Powered by Blogger.
देशभर अझै ४० प्रतिशत विद्यार्थीलाई पुस्तक अपुग

सिन्धुलीमा ९० प्रतिशत विद्यार्थीहरुमा पुस्तक पुगेको दाबि  


पुस्तक पसलकाे अनुगमन गर्दै निर्देशक सहितकाे टाली । सिन्धुलीमाढी 
सिन्धुली २९, बैशाख । शैक्षिक शत्र सुरु भएको एक महिना वित्दा पनि अझै ४० प्रतिशत विद्यार्थीले पाठ्यक्रम पाउन नसकेको बताइएको छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले आफुहरुले देशका विभिन्न जिल्लाहरुमा गरेको अुनगमनका क्रममा अझै ४० प्रतिसत विद्यार्थीहरुले पाठ्यक्रम पाउन नसकेको पाइएको बताएका हुन् । 
अनुगमनका क्रममा बुधबार सिन्धुलीमाढी आइपुगेका निर्देशक पौडेलले भने, शैक्षिक शत्र सुरुभएको एक महिनाको विचमा कुल विद्यार्थी संख्याका ६० प्रतिसतले पुस्तक पाएपनि अझै ४० प्रतिसत विद्यार्थीहरुले पुस्तक पाउन नसकेको पाइएको छ ।’
धेरै जसो तराइका जिल्लाका विद्यार्थीहरुले समयमा पुस्तक पाउन नसकेको पाइएको उनले बताए । पहाडी जिल्लाहरुमा समेत पुस्तक अझै अभाव कायमै छ । सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुलाई सरकारले शैक्षिक सत्र सुरु संगै पुस्तक समेत वितरण गर्नु पर्ने भएपनि भुकम्प र नाकाबन्दी समेतको असरका कारण जनक शिक्षा सामाग्री केन्द्रले नै पुस्तक छपाउन नसक्दा अभाव भएको उनको तर्क छ । 
सामाग्री केन्द्रले सामुदायिक विद्यालयको कक्षा ६ देखी १० सम्मको पुस्तक प्रकाशन गर्ने जिम्मा पाएको थियो । ‘तर, केन्द्रको पनि केही कमीकमजोरीका कारण विद्यार्थीहरुले पुस्तक पाउन सकेका छैनन् । केही मात्रामा नाकाबन्दीले गर्दा समयमा कागज आयात गर्न नसक्दा पनि समस्या भएको छ,’ उनले भने । 
निजी प्रकाशन कम्पनीहरुले प्रकाशनको जिम्मा पाएको प्रथामीक तहको पुस्तक भने प्राय सबै क्षेत्रका बालबालिकाहरुले पाएको उनको दावी छ । अनुगमनका क्रममा विशेष गरेर कक्षा ६ र ७ को पेशा व्यावसाय, सामाजिक, कम्प्यूटर र अंग्रेजी विषयको पुस्तक त अधिकाश विद्यार्थीले पाउनै नसकेको पाइएको छ । यस्तै माध्यमिक तहको कक्षा ९ र १० मा प्रायः ऐक्षिक विषयका पुस्तकहरु विद्यार्थीले अझैसम्म पाउन सकेका छैनन् । सरकारले सामुदायिक विद्यालयको माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने भन्दै हरेक शैक्षिक शत्रमा विद्यार्थीहरुलाई निशुल्क पुस्तक वितरण गर्दै आएको छ । 
उता निजी स्तरका विद्यार्थीहरुले समेत अझै पर्याप्त पुस्तक पाउन नसकेको गुनासो आएको पौडेलले बताए । अनुगमनका क्रममा सिन्धुलीमा भने हालसम्म ९० प्रतिशत विद्यार्थीहरुको हातहातमा पुस्तक पु¥याइ सकिएको जिल्ला शिक्षा अधिकारी बद्रीबहादुर पाठकले जानकारी गराएका थिए । उता अनुगमनका क्रममा निजी स्तरका विद्यालयहरुले समयमा पाठ्य सामाग्रीको सुची सार्वजनीक नगरेको आफुखुसी पाठ्यक्रम तयार पारेको, सरकारले निर्देशन गरेको निर्देशीका पालना नगरेको पाइएको पौडेलको भनाइ छ ।
उनले भने, ‘धेरै जसो पुस्तक व्यावसायीहरुले अभिभावक र विद्यार्थीसँग चर्को मुल्य लिएर पुस्तक वितरण गर्ने गरेको गुनासो आएको छ । धेरै ठाउँका पुस्तक व्यावसायीहरुले सरकारले निर्धारण गरेको मुल्य अनुसार किताव नबेचेको गुनासो आएको छ । कतिपय प्रकाशकहरुले नै आफुखुसी मुल्य बढाएर पुस्तकको मुल्य प्रकाशन गर्ने गरेको पाइएको छ ।’ । कतिपय प्रकाशनको एउटै पुस्तकमा जिल्लै पिच्छे परक परक मुल्य भएको समेत पाइएको बताइएको छ । 
उनले शिक्षा मन्त्रालयले २०६९ मा निर्धाराण गरेको मुल्य सुचि अनुसार पुस्तक विक्री नगर्ने प्रकाशक र व्यावसायीलाई कारबाही गर्ने समेत जनाए । तर, त्यस्तो व्यावसायीहरुको कार्य गैर कानुनी भएपनि कारबाही गर्दा विद्रोह हुने सम्भावना रहेको पनि उनले जनाए ।
अनुगमनका क्रममा हरेक जिल्लामा निजी विद्यालयहरुको मारमा अभिभावकहरु पर्ने गरेको सरोकारबालाहरुले निर्देशक पौडेललाई जानकारी गराएका थिए । प्रायः जिल्लामा पुस्तक व्यावसायी र निजी विद्यालयहरु विचको सिन्डीकेटमा विद्यार्थी र अभिभावकहरु पर्ने गरेको बताइएको छ ।
नेपाल अभिभावक संघका केन्द्रीय अध्यक्ष धर्मदत्त देवकोटाले सरकारले जारी गरेको निर्देशीका र ऐनको कार्यान्वयन गराउन नसक्दा अभिभावक र विद्यार्थी वर्षेनी मारमा पर्ने गरेको बताए । आफुहरुले समेत सक्रिय भुमिका निर्बाह गर्न नसकेको स्विकार गर्दै देवकोटाले देशैभर अभिभावकहरुको सक्रियता रहेमात्र शैक्षिक क्षेत्रमा रहेको अराजकतालाई कम गर्न सकिने धाराणा राखे । उनले हालै मात्र सरकारले जारी गरेको अभिभावकहरुको दुई तिहाइ भेलाबाट निजी स्तरका विद्यालयहरुको शुल्क निर्धारण गर्नु पर्ने कुरालाई कार्यान्वयन गर्न नसक्नु सरकारकै कमजोरी भएको बताए ।
पाठ्यपुस्तकको सहज उपलब्धता भए नभएको तथा विद्यार्थीहरुले समयमै सहजरुपमा पुस्तक पाए नपाएको अनुगमन गर्न हिडेका कार्यकारी निर्देशकको टोली तराई तथा पुर्वी नेपालका जिल्लाहरुको अनुगमन पछि सिन्धुलीमाढी आइपुगेको हो । 
जिल्ला शिक्षा कार्यालयमा पत्रकारहरुसँग भेटघाट गर्दै निर्देशक पौडेलले भने, ‘अरु जिल्लाहरुको तुलनामा सिन्धुली जिल्लामा सहज रुपमा पाठ्यपुस्तकको उपलब्धता भएको पाइयो, यो सकारात्मक पक्ष हो ।’ कतिपय जिल्लाहरुमा अझै विद्यार्थीहरुले पुस्तक पाउन नसकेको पनि पाइएको बताउँदै पौडेलले सिन्धुलीका नब्बे प्रतिशत विद्यार्थीहरुले पुस्तक पाउनु ठुलो सक्रियता र मेहनत गरेको भन्दै सवै सरोकारवाला पक्षलाई धन्यवाद दिए । 
सरकारी विद्यालयको कक्षा १ देखी ५ सम्मको पुस्तक मुद्रणको जिम्मा पाएका निजी मुद्रण संघका दिपक भण्डारीले समयमै पुस्तक मुद्रणको काम सकिएको र सवै विद्यार्थीहरुको हातहातमै समयमै पुस्तक पुरयाउन संघ जिम्मेवार बनेर लागेको बताए । 
अनुगमन टोलीमा पाठ्यक्रम विकासकेन्द्रका उपनिर्देशक टुकराज अधिकारी, शिक्षा विभागका जीवन ब.भण्डारी, निजी मुद्रण संघका दिपक भण्डारी लगायतको सहभागीता रहेको थियो । टोलीले बुधबार नै सिन्धुलीमाढी स्थित विभिन्न् पुस्तकपसलको अनुगमन समेत गरेको छ । 


,

0 comments

Write Down Your Responses