Powered by Blogger.
सिन्धुलीमा कृषि र लघु उद्यम सञ्चालनमा बृद्धि

राजन गाउँले
सिन्धुली ४, कात्तिक । थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि जिल्लामा पछिल्लो समय कृषि र लघु उद्यम सञ्चालन गर्ने ब्यावसायीहरुको संख्याम ाबृद्धि हुँदै गएको छ । 
ब्यावसायीले त्यसैबाट राम्रो आम्दानी समेत लिन थालेका छन् । स्थानीय कृषकहरुद्धारा उत्पादीत तरकारी, फलफुल तथा हस्तजन्य लघु उद्यमहरुको विक्री वितरणबाट राम्रो आम्दानी लिन थालेका हुन् । 
जिल्लाको पहिचान राख्न सफल रसिलो जुनार, जिल्लामै पहिलो पटक व्यवासायिक खेती सुरु गरिएको ग्राउण्ड एप्पल (भुइ स्याउ) का साथै केरा, औल, तरुल, बन्दा तथा काउली कोपी, गोलभेडा, साग, च्याउ लगायतका तरकारीहरुबाट राम्रो आम्दानी गर्दै आएका जिल्लाका कृषकहरुले विभिन्न हस्तजन्य उत्पादनलाई समेत ब्यावसायीक उत्पादन थालेकाछन् ।  
बाँसबाट उत्पादीत, मुडा, ¥याक, टेवुल, सिन्केधुप, जुनारको जुस, स्क्वायस, जाम, मह, व्रिकेट, कृषि तथा घरेलु हात हतियारहरु, ढाकाका कपडा, सिस्नु तथा अल्लोको पाउडर झोला लगायतका सामाग्रीहरु ब्यावासायीक रुपमा उत्पादन गर्ने कृषक उद्यमीहरुको संख्यामा बृद्धि भएको हो । 
जिल्लामा यस्ता तिन दजर्न बढी लघु उद्यम र उद्यमीहरु रहेको बताइएको छ । बच्चाका लागी पोषिलो सातु तथा लीटोका लागी पिठो उत्पादन गर्दै विक्रीबाट राम्रो आम्दानी गर्ने गरेको उद्यमी विमला थापाले बताइन् । ‘यसबाट मासिक रुपमा ५० हजारबढी आम्दानी गर्ने गरेको छु, ‘उनले भनिन्, ‘ब्यावसायसंग आम्दानी पनि राम्रो भएको छ । दुई जना कर्मचारीनै राखेर काम गराएकी छु ।’
यस्तै कमलामाई नगरपालिका ४ स्थित नमुना लघु उद्यमीहरुद्धार सामुहिक उत्पादीत फाइवरको झोलाले पनि राम्रो बजार पाएको छ ।  उनिहरुले वातावरण मैत्री झोला तथा ब्यागको विक्री गरेका छन् । गाउँका नौं जना महिलाहरुले ब्यावसायीक रुपमा झोला उत्पादन गर्ने गरेका छन् । उनिहरुलाई लघु उद्यम विकास कार्यक्रमले प्रबद्र्धन गर्दै आएको छ । कमलामाई नगरपालिका ४ मा दक्षिण काली लघुउमीद्धारा तयार गरिएको बायो व्रिगेटको पनि चर्चा उत्तिकै छ । उद्यमी लालबहादुर सार्कीले व्रिगेटबाटै मासिक दश हजारबढी आम्दानी गर्ने गरेको बताउँछन् । थोरै लगानीमा उर्जा तयार हुने र दाउराको भार कम हुने खाना पाउन प्रयोग गर्न सकिने व्रिगेट राम्रो विक्री भएको लघु उद्यमी सार्कीले जानकारी दिए । उनका अनुसार दैनिक जसो सयको हाराहारीमा यस्तो व्रिगेट विक्री भएको छ ।
कमलामाई नगरपालिका ७ का लघु उद्यमीहरुले ब्यावसायीक रुपमा अगरवत्ती उत्पादन तथा विक्रीका गर्दै आएका छन् । शान्ति अगरबवत्ती लघु उद्यमद्धारा उत्पादीत अगरबत्तिको राम्रो माग भएको उद्यमीले जनाएका छन् । 
जुनार कृषकहरु द्धारा उत्पादीत जुनारको जुस र भुईकटहरको जुसपनि बजारमा उत्तिकै माग हुने गरेको छ । जिल्लामा दैनिक जसो दुई सय लिटरबढी जुस विक्री हुने गरेको उद्यमी निर्मलकुमार रम्तेलले जनाए । 
उनले भने, ‘जिल्लामा जुस स्टलमा आएर दैनिक जसो दुई सयदेखी तिनसय लिटरसम्म जुनारको जुस खाने गरेका छन् । कतिपयले त्यतिकै मात्रमा घरमा लिएर जाने गरेका छन् ।’ यस्ता लघु उद्यमीहरुका उत्पादनलाई ब्यावसायीक गर्नका लागि आफुहरुले सहयोग गर्दै आएको लघु उद्यम विकास प्रदायक संस्था श्री सिन्धुलीका अध्यक्ष संजय दाहालले बताए । 
‘संस्थाले सिप विकास तथा उद्यम सञ्चालनका लागी पनि सहयोग गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले भने, ‘उनिहरुको उत्पादनलाई पनि प्रवद्र्धनका विक्री वितरण र बजारी करणमा सहयोग गरेको छ ।’
नोट फोटो ः कमलामाई नगरपालिका ४ स्थित नमुना लघु उद्यमीहरुद्धार सामुहिक उत्पादीत फाइवरको झोला । तस्विर ःराजन गाउँले, सिन्धुली । 


,

0 comments

Write Down Your Responses