Powered by Blogger.
राहत बुझ्न झमेला

पिडितहरु भन्छन् ः राहतले कष्ठ दियो

राजन गाउँले
सिन्धुली ४, कात्तीक । राहात लिन जिल्ला सदरमुकाम आउँदै गर्दा जिनाखु गाविस ३ का ६५ वर्षका पृथ्वीबहादुर सुनुवारको लडेर बाटोमै ज्यान गयो । जलकन्या १ का पृथ्वीबहादुर श्रेष्ठ पहिलो किस्ता रकम बुझ्न खुर्कोट स्थित बैकमा लाईन बस्दा बस्दै विहोस भएर ढले । रानीचुरीका अपाङ्ग केशरबहादुर भुजेललाई आफन्तले बोकेर सिन्धुलीमाढीमा ल्याइपु¥याउन प¥यो ।  
यि त भुकम्पले ध्वस्त घर पुनर्निर्माणका लागि सरकारले पहिलो किस्ता बापतको रकम दिने भनेपछि जिल्ला सदरमुकाम र आसपासका बैकहरुमा पैसा लिन जाने क्रममा पिडितले बेहोर्नु परेको सास्तीका केही उदाहराण हुन् ।
यस्ता समस्या जिल्लाका प्रायः भुकम्प पिडितले नझेलेको दिन छैन् । भुकम्प गएको १८ महिनासम्म टहरोर र त्रिपाल मुनी सास्ती ब्यहोरेका पिडितहरुले सरकारले दिने भनेको अनुदान रकमको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिन नै सास्ती बेहोर्नु परेको जनाएका हुन् । 
दुई दिनसम्मको बाटो हिडेर सदरमुकाम पुग्नु पर्ने, घण्टौं लाइन बस्नु पर्ने, गाविस या प्राधिकरणको कर्मचारीको लापरबाहीका कारण कुनै लिखत विग्रे पुनः गाविस सचिवको सिफारीसका लागि गाउँनै फर्कनु पर्ने बाध्यता देखी, रकम लिएर घर फर्कदा बाटो  र जंगलमा पैसानै लुटीएला भन्नेसम्मको त्रास बोक्नु परेको उनिहरको भनाई छ । 
‘वर्षातले गर्दा गाउँका सडकमा गाडी गुड्दैन । दिभर लगाएर हिडेरै बंैकसम्म पुग्नु पर्छ । बल्ल बैंकमा पुग्यो । खाता खोलेर पैसा लिने बेला कहिले नाम मिल्दैन्, कहिले ठेगना मिल्दैन् । कहिले जन्म मितिनै फरक हुन्छ । गाविस÷नगरपालिकामा लेख्ने कर्मचारीले सहि नलेखीदिँदा त्यसलाइृ सच्चाउनै मुस्कील हुने गरेको छ,’कमलामाई नगरपालिका ४ का सोमबहादुर साहसंकरले भने । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास पुनर्निर्माणको पहिलो किस्ता वापतको रकम सेवा ग्राहीको खातामा हालीदिएपछि उक्त रकम झिक्नलाई जिल्ला सदरमुकाम स्थित बैकमा आउनु पर्ने हुन्छ । 
अनुदान लिन दुई दिन लगाएर आएकाहरु तातो घामले गर्दा रिंगटा लागी ढल्ने र पानिले चिप्लो बाटो हुँदा चिप्लेर लड्ने अवस्था छ । ‘जिल्लाका पिडितहरुले पहिलो किस्तामै सास्ती ब्यहोर्नु परेको छ,’ रानीचुरी ५ का पिडित शेरबहादुर कार्कीले भने,  ‘जिल्लाका विकट क्षेत्रबाट पहिलो किस्ता बापतको रकम लिन सदरमुकामै आउनु पर्ने बाध्यताका कारण बृद्धबृद्धा तथा अपाङ्गहरुले यस्तो सास्ती ब्यहोर्नु परेको हो । दुई दिनसम्म लगाएर पैदल हिडेर आएका पिडितहरु घण्टौं बैंकमा लाईन बसेर पैसा बुझ्नु पर्दा कतिपय वेहोस समेत हुने गरेका छन् ।’
जिल्ला सदरमुकाम माढीका विभिन्न ८ वटा बैकहरु मार्फत लाभग्राहीलाई पहिलो किस्ता बापतको ५० हजार वितरण गर्ने भएपछि हजारौं पिडित विगत एक महिनादेखी दैनिक जिल्ला सदरमुकाम धाई रहेका छन् । वर्षातका कारण प्राय जिल्लाका ग्रामिण क्षेत्रका सडकहरु अबरुद्ध हुँदा दुई दिनसम्म लगाएर पैदल हिड्न बाध्य भएको खाङसाङका भुकम्प पिडित दिपक नेपाली बताउँछन् । ‘हिडेर  आउँदा दुई दिनसम्म लाग्छ, पानी परेपछि गाउँमा यातायातका साधन चल्दैनन् । सदरमुकाम पुगेर आउँदा बाटोमै पहिरोले लैजाने हो की खोलाले बगाउने हो भन्ने त्रास हुन्छ,’ उनले भने ।
सरकारले ढिलै भएपनि आवस निर्माणका लागि पैसा दिएपनि पैसा लिने क्रमम भने झण्जटीलो र कष्ठपूर्ण भएको उनको गुनासो छ । ५० हजार रुपैयाँ लिन सदरमुकाम जाँदा एक हप्तासम्म कुर्नु पर्ने बाध्यता रहेको कतिपय पिडितहरुले बताएका छन् । उनिहरुले ५० हजार झिक्न सदरमुकामका बैकहरुमा जाँदा ५० देखी १० हजार रुपैयाँसम्म बाटौमै खर्च गर्नु पर्ने बाध्यता भएको समेत बताएका छन् । 
उनिहरु गाउँमै पैसा दिने व्यवस्थामिलाई दिन सरकारसंग आग्रह समेत गर्दछन् । उता प्राधिकरणले गाउँमा बैकहरु पठाउन नसकेको र गाविसका सचिवहरुले गाउँमै पैसा लगेर वितरण गर्ने अवस्था पनि नहुँदा पिडितहरु पाएक पर्ने बैकबाट पैसा बुझ्न जिल्ला सदरमुकाममै आउनु पर्ने बाध्ययता रहेको जिल्ला विकास समितिका डिजास्टर फोकल पर्सन बपिन्द्रलाल माझीले बताए । जिल्लका दुइ नगरपालिका र ५० वटै गाविसका भुकम्प पिडितहरुले जिल्ला सदरमुकाममा आएर पैसा बुझ्नु पर्ने भएकाले एकै पटक बैकले धेरैको संख्यामा रहेका पिडितलाई रकम वितरण गर्नु पर्ने हुँदा पिडितहरु लाइनमा बसेर पैसा बुझ्ने गरेका छन् । 
जसको नाममा घरजग्गा छ उसैका नाम लाभग्राहीको सूचिमा परेकाले एकल, महिला, बृद्ध तथा अपाङ्गहरु स्वयम रकमका लागि सम्झौता गर्न र बैकमा खाता खोल्न देखी पैसा झिक्न समेत आउनु पर्ने हुन्छ । 
उता पिडितहरुका लागि गाउँगाउँबाटै रकम वितरण गर्ने व्यवस्था मिलाउने प्रयत्न गरिएको भएपनि ग्रामणि क्षेत्रमा बैकहरु नहुँदा समस्या भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भिष्मकुमार भुषालले बताए । ‘सकेसम्म पिडितहरुलाई पाएक पर्नेगरी बैंक तथा वित्तिय संस्थाहरुबाट रकम वितरण गर्ने प्रयत्न गरिएको छ । तर, सबै जिल्लामा सबैलाई सुविधा पुगेको छ भन्ने हैन । प्राविधिक कारणले पिडितहरुलाई समस्या भने भएकै छ,’ भुषालले भने ।
जिल्लामा हालसम्म  १९ हजार ६ सय ५८ जना लाभग्राहीले मात्र ५० हजार रुपैयाँ पाएका छन् । अझै १४ हजार ६ सय बढीले सम्झौता गरी पहिलो किस्ता रकम पाउन सकेका छैनन् भने ८ हजार २ सयसंग सम्झौता समेत हुन सकेको छैन् । 


,

0 comments

Write Down Your Responses