भुकम्पबाट प्रभावित लघु उद्यमीलाई सहयोग
८३ लाख रुपैयाँबढीको लागतमा पुनर्निर्माण तथा सामाग्री खरिद
कपीलाकोट ९ छापका २६ जना महिला उद्यमीहरुद्धारा निर्माण गरिएको कपीलाकोट ढाका सिलाई बुनाई साँझा सुविधा केन्द्र |
राजन गाउँले
कपीलाकोट (सिन्धुली) ३१, साउन । विनासकारी भुकम्प २०७२ ले क्षेती पु¥याएपछि विस्थापीत जिल्लाका लघु उद्यमीहरुलाई पुनरोत्थानका लागि यहाँको एक लघु उद्यम सेवा प्रदायक संस्थाले सहयोग गरेको छ । भुकम्पका कारण क्षेती भएपछि बन्द भएका र पूर्णरुपमा क्षेती पुगेका १२ वटा लघु उद्यमीहरुको साझा सुविधा केन्द्रहरुलाई ८३ लाख रुपैयाँ बढीको पुनर्निर्माण अनुदान तथा पुनरोत्थान सामाग्री प्रदान गरेको हो ।
जिल्ला लघु उद्यमी संघ सिन्धुली (डि मेगा)ले जिल्लाको सिर्थौली, डाँडीगुराँसे, रतनचुरा, चकमके, तिनकन्या, कपिलाकोट, भुवनेश्वरी ग्वाल्टार, रानीवास, भिमस्थान लगायतका गाविसमा सञ्चालन गरिएका लघु उद्यमीहरुको साझा सुविधा केन्द्रलाई यस्तो सहयोग गरेको हो ।
अस्ट्रेलियन सरकार यूएनडीपी, सिघ्र उद्यम पुनरोत्थान परियोजनाको सहयोगमा भुकम्पबाट पूर्ण रुपमा ध्वस्त भएको र क्षेती पुगेका साझा सुविधा केन्द्रलाई पुनःसञ्चालनका लागि पुनर्निर्माण र मर्मत गर्न अनुदान वितरण र क्षेती पुगेका सामाग्रीलाई रिप्लेस गरिएको डि मेगाकी कार्यक्रम संयोजक शुसीला कार्कीले बताइन् ।
ती साझा सुविधा केन्द्रहरुमा गाउँभरीका लघु उद्यमीहरु जम्मा भएर उत्पादन, संकलन तथा विक्री वितरण गर्दै आएका थिए । तर, भुकम्प पछि सुविधा केन्द्रहरुमा क्षेती पुगेपछि झण्डै एक वर्षदेख बन्द थिए । ‘अहिले क्षेती भएका सुविधा केन्द्रका भवन पुननिर्माण, मर्मतकका लागि ७१ लाख ६० हजार ८ सय ३० रुपैयाँ बढी र भुकम्पले क्षेती पुगेका केन्द्रका सरसामाग्रीहरुलाई पुन रिप्लेस गर्न ११ लाख ५८ हजार ८ सय ८९ रुपैयाँबढीको सहयोग गरीएको छ,’ उनले भनिन् ।
पूनर्निर्माण र मर्मत गर्नु पर्ने भवनहरुको लागि उद्यमीहरुलाई नगदै र क्षेतीभएका सामाग्रीहरु भने संघलेनै खरीद गरेर हस्तान्तरण गरिएको उनको भनाई छ । कार्कीका अनुसार कपीलाकोट ढाका सिलाइ बुनाई साझा सुविधा केन्द्रको भवन निर्माणका लागि १० लाख ६० हजार, लगनसिल ढाकाबुनाई केन्द्रलाई १० लाख ३८ हजार, उपकार जुनार भण्डारण केन्द्रलाई १३ लाख २५ हजार, विश्वज्योति जुनार भण्डार केन्द्रलाई १० लाख ६८ हजार, बाँसजन्य सामाग्री उत्पादन तथा संकलन केन्द्र पुनर्निर्माण तथा मर्मतका लागि १३ लाख ८६ हजार रुपैयाँबढी अनुदान प्रदान गरिएको छ । अन्य सुविधा केन्द्रहरुलाई पनि १ लाख ६७ हजार देखी ३ लाख ५० हजार रुपैयाँसम्म अनुदान वितरण गरिएको छ ।
त्यस्ता साझा सुविधा केन्द्रहरु भुकम्पका कारण भत्कदाँ दराज, कुर्सी, टेवल, निर्माण सामाग्री, विभिन्न प्रकारका औजारहरु, कृषी सामाग्रीहरुमा क्षेती पुगेपछि प्रविधि सहित आवश्यक सामाग्री हस्तान्तरण परियोजना अन्तरर्गत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको डिमेगाकी अध्यक्ष रिता बोगटीले जानकारी गराईन् । उनका अनुसार फ्रेस जुस लेवल, डिजिटल वइटीङ मेसिन, बोतल, क्याल्कुलेटर, होर्डीङ बोर्ड, स्टील टेवल, बाटा, सोलर प्यानल सेट, ड्रिल मेसीन, आरो, कार्पेट, प्लास्टीक, फिल्टर, जग लगायतका सामाग्री वितरण गरिएको छ ।
यस्ता साझा सुविधा केन्द्रबाट ढाकाका कपडा, झोला, रुमाल, ब्याग, सल, दुना टपरी, जुनार तथा भुइकटहरको जुस, स्क्वायस, जाम, तरकारी, विभिन्न जातको फलफुल, बाँस जन्य सामाग्रीहरुको उत्पादन, संकलन र विक्री वितरण गर्ने गरिएको लघुउद्यम विकास कार्यक्रमकी बजार विशेषज्ञ रमा तिमल्सेनाले बताइन् ।
ती सुविधा केन्द्रहरुबाट मासिक १२ लाख रुपैयाँबढीका सरसामाग्रीहरु उत्पादन हुने गरेकोमा भुकम्ले क्षेती पु¥याएपछि रोकीएका थिए । ‘तर, पछिल्लो समय डिमेगाले क्षेती पुगेको केन्द्रको पुनर्निर्माण र क्षेती पुगेका सामाग्रीहरुको जोहो गरिदिए पछि पुन संचालनमा आएको छ,’ उनले भनिन् । डि मेगाको सहयोग पछि विस्थापीत उद्यमीहरु पुनः काममा फर्कीएको उनको दावी छ । लघु उद्यम विकास कार्यक्रमले सिप विकास तालीम र आवश्यक मेसीन तथा उत्पादन सामाग्री हस्तान्तरण गरेपछि साझा सुविधा केन्द्र बनाएर सामुहीक ब्यावासाय गर्दै आएका उद्यमीहरुलाई कार्यक्रमले सहयोग गरेको हो । यस्ता साझा सुविधा केन्द्रमा ५ सयबढी लघु उद्यमीहरु आबद्ध छन् । भुकम्पका कारण जिल्लामा एक सय १५ जना लघु उद्यमीहरु भुकम्पबाट पूर्णरुपमा प्रभावित भएका थिए । जिल्ला लघु उद्यमी संघ डि मेगामा दुई हजार ५ सय बढी उद्यमीहरु आबद्ध छन् ।
0 comments
Write Down Your Responses