Powered by Blogger.
अब खाद्यमा भ्रम फैलाउने विज्ञापनमाथी अंकुस



सबै जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्थापना गरीदै

राजन गाउँले
सिन्धुली ३०, जेठ । खाद्य पदार्थमा मिसावट गर्ने र गुणस्तर हिन अखाद्य पदार्थको समेत विक्री वितरणका लागि भ्रम फैलाउने गरी प्रचार गरीदै आएका विज्ञापनलाई अब अंकुस लगाइने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आम उपभोक्तामा भ्रम फैलाउँदै जनस्वास्थ्यमा गम्भीर असर पार्ने गरी अफवाह फैलाउन गरीएका अबान्छीत विज्ञापनमा अंकुस लगाउन लागेको हो । 
विभागका महानिर्देशक संजिवकुमार कर्णले कम गुणस्तर र असन्तुलीत खाद्यको भड्कीलो विज्ञापन गरेर उपभोक्तामा भ्रम पैदा गराउने उत्पादीत कम्पनी र त्यसको उत्पादनको विज्ञापनमा रोक लगाउने बताए । मध्यमाञ्चल क्षेत्रीय खाद्य मेलाको उदघाटनका लागि सिन्धुलीमाढी आइपुगेका महानिर्देशक कर्णले यसका लागि विद्यमान ऐन तथा कानुनलाई संसोधन गरेर अघि बढीने जनाए । 
विभागले उत्पादीत खाद्यबस्तु र त्यसको बजारीकरणका लागि गरीने केही विज्ञापन ऐनलाई संशोधन गर्न कृषी मन्त्रालयमा पेश गरीएको उनको भनाईछ । ‘विभिन्न सञ्चार माध्ययम र विभिन्न स्थानमा ठुल ठुला होर्डीङ बोर्ड मार्फत गरीने विज्ञापनले भ्रम फैलाउँदा उपभोक्ताको जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको अध्ययनले देखाएकाले विज्ञापन अनुसारको सन्तुलीत र गुणस्तर भए नभएको मापन गर्ने र त्यस अनुसारको कारबाही गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ,’ उनले भने ।
मन्त्रालयले छिट्टै ऐन संशोधनका लागि प्रक्रिया अघि बढाउने छ । उक्त ऐन संशोधन पछि तत्कालै उत्पादीत बस्तु र विज्ञापनको वर्गीकरण गरेर मात्र प्रचार प्रसार गर्न दिइने छ । उनले भने, ‘त्यसपछि विज्ञापनको मापदण्ड बनाएर प्रचार प्रसार गर्न दिने र भड्कीला विज्ञापनमा रोक लगाउँने छौं ।’ पछिल्लो समय चाउचाउ, खानेतेल, पानी तथा चिसो पिय पदार्थमा गुणस्तरता नपाइएको तर, तीनै उत्पादनका भड्कीला विज्ञापन गरीएको उनको भनाई थियो । विभागले त्यस्ता उत्पादनलाई रोक लगाउन र विज्ञापन बन्द गराउन आवश्यक कदम चालेपनि विद्यमान केही ऐनकै कारण समस्या भएको कर्णले बताए । तर, त्यस्ता उत्पादनको नाम भने उनले खुलाएनन् । यस्ता विज्ञापनले नक्कली उत्पादनलाई समेत प्रोत्साहन गरेको उनको भनाई छ ।
ऐन नै कमजोर हुँदा जनस्वास्थ्मा खेलबाढ गर्नेहरुले भ्रामक विज्ञापन गरेर गुणस्तरहीन खाद्य पदार्थको विक्री वितरण गर्ने गरेको बताइएको छ । विभागले विज्ञापनको भरमा पर्नु भन्दा पनि खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागबाट गुणस्तर प्रमाणीत, बजारमा विक्रीका लागि ल्याइएका बस्तुको उत्पादन मिति, उपभोग्य मिति, समिश्रण र खाद्य योगसिलता, पौष्टिक तत्वहरुको मात्र, उत्पादकको नाम र ठेगाना राम्रोसंग हेरेर मात्र उपभोग गर्न सुझाए । नागरीक आफै सचेत नहुँदा भ्रामक विज्ञापनले झुक्कीन सक्ने तर्क गर्दै उनले असल र खराबको पहिचान नगर्दा स्वास्थ्मा गम्भीर प्रकारका रोकको आक्रमणसंगै ज्यानैसम्म जान सक्ने भएकाले भड्कीला विज्ञापनको पछि नलाग्न समेत अनुरोध गरे । ठुला बहुराष्ट्रिय कम्पनी देखी स्थानीय स्तरमा उत्पादी खाद्य बस्तुको समेत गुणस्तरमा प्रश्न उठ्ने गरेको भएपनि विभागमा जनशक्ति अभाव हुँदा त्यसको नियमन हुन नसकेको उनले प्रष्ट्याए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो कार्यालयलाई ७५ वटै जिल्लामा विस्तार गर्ने भएको छ ।  हाल विभाग र क्षेत्रीय कार्यालयहरुमा मात्र सिमिति कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन सहित देशैभरका जिल्लामा विस्तरका लागि कृषी विकास मन्त्रालयसंग समन्वय गरेर अघि बढीएको विभागका महानिर्देशक कर्णले जनाए ।
पछिल्लो समय भान्समा प्रयोग गरीने कृषी उत्पादन देखी बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनमा समेत विषादीको प्रयोग, बढी क्यामीकल मिसावट तथा गुणस्तरहीन कच्चा पदार्थको प्रयोग हुने गरेको छ । तर, विभागका कार्यालय सिमिति क्षेत्रमामात्र हुँदा जिल्लातहमा त्यसको प्रभावकारी अनुगमन हुन नसकेको छैन् ।
‘तर आगामी आर्थीक वर्ष भित्रै क्षेत्रीय कार्यालय बाहेकका सबै जिल्लामा कार्यालयको स्थापना गर्नेगरी आवयश्क सर्भे गर्ने काम भएको छ । मन्त्रालय र विभागविच ७५ वटै जिल्लामा यसको जिल्ला कार्यालय राख्ने गरी काम थालीएको छ,’ उनले भने । स्थानीय स्तरमा कार्यालय नहुँदा सबै जिल्लामा खाद्य गुणस्तरताको वर्षौदेखी अनुगमन हुन नसक्दा उपभोक्ताहरु मारमा पर्ने गरेको उनको भनाई छ । 
सवै जिल्लामा कार्यालय स्थापना र जनशक्ति व्यवस्थापनमा विभाग जुटी सकेको उनले बताए । जिल्ला तहमा उत्पादन हुने तरकारीमा समेत ब्यापक विषादीको प्रयोग हुनेदेखी अखाद्य पदार्थको विक्रि वितरण भइरहँदा समेत नियमन गर्न नसकेको अवस्थामा यस्तो कार्यले सहयोग पुग्ने उनको विश्वास छ । स्थानीयतहमा नियमित बजार अनुुगमन हुन नसक्दा अखाद्य बस्तुले बजार ढाकेको गुनासो छ । 



,

0 comments

Write Down Your Responses