Powered by Blogger.
कृषि क्षेत्रको विकास बिना राष्ट्रिय पुँजी बन्दैनः मन्त्री गजुरेल


सिन्धुली, २९ जेठ । कृषि मन्त्री हरिबोल गजुरेलले कृषि क्षेत्रको विकास बिना राष्ट्रिय पुँजीको निर्माण हुन नसक्ने बताएका छन ।
सनिबार सिन्धुलीमाढीमा सुरु भएको खाद्य मेला–२०७३ को उदघाटन गर्दै मन्त्री गजुरेलले भने, ‘कृषि क्षेत्रको विकास बिना राष्ट्रिय पुँजी बन्न् सक्दैन, राष्ट्रिय पुँजीको विकास बिना औधोगीक उत्पादन बृद्धि गर्न सकिदैन ।’ कृषिमा हुने आधुनिकिकरण र ब्यवसायीकरणले मात्र देशलाई आर्थिक विकासमा लैजाने मन्त्री गजुरेलको भनाई थियो । पुरानो प्रविधिले नेपालको कृषि क्षेत्रलाई माथि उठाउन नसक्ने भएकाले कृषिमा आधुनिकता तर्फ जोड दिनुपर्नेमा मन्त्री गजुरेलले जोड दिए ।
परम्परागत, पोषिलो स्थानीय खाद्य पर्दाथको प्रबद्र्धन, असल खानपानका लागी खानेबानीमा परीबर्तन भन्ने मुल नाराका साथ सुरु भएको दुई दिने मेलाको उदघाटन गर्दै गजुरेलले भने, ‘अब कृषि क्षेत्रको विकासका लागी सामुहिक उत्पादन तर्फ जोड दिनुपर्छ, सामुहिकताले मात्र कृषिलाई अगाडि लैजान सक्छ ।’ सिन्धुली निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित भएर मन्त्री बनेका गजुरेलले जिल्लाको जलकन्या, तिनकन्या, रतनचुरा र बासेश्वर गाविसलाई मिलाएर जुनार पकेट क्षेत्र निर्माण गर्ने योजना कृषि मन्त्रालयले ल्याएको समेत सुनाए । 
मन्त्री गजुरेलले मानव स्वास्थ्यका लागि धेरै प्रकारका सन्तुलीत खाद्य पदार्थको आवश्यकता रहने भन्दै त्यसको उपभोगमा गुणस्तर हुनु पर्नेमा जोड दिए । सन्तुलीत भोजन र खानपीनमा बानी सुधार गर्न सके शरिर स्वस्थ्य रहने र हामीले उत्पादन गरेको खाद्य पदार्थमा गुणस्तर हुँदा उत्पादनसंगै आम्दानीमा समेत बृद्धी हुने उनको भनाई थियो ।
नेपालका ६६ प्रतिशत नागरीक कृषीमा आधारीत भएपनि नेपाल कृषीमा आत्मनिर्भर हुन नसकेकोमा मन्त्री गजुरेलले दुःख व्यक्त गरे । उनले भने, ‘हामी हाम्रो देश कृषी प्रदान देश भन्छौं तर, वर्षेनी लाखौं कुइन्टल खाद्यान्न विदेशबाट आयात गर्छौ । जुन गुणस्तर र सन्तुलीत छ भन्ने कुनै ग्यारेन्टी छैन् । तैपनि हामी उपभोग गर्न बाध्य छौं । यसले हाम्रो स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गएको छ ।’
उनले आफु देशको कृषी मन्त्री भएपनि विद्यमान प्रणालीबाट निर्वाह मुखी कृषी पेशा अपनाउँदा यस्तो अवस्था आएको उनले बताए । ‘हलो जोत्ने लाई हली भन्ने परम्परागत चलनका कारण पढेलेखेकाले समेत कृषी पेशालाई छाड्दै गएपछि कृषी क्षेत्रमा अमुल परिवर्तनका लागि कृषी क्षेत्रको आधुनकिकरणका लागि मोडल बनाएर अघि बढेका छौं,’ उनले थपे । कृषी पेशा मर्यादीत र उत्पादन तथा आम्दानी मुखी बनाउन विदेश पलायन युवाहरुलाई समेत स्वदेश ल्याउने उनको भनाई थियो । 
कार्यक्रममा कृषी मन्त्रालयका सहसचिव कासीराज दाहालले कृषी उत्पादनलाई विषादी रहित र गुणस्तरीय उत्पादनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हामी कृषी उत्पादनलाई गुणस्तरीय बनाउन आवश्यक कार्यक्रम सहित लागि परेका छौं । नेपालबाट कोदो, मकैको च्याँख्ला, फापरलाई विदेश निर्यात गराउँन पहल गरेका छौं । यसले पनि नेपालको कृषी उत्पादनलाई महत्वपुर्ण सहयोग पु¥याउँछ । 
मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका महानिर्देशक संजिवकुमार कर्णले सबैखाले खाद्यान्न गुणसतरीय हुनु पर्नेमा जोड दिए । पछिल्लो समय बजारमा म्याद सकिएका र कम गुणस्तर भएका खाद्य पदार्थहरु विक्रि वितरण भइरहेको सन्दर्भलाई लिएर कर्णले भने, ‘बजारमा थुपै गुनासाहरु छन् । हामीले त्यसलाई मध्य नजर गरीरहेका छौं । कसैले पनि मानव स्वास्थमाथी खेलबाड गर्दै गुणस्तर हिन र विषादी प्रयोग गरेका खाद्य पदार्थ विक्री वितरण गर्छ भने त्यसलाई हामी नियन्त्रणमा लिएर कारबाही गर्छौं ।’
उनले पछिल्लो समय फलफुल र तरकारीमा अत्याधिक विषादी प्रयोग भएको भन्ने गुनासो आएकाले आवश्यक अध्ययन थालीएको जनाए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजनीतिक दलका प्मुख तथा उद्योग वाणिज्य संघका अध्यक्षले जिल्लामा गुणस्तरीय सन्तुलीत खाद्य पदार्थको विक्री वितरणका लागि आवश्यक भुमिका खेल्ने बताएका थिए । 
मध्यमान्चलका १८ वटा जिल्लामा उत्पादीत खाद्यान्नका विभिन्न परिकारहरु स्टलमा राखीएका छन् । आइतबारसम्म चल्ने मेलामा ५० वटा स्टलहरु राखीको आयोजकले जनाएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाको आयोजनामा भएको मेलालाई जिल्ला विकास समिति, कमलामाई नगरपालिका, कृषी विकास कार्यालय, पशु सेवा कार्यालय सिन्धुली, घरेलु तथा साना उद्योग विकास समिति, सिन्धुली उद्योग बाणीज्य संघ लगायतले सह प्रायोजन गरेका छन् । मेलाको पहिलो दिन झण्डै चार हजार दर्शकले मेलाको आवलोकन गरेको अनुमान छ ।


, ,

0 comments

Write Down Your Responses