणका लागि व्यक्तिगत आवश निर्माण गर्न सरकारले रकम वितरण थालेको एक सात भइसक्दा समेत जम्मा ८ जनाले मात्र सम्झौता गरेको बताइएको छ । जिल्लामा पुनर्निर्माणका लागि सरकारले रकम वितरण थालेको भएपनि सबै पिडितलाई यहि महिनाभित्र पुयाइसकिने प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीको भनाई छ ।
0 comments
Write Down Your Responses